काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (ने क पा)की रामकुमारी झाँक्रीले पार्टीभित्र र संसदीय राजनीतिमा समेत वामदेव गौतमको भूमिका सकिइनसकेको बताएकी छिन् । काठमाडौं–७ खाली गराएर वामदेव गौतमलाई उपनिर्वाचन लडाउने तयारी भइँरहँदा उनले वर्तमान सन्दर्भमा संसद्मा आवश्यक हो कि हैन भनेर सामाजिक सञ्जालमा चर्चा, पपिरचर्चा र पानी छ्याप्ने काम गर्नुभन्दा पार्टीको फोरममा छलफल गर्न आग्रह गरिन् ।
प्रतिनिधिसभा सदस्यसमेत रहेकी नेतृ झाँक्रीले बिहीबार रिपोर्टस् क्बलको साक्षात्कारमा भनिन्, “वामदेव गौतमको आवश्यकता छ कि छैन, उमेदवार बनाउन हुन्छ कि हुँदैन भनेर सार्वजनिक बहस गर्ने होइन, पार्टीको आधिकारिक ठाउँमा छलफल गर्ने हो ।” उनले पार्टी अध्यक्ष केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल बसेर टुंग्याउन सुझाव समेत दिइन् । त्यस्तै उनले केन्द्रीय कमिटीको बैठक लामोसमयदेखि नबस्ने र नेताहरूका बारेमा सामाजिक सञ्चालमा टिकाटिप्पणी सुन्नु गलत भएको र यसले पार्टीलाई कमजोर बनाउने तर्कसमेत गरिन् ।