site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
बुद्ध एयर २२ वर्षमा:बजार हिस्सा ५२ प्रतिशत, जहाज ११
Sarbottam CementSarbottam Cement

काठमाडौं । निजी क्षेत्रको वायुसेवा कम्पनी बुद्ध एयरले स्थापनाको २१ वर्ष पूरा गरेको छ । यस अवधिमा आइपुग्दा बुद्धले मुलुकको आन्तरिक हवाई बजारको ५२ प्रतिशत हिस्सा ओगटेको छ ।  “यस हिसाबले हामी सन्तुष्ट छौं, तर अझै उड्डयन क्षेत्रमा गर्न बाँकी धेरै छ,” बुद्धका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले बिहीबार बाह्रखरीसँग भने, “अबको हाम्रो प्रमुख उद्देश्य पोखराबाट अन्तर्राष्ट्रिय उडान गर्ने हो ।”

बुद्धले सन् २०२१ अगस्ट १ देखि पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान गर्ने घोषणा गत वर्ष नै गरेको थियो । अन्तर्राष्ट्रिय उडान भने  पब्लिक कम्पनीमार्फत गर्ने र यसका लागि ३० प्रतिशत सेयर लिएर बाँकी ७० प्रतिशत पब्लिकलाई दिने योजना उसको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

पोखरामा निर्माण भइरहेको क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल तयार हुनासाथ अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने तथा त्यहाँबाट पहिलो चरणमा भारत र चीनका केही सहरमा उडान गर्ने बुद्धको तयारी छ । बुद्धले अमेरिकी जहाज निर्माता कम्पनीमा निर्मित ‘बोइङ७३७म्याक्स’ सिरिजका जहाजबाट अन्तर्राष्ट्रिय उडान गर्ने योजना बनाएको छ ।

करिब १ हजार कर्मचारी कार्यरत बुद्धले वार्षिक १५ लाख यात्रुलाई गन्तव्य पुर्‍याइरहेको छ । कम्पनीसँग हाल फ्रान्सको एटिआर कम्पनीमा निर्मित ७२ सिट क्षमताका ६ थान ‘एटिआर७२–५००’, ४७ सिट क्षमतायुक्त तीनवटा ‘एटिआर४२–३२०’ तथा १८ सिट क्षमताका दुईवटा ‘बिचक्राफ्ट–१९००डी’ सिरिजका जहाज छन् । 

Global Ime bank

हाल बुद्धले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपालगन्ज, भैरहवा, भरतपुर, सिमरा, जनकपुर, विराटनगर, भद्रपुर, पोखरा, धनगढी र तुम्लिङटार गन्तव्यका लागि दैनिक करिब तीन दर्जन उडान गरिरहेको छ । त्यसैगरी काठमाडौंबाट ‘माउन्टेन फ्लाइट’ र पोखरा विमानस्थलबाट ‘अन्नपूर्ण माउन्टेन फ्लाइट’ पनि गरिरहेको छ । त्यस्तै विराटनगरबाट तुम्लिङटार, पोखराबाट भरतपुर र भैरहवा उडान पनि गरिरहेको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज २५, २०७५  १६:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC