Skip Advt.
ad

राजनीति

शेखर कोइराला भन्छन्– म कांग्रेस हुँ तर यो सरकार असफल हुन पाउँदैन 

शेखर कोइराला भन्छन्– म कांग्रेस हुँ तर यो सरकार असफल हुन पाउँदैन 

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले ने क पा नेतृत्वको दुई तिहाईको सरकारलाई असफल हुने कुनै अधिकार नभएको बताएका छन् । नेपाल बित्तिय कर्मचारी संघ, सञ्चयकोषले बिहीबार बडादसैं तथा तिहारको उपलक्ष्यमा बिहीबार काठमाडौंको ठमेलमा आयोजना गरेको शुभकामना आदान–प्रदान कार्यक्रममा नेता कोइरालले जनताले धेरै नै दुःख पाइसकेकाले यो सरकारलाई असफल हुने अधिकार नभएको बताए । 

केपी ओली नेतृत्वको अहिलेको सरकार असफल भए देश अराजकतातर्फ धकेलिने उनको भनाइ थियो । ‘‘म नेपाली कांग्रेसको मान्छे हुँ तर पनि यो सरकार सफल होस भन्ने चाहन्छु । जनताले धेरै दुःख–कष्ट पाइसके, यो सरकार स्थिर होस् भनेर जनताले मत दिएका हुन् । यसलाई असफल हुने अधिकार छैन, नेता कोइरालले भने, ‘‘सरकार असफल भए देश अराजकतातर्फ धकेलिन्छ । देश नराम्रो दलदलमा फस्छ ।’’ 

उनले प्रधानमन्त्री ओलीलाई सफल हुने उपायपनि दिए । कोइरालाले प्रधानमन्त्री ओलीलाई सुशासन, पारदर्शिता र दण्डहिनतालाई आधार मानेर अगाडि बढेर सफल हुन सुझाव दिए । प्रधानमन्त्री ओलीले आफूलाई कसैले नटेरेको भनेर दिएको अभिव्यक्तिबाट सरकार अलमलमा रहेको र सुशासन दिन नसकेको स्पष्ट भइसकेको कोइरालाको भनाइ थियो । 

तपाईंको मत