site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
प्रधानमन्त्रीले गरे प्रहरीको प्रशंसा, आईजीपी भन्छन्– नेपाल प्रहरीलाई नमुना संगठन बनाउछौं
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अपराध अनुसन्धानमा नेपाल प्रहरीले खेलेको भूमिकाको प्रशंसा गरेका छन् । ६३ औं प्रहरी दिवसका अवसरमा प्रहरी प्रधान कार्यालय नक्सालमा आयोजित कार्यक्रममा ओलीले प्रहरीको प्रशंसा गरेका हुन । 

प्रधानमन्त्री ओलीले नेपाल प्रहरी अपराध नियन्त्रण तथा अनुसन्धानको क्षेत्रमा अब्बल रहेको र यस साखलाई कायम राखी नागरिक केन्द्रीत प्रहरी सेवा प्रवाह गर्न अझ बढी व्यावसायिकता प्रदर्शन आवश्यक रहेको बताए । 

Prabhu Bank
Agni Group
NIC Asia

‘‘आमनागरिकलाई सेवा प्रवाह गर्न नेपाल प्रहरी अग्रपङ्तिमा हुन्छ ।  नागरिकको घरदैलोमा जति छिट्टो प्रहरी पुग्न सक्यो त्यति नै सरकारको प्रभावकारिता देखिन्छ,’’ प्रधानमन्त्री ओलीले भने । सीमित श्रोत साधनका बाबजुद नेपाल प्रहरीले आन्तरिक सुरक्षा कायम राख्न प्रदर्शन गरेको ढृढता, कर्तव्यनिष्ठा र वीरताको प्रशंसा  पनि प्रधानमन्त्री ओलीले गरे । 

प्रविधिको दुरुपयोगबाट हुने अपराध, अन्तरदेशीय अपराध, आतंकवाद जस्ता सुरक्षा चुनौति दिन प्रतिदिन नयाँ स्वरुपमा वृद्धि भइरहेकोतर्फ प्रधानमन्त्री ओलीले प्रहरीलाई सचेत भएर आवश्यक चाल्न निर्देशन समेत दिए । कार्यक्रममा प्रहरी महानिरीक्षक (आइजीपी) सर्वेन्द्र खनालले प्रहरीको व्यावसायिकता र प्रभावकारी कानून कार्यान्वयनबाट कानुनी शासनको प्रत्याभूति भई आमनागरिककमा शान्ति सुरक्षाको महसुस हुने बताए । खनालले भने, ‘‘ नेपाल प्रहरी नै अपराध अनुसन्धानका दृष्टिले विज्ञहरुको संगठन हो । नेपाल प्रहरीलाई प्रहरी मध्येकै नमुना संगठन र सुशासनको पहरेदारको रुपमा रुपान्तरण गरिन्छ । विभिन्न कालखण्डमा घटित जटिल अपराधको सफल अनुसन्धानले आमजनको भरोसा पाउन सफल नेपाल प्रहरी हरेक सबै अपराधको अनुसन्धान गर्न सक्षम छ ।’’ 

Global Ime bank

उच्च व्यावसायिक निष्ठा र इमान्दारिताका साथ भावी कार्ययोजना तयार गरी प्रहरी संगठन अगाडी बढेको खनालको भनाई छ । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज २५, २०७५  १४:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC