site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
रन्जन र बुद्धराजको गोलमा थ्रिस्टार विजयी 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । काठमाडौंमा जारी सहिद स्मारक ए डिभिजन लिगमा उपाधि दाबेदार थ्री स्टार क्लबले बिजयी शुरूआत गरेको छ । लिग अन्तगर्तको आफनो पहिलो खेलमा थ्रिस्टारले फ्रेण्ड्स क्लबलाई २–१ ले पराजित गरेको हो । थ्रिस्टारको जितमा रन्जन विष्ट र बुद्धराज लिम्बूले समान १–१ गोल गरे । फ्रेण्ड्सले खेलको अन्तिममा एक गोल फर्काएपनि हार टार्न सकेनन्। सातोबाटोस्थित एन्फा कम्लेक्समा भएको ललितपुर डर्बी खेलमा थ्री स्टारले १७औं मिनेटमा अग्रता लिएको हो । एकल प्रयासमा गोल गर्दै रन्जन विष्टले थ्री स्टारलाई अग्रता दिएका थिए । बिष्ट यसै सिजन एपीएफबाट थ्रीस्टारमा अनुबन्ध भएका हुन् । 

लिगमा थ्रीस्टारबाट रन्जनको यो पहिलो खेल हो । तथापि उनले यसअघि नकआउट प्रतियोगिता खेलेका थिए । खेल सकिन सात मिनेट बाँकी छदाँ फेन्ड्सका अनिल महर्जनले गरेको गल्तीको फाइदा उठाउदै बुद्धराज लिम्बूले थ्रीस्टारको अग्रता दोब्बर बनाए । बुद्धराज लिम्बूले त्यसअघि ५७ र ६९औ मिनेटमा गोलका दुई राम्रा अवसर खेर फाल्दा थ्रीस्टारले अग्रता लिने मौका गुमाएका थियो । अन्ततः उनी तेस्रो प्रयासमा सफल भए । इन्जुरी समयमा वैकल्पिक खेलाडी बिकास लामाले गरेको गोल फ्रेन्ड्सका लागी सान्त्वना बन्यो । विकास ८३ मिनेटमा प्रेजेन्ट तामाङको स्थानमा मैदान छिरेका थिए थिए । यसअघि २५औं मिनेटमा फ्रेण्ड्सका आशीष केसीको क्रसमा धिरज श्रेष्ठले बक्सभित्रबाट गरेको क्रस बाहिरीएको थियो । 

५८औं मिनेटमा सरोज योन्जन लामाले हानेको फ्रीकिक थ्रीस्टारका गोलकिपर एलन न्यौपानेले पन्च गर्न खोज्दा फुत्किएर पोष्टको दिशा लिएको थियो । तर रक्षक बिष्णु सुनुवारले गोललाइनबाट क्लियर गरेपछी फ्रेण्ड्सले बराबरी गर्ने राम्रो मौका गुमायो । थ्री स्टारले राष्ट्रीय टोलीका पूर्व कप्तान अनिल गुरुङ, रक्षक अनन्त तामाङलाई बेन्चमा राखेको थियो । अनिल ८५औं मिनेटमा रन्जनको स्थानमा मैदान प्रवेश गरेका थिए । लामो समय मनाङ मस्र्याङदीको कप्तान सम्हालेका अनिल पनि यसै सिजन थ्रीस्टारमा अनुबन्ध भएका हुन । जितपछि थ्रिस्टारले ३ अंक जोडेको छ । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज २५, २०७५  १३:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC