site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
सहिद स्मारक ‘ए’ डिभिजन लिगः ‘थ्री स्टारलाई रोक्छौं’
Sarbottam CementSarbottam Cement

काठमाडौं । लामो समयपछि लिग हुन लागेका कारण उपाधि दाबेदार थ्री स्टार क्लबका प्रशिक्षक मेघराज केसीले बिहीबार हुने सहिद स्मारक ‘ए’ डिभिजन लिगमा फ्रेण्ड्सविरुद्धको पहिलो खेलमा दोस्रो हाफपछिमात्र रणनीति बनाउने बताएका छन् ।

चारपटक लिगको उपाधि जितिसकेको थ्री स्टारले फ्रेण्ड्स क्लबविरुद्धको खेलबाट नयाँ सिजनको सुरुआत गर्दैछ । अखिल नेपाल फुटबल संघ (एन्फा) को आन्तरिक विवादका कारण बीचमा लिग अवरुद्ध बनेको थियो । पाँच वर्षपछि लिग हुन लागेका कारण कुन टोली कस्तो छ भनेर भन्न गाह्रो हुने  प्रशिक्षक केसीले बताए । 

“लामो समयपछि लिग हुन लागेकाले कुन टोलीको अवस्था कस्तो छ भन्ने हामीलाई थाहा छैन । त्यसैले फ्रेण्ड्स क्लबबारे पनि हामी जानकार छैनौं,” बिहीबारको खेलबारे थ्री स्टारका प्रशिक्षक केसीले भने, “पहिलो हाफ हामी उनीहरुको रणनीति अध्ययन गरेर दोस्रो हाफमा आफ्नो रणनीति बनाउने छौं । तथापी दर्शकको अपेक्षाअनुसार थ्री स्टारले खेल्नेछ ।” 

Prabhu Bank
Agni Group
NIC Asia

लिगमा सहभागी टोलीमध्ये अधिकांस क्लबले प्रतियोगिताको अघि मात्र टिम बनाएको छ । तर थ्री स्टारलगायत औलामा गन्न सकिने केही क्लबले मात्र नियमित खेलाडी अनुबन्ध गरेर राखेका थिए । आफ्नो टोलीमा खेलाडीबीच राम्रो तालमेल गरेका कारण उपाधि जित्ने दाबी गर्दै प्रशिक्षक केसीले थपे, “कतिपय क्लबले एक दुई महिना अघिबाट मात्र तयारी थालेका छन् । तर हामी दश महिनाअघिबाट तयारी गरिरहेका छौं । हाम्रो टिमवर्क राम्रो छ । विदेशी खेलाडीसँगको तालमेल पनि उत्कृष्ट छ । फुटबलमा कुनै पनि टोलीलाई कमजोर र बलियो भन्ने हुदैन । तर हामी पहिलो खेल जित्दै लिगमा सुखद सुरुआत गर्ने प्रसासमा हुन्छौं । पहिलो खेल जित्दा टोलीको मनोबलमा धेरै फरक पर्छ त्यसैले पनि हामी स्पष्ट तीन अंकका लागि खेल्नेछौं ।” 

थ्री स्टारमा अधिंकाश राष्ट्रिय टोलीका खेलाडी रहेका छन् । अन्तर्राष्ट्रिय खेलको अनुभब बटुलिसकेका पूर्व कप्तान अनिल गुरुङ, निराजन खड्का, अन्नत तामाङ, एलेन न्यौपाने र सुनिल बलको साथ पाएको थ्रिस्टार दुइ बिदेशी खेलाडीको उपस्थितीले थप मजबुद बनेको छ । मोफसलका प्रतियोगितामा उपाधि जिताउन महत्वपुर्ण भुमिका खेल्दै आएका नाइजेरियाका अजाइ मार्टिन्स र पिटर सेगुन थ्रीस्टारका महत्वपूर्ण खेलाडी हुन् । 

Global Ime bank

खुट्टामा भाचिएका कारण थ्रीस्टारका नियतित कप्तान बिक्रम लामा लामो समयदेखी मैदानमा बाहिर छन् । यही सिजनको लिगबाट पूनरागमन गर्ने योजनामा रहेका विक्रम टोलीसँगै अभ्यास गरिरहेका छन् । तथापी विक्रमले पहिलो खेल खेल्नेमा शंका छ । विक्रम पूर्ण फिट नभइ सकेको र यही सिजन राष्ट्रिय टोलीका कप्तान अनिल टोलीमा अनुबन्ध भएकाले फ्रेन्ड्सविरुद्ध कसलाई कप्तान जिम्मेवारी दिने भनेर टुंगो नलागेको प्रशिक्षक केसीले बताए । 

फेन्ड्समा मोफसलमा खेलेका युवा खेलाडीको बर्चस्व छ । त्यसैले पहिलो खेल नै बलियो टोलीविरुद्ध परेका कारण फ्रेण्ड्सका प्रशिक्षक रमेश महर्जन अंक खोस्ने रणनीतिमा छन् । उनी भन्छन्,“लक्ष्य त जितकै हुनेछ । तर थ्री स्टार बलियो टिम हो । त्यसैले हामी कम्तिमा पनि बराबरी गर्ने योजनामा हुनेछौं । हामीसँग युवा टोली छ । रक्षापंक्ति हाम्रो बलियो पक्ष हो । त्यसको फाइदा उठाउने छौं ।”

प्रशिक्षकको भनाइमा कप्तान धिरज श्रेष्ठ पनि सहमत छन् । उनीले थपे “थ्री स्टारमा अनुभवी खेलाडी छन् । हामी जसरी भए पनि उनीहरुलाई रोक्ने रणनीतीमा हुनेछौं । पहिलो खेलबाट एक अंक खोस्नेछौं ।”   फेन्ड्स चार विदेशी खेलाडी अनुबन्ध गर्ने योजनामा छ । त्यसमध्ये दुई खेलाडी अनुबन्धित भइसके पनि दुईको श्रम स्वीकृतीका लागि पहल भइरहेको प्रशिक्षक महर्जनले बताए ।  

बंगलादेशका करिम मोहम्मद नुरुल र नाइजेरियाका ओडेह ओलुवासोगो ग्लोरीले थ्री स्टारविरुद्ध खेल्नेछन् । गिनीका सिल्ला सुलेमाने, आइभोरी कोष्टका फोफाना भने श्रम स्वीकृतिको प्रक्रियामा छन् । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज २५, २०७५  ११:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC