site stats
बाह्रखरी :: Baahrakhari
घटना क्रम
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
भारतीय विमानस्थलका सुरक्षाकर्मीलाई हाँस्न निषेध !
Ghorahi CementGhorahi Cement

बीबीसी । भारतीय विमानस्थल सुरक्षाको जिम्मा लिएको केन्द्रीय सुरक्षा बलले त्यहाँ खटाइएका पुलिसहरुलाई यात्रुहरुका सामु नहाँस्न निर्देशन दिएको छ । सुरक्षाकर्मीहरु मुस्कुराउने गर्दा यसले लापरबााही र आतङ्की हमलालाई सहज बनाउने गरेको भन्दै यस्तो निर्णय लिइएको विभागले बताएको बीबीसीले जनाएको छ ।

यस्तोमा हँसिलो देखिने पुलिसहरु अब भने विमानस्थलमा सुरक्षा दिइरहेका बेला गम्भीर देखिने भएका हुन् । यता नेपाली पुलिसहरुलाई भने सबैसँग हँसिलो र मित्रवत् व्यवहार अपनाउन सिकाउनकै लागि २०१४ मा ६०० प्रशिक्षक राखिएको थियो । 

Agni Group

संगठनका निर्देशक जर्नेल राजेश रन्जनका अनुसार यसअघि २००१ मा अमेरिकामा भएको भयानक आतङ्की हमलामा सुरक्षाकर्मीहरु यात्रुको मिजासिलो व्यवहारमा निर्भर रहेकै कारण अपराधीहरुलाई सहज भएको थियो । यसकारण पनि पुलिसहरुलाई मित्रवत् भन्दा सतर्क रहनमा जोड दिँदै यस्तो फैसला लिइएको उनले बताए । पछिल्लो समय भारतीय विमान कम्पनीहरुमा देखिएको अधिक प्रतिस्पर्धाका कारण भाडादर सस्तो हुन पुग्दा यात्रुहरुको सङ्ख्या ६ गुनाले बढेको बताइएको छ । तर सुरक्षाकर्मी र विमानस्थलको क्षमतामा भने कुनै सुधार नहुँदा नागरिकको सुरक्षा सुनिश्चित गर्नकै लागि सरकारले अरबौँ डलर खर्च गर्ने योजना बनाइरहेको बताइएको छ ।

यसरी भारतीय पुलिसलाई आफ्नो व्यवहार परिवर्तन गर्न लगाइएको यो पहिलो पटक भने होइन । गत जुलाइमा पनि कर्नाटकले आफ्ना पुलिसहरुलाई तौल घटाउन निर्देशन दिँदै आदेश पालन नगर्नेलाई निलम्बित गरिदिने चेतावनी दिएको थियो । त्यसैगरी २००४ मा भने मध्यप्रदेशका पुलिसलाई जुँगा पालेपछि मात्र सम्मान पाइने भन्दै यसलाई अनिवार्य गरिएको थियो ।  
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज २५, २०७५  ०५:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC