Skip Advt.
ad

साहित्य र कला

‘गोजीमा दाम छैन...’ करोड क्लबमा

‘गोजीमा दाम छैन...’ करोड क्लबमा

काठमाडौं । नेपाली कथानक चलचित्र ‘चङ्गा चेट’को गीत ‘गोजीमा दाम छैन...’ करोड क्लबमा प्रवेश गरेको छ । राजनराज शिवाकोटी, मेलिना राई र ग्रिस्मा शिवाकोटीको स्वरमा रहेको गीतले युट्युबमा करोड भ्युज पाएको हो । अगष्ट २० मा अपलोड गरिएको गीतले अक्टोबर १० मा करोड भ्युज पाएको हो । हरिहर तिमलसेनाको शब्द रहेको गीतमा राजनराज स्वयम्ले संगीत भरेका छन् । 

डार्क कमेडी जानरामा बनेको चलचित्र ‘चङ्गा चेट’मा आयुष्मान देशराज जोशी, रविन्द्र झा, सन्दीप क्षेत्री, अपर्ण थापा, प्रियंका कार्की, परमिता आरएल राणा, सुरक्षा पन्त, ऋचा शर्मा, बेनिशा हमाल, माओत्से गुरुङ, शिशिर वाङ्देल, पुष्कर गुरुङ, सरिता गिरीलगायत कलाकारको अभिनय छ ।  

दीपेन्द्र के खनालले निर्देशन गरेको चलचित्र कात्तिक १६ गतेबाट अल नेपाल प्रदर्शन हुँदैछ । 

तपाईंको मत