site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
कीमसँगको भेटवार्ता मध्यावधि निर्वाचनपछिः ट्रम्प
Ghorahi CementGhorahi Cement

वासिङ्टन । संयुक्तराज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता कीम जोङ उनसँगको वार्ता अर्को महिना हुने अमेरिकी मध्यावधि चुनावपछि गर्ने बताएका छन् ।  

राष्ट्रपति ट्रम्प अमेरिकी सिनेटको मध्यावधि चुनावका लागि आजभोलि प्रचारप्रसारमा देश दौडाहामा छन् । चुनावअघि वार्ताको कुनै सम्भावना नरहेको ट्रम्पले बताए । 

Agni Group

संयुक्तराज्य अमेरिकाका केही राज्यमा आगामी नोभेम्बर महिनामा सिनेटका लागि मध्यावधि चुनाव हुँदैछ । 

दुवै नेताबीच सिंगापुरमा जुन महिनामा पहिलो शिखर बैठक बसेको थियो । 

Global Ime bank

सिंगापुरको पहिलो बैठकमा कीम र ट्रम्पले कोरियाली द्वीपमा आणविक निःशस्त्रीकरण गर्ने विषयमा कार्य गर्ने सहमति भएको थियो । उक्त बैठकमा उत्तर कोरियाली नेता कीमले सुरक्षाको प्रत्याभूति भएमा आफ्नो मुलुकको आणविक हातहतियार नष्ट गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । 

दोस्रो चरणको बैठकका लागि वातावरण तयार गर्न अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले यसै साता उत्तर कोरिया, दक्षिण कोरिया, जापान र चीनको भ्रमण गरेका छन् । विदेशमन्त्री पोम्पेओले उत्तर कोरियाली नेतासँगको वार्ता अत्यन्त सकारात्मक रहेको बताएका छन् ।  

उत्तर कोरियाले आफ्नो देशमाथि लगाइएका आर्थिक प्रतिबन्धहरु फुकुवा गर्नुपर्ने बताउँदै आएको छ । रासस/एएनआई

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज २४, २०७५  २२:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC