site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
सस्तो खसी शुक्रबारबाट पाइने, संस्थान भन्छ– ३० किलोको खसीमा ३ सय रुपैयाँ छुट
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल खाद्य संस्थानले शुक्रबारबाट खसीबोका र च्यांग्रा बिक्री सुरु गर्ने भएको छ । संस्थानले बिहीबारसम्म खसीबोका तथा च्यांग्र्रा काठमाडौं भित्र्याएपछि बिक्री गर्ने जनाएको छ ।

संस्थानका प्रवक्ता शंकर सापकोटाका अनुसार मुस्ताङबाट हिँडाएका च्यांग्रा म्याग्दी आएर बुधबार लोड भएका छन् । ती च्यांग्रा बिहीबार बिहान काठमाडौं आइपुग्छन् । यसैगरी वीरगञ्जमा खरिद भएका खसी पनि बुधबार लोड भएका छन्, ति पनि बिहीबार नै काठमाडौं आइपुग्ने भएकाले एकदिन विश्राम दिएर शुक्रबारबाट बिक्री थालिने भएको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

यसअघि २५ गतेदेखि खाद्य संस्थानले खसीबोका तथा च्यांग्रा बिक्री गर्ने बताएको भएपनि त्यो सम्भव नभएको हो । बाह्रखरीसँग उनले भने, “मुस्ताङबाट हिँडाउने क्रममा एकदिन अवरोध भएपछि च्यांग्रा काठमाडौं आउने दिन टाढिएको हो ।”

चौपाया बिक्री गर्ने मिति तोकेपनि खसीको मूल्य भने निर्धारण भइसकेको छैन । यसअघि सरकारको निर्देशनअनुसार प्रतिकिलो १० रुपैयाँ छुट दिने तयारी संस्थानले गरेको छ । सापकोटाले भने, “आज साँझसम्म मूल्य निर्धारण गर्ने योजना बनाएका छौं । बिक्री पर्सि (शुत्रबार)बाट मात्र सुरु हुन्छ ।”

Global Ime bank

उनका अनुसार संस्थानले बिक्री गर्ने खसी बजारमा पाइनेभन्दा केही सस्तो हुनेछ । सापकोटाले भने, “३० किलोको खसीमा खरीदकर्ताले ३ सय रुपैयाँको छुट पाउनेछन् ।”

दसैंको अवसरमा संस्थानले राजधानीमा हरेक वर्ष छुटसहित खसीबोका र च्यांग्र्रा बिक्री गर्दै आएको छ ।

संस्थानले बिक्री गर्ने खसीबोका तथा च्यांग्रा नेपाल खाद्य संस्थानको बागमती अञ्चल कार्यालय, थापाथलीबाट बिक्री वितरण गर्ने संस्थानले जनाएको छ । संस्थानले यसअघि नै एक हजार खसीबोका र एक हजार च्यांग्र्रा बिक्री गर्ने जानकारी गराइसकेको छ ।
अघिल्लो वर्ष संस्थानले १५ सय खसीबोका र एक हजार च्याङग्रा ल्याएको थियो ।

“खसीबोका तथा च्यांग्रा कसरी किन्ने ?” भन्ने प्रश्नमा संस्थान प्रवक्ता सापकोटाले एकैस्वरमा भने, “संस्थानको थापाथली कार्यालय जानुस्, लाममा बस्नुस् । आफ्नो पालो आएपछि आफूलाई मन परेको खसी छान्नुस् । त्यसपछि संस्थानका कर्मचारीले खसीको वजन तौलिन्छन्, त्यहीअनुसारको बिल आउँछ । केही झण्झट छैन । भीड छैन भने त अझ लाममा बस्नु पनि पर्दैन ।”
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज २४, २०७५  १५:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC