site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
उपचुनाव भए कांग्रेस उमेदवार को ? म होइन, हामी योग्य उमेदवार दिन्छौं : शर्मा 
Sarbottam CementSarbottam Cement

काठमाडौं । सत्तारुढ ने क पाका सांसद रामवीर मानान्धरले नेता वामदेव गौतमका लागि काठमाडौं निर्वाचन क्षेत्र नम्बर ७ खाली गर्ने घोषणा सँगै नेपाली राजनीतिमा प्रतिपक्षी नेपाली कांग्रेसले कसलाई उमेदवार बनाउँछ भन्ने चासो बढेको छ । नेता गौतमका लागि प्रतिनिधिसभा सदस्य श्रेष्ठले खाली गराउन खोजेको काठमाडौं– ७ मा कांग्रेसले खडा गर्ने सम्भावित उमेदवारहरुको चर्चापनि चलेको छ । 

तिनै सम्भावित उमेदवारको चर्चामा रहेका मध्येका एक कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले भने आफूले उपनिर्वाचन नलड्ने स्पष्ट पारेका छन् । उनले बाह्रखरीसँगको कुराकानीमा जनताले नरुचाएका नेताका लागि जननिर्वाचित प्रतिनिधिलाई राजीनामा दिन लगाएर क्षेत्र खाली गर्नु गलत राजनीतिक संस्कार भएको टिप्पणी गरेका छन् ।    

‘‘५ वर्षका लागि निर्वाचित प्रतिनिधिले जनातासँग गरेको बाचालाई ताडेर क्षेत्र खाली गराउने कुरै गलत हो । जनताले ५ वर्षसम्म तिमी संसदभन्दा बाहिर बस भनेर भनिएको मान्छेले उमेदवार बन्ने कुरापनि गलत हो । यो गलत राजनीतिक संस्कृति हो,’’ कांग्रेस प्रवक्ता शर्माले टिप्पणी गरे । 

Prabhu Bank
Agni Group
NIC Asia

ने क पाका नेता गौतमका लागि भनेर काठमाडौं– ७ खाली गराइए कांग्रेसले उक्त क्षेत्रमा ‘फ्रेस’ नेतालाई उमेदवार बनाउनुपर्ने उनको भनाइ छ । 

‘‘गएको निर्वाचनमा हारेका नेताहरुले खाली गरिएको क्षेत्रमा उमेदवारी दिनु हुन्न भन्ने मेरो व्यक्तिगत धारणा छ । म झापाको कांग्रेसको सभापति पदमा हारेपछि एक कार्यकाल मैले केन्द्रीय कार्यसमितिमा जान हुन्न भनेर उमेदवारी नदिएको मान्छे र झापाको १ नम्बरबाट मलाई जनताले संसदमा तँ जान योग्य छैनस् भनिसकेको अवस्थामा मैले अर्को ठाउँबाट संसदमा जाने कुरो हुँदैन । त्यस कारण मेरो उमेदवार हुने चाहना–इच्छा कुनै छैन्,’’ प्रवक्ता शर्माले स्पष्ट पारे । 

Global Ime bank

सत्तारुढ ने क पाका तर्फबाट प्रतिनिधिसभाका सदस्य रहेका श्रेष्ठले पदबाट राजीनामा दिन नहुने र पार्टीले पनि राजीनामाका लागि दबाब दिन नहुने उनको सुझाव छ । ने क पाले यसअघिको निर्वाचनमा पराजित नेता गौतमका लागि भनेर निर्वाचन क्षेत्र खाली गरे कांग्रेसले उपयुक्त उमेदवार उठाएर निर्वाचन जित्ने शर्माले दाबीसमेत गरे । 

‘‘जननिर्वाचित प्रतिनिधिले राजीनामा दिनुपनि हुन्न र पार्टीले पनि राजीनामा गराउनु हुँदैन । क्षेत्र खाली गराउनु हुँदैन । गरायो भने हामी त्यो क्षेत्रमा विजय हासिल गर्छौ, हामी उपयुक्त उमेदवार उठाउँछौं,’’ उनले दाबी गरे ।  

प्रतिनिधिसभा सदस्य मानन्धरको राजीनामा स्वीकृत भएर निर्वाचन आयोगले क्षेत्र खाली भएको भन्दै निर्वाचनको घोषणा गरे कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बोलाइने र बैठकले गठन गरेको संसदीय बोर्डमा छलफल गरेर कांग्रेसले उमेदवारका बारेमा निर्णय गर्ने प्रवक्ता शर्माले बताए ।  

ने क पा नेता गौतमलाई मुलुकको प्रधानमन्त्री बन्ने ‘हुटीहुटी’ देखेर प्रतिनिधसभा र प्रदेशसभा निर्वाचनमा तत्कालिन एमाले र माओवादीले लगाएका स्थिरताका नारा नारामै सीमित देखिएको उनले जिकिर गरे ।  

‘‘वामदेव गौतम संसदमा जाने के का लागि ? वन मन्त्री बन्न त होइन, जाने त प्रधानमन्त्री बन्नका लागि जाने हो अहिले त्यो नभनिएपनि । प्रधानमन्त्री बनाउनका लागि ने क पाले यो गर्न खोजेको हो भने हिजो स्थिरताको नारा के का लागि दिएको थियो ?’’ कांग्रेस प्रवक्ता शर्माले प्रश्न गरे । 

ने क पाका नेता गौतमका लागि भनेर खाली गराइन लागिएको काठमाडौं– ७ मा कांग्रेसका तर्फबाट वरिष्ठ नेता रामचन्द्र पौडेल, केन्द्रीय सदस्य अर्जुनरसिँह केसी, डा. प्रकाशशरण महत, धनराज गुरुङ, प्रदीप पौडेल, प्रवक्ता शर्मा लगायतको नाम सम्भावित उमेदवारका रुपमा चर्चामा छ । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज २४, २०७५  १५:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC