site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
‘छक्का पञ्जा–३’ लाई ऐतिहासिक शोजः दीपाश्री, आलोचक नै पहिलो शो हेर्छन्ः दीपकराज 
Ghorahi CementGhorahi Cement

काठमाडौं । दीपाश्री निरौला निर्देशित चलचित्र ‘छक्का पञ्जा–३’ ले ठूलो संख्यामा मल्टिप्लेक्समा शोज पाएको छ । मल्टि स्टारर चलचित्रले सोलो रिलिजका कारण पनि धेरै शोज पाएको हो । 

क्यूएफएक्सले ३० शोज दिएको ‘छक्का पञ्जा–३’ लाई वीएसआर मुभिजले १२ शोज, क्यूज सिनेमाले ११ शोज, सिडिसी सिनेमाले १० शोज, विग मुभिजले १० शोज र एफक्यूबले ११ शोज दिएको छ । 

Agni Group

गत वर्ष ‘छक्का पञ्जा–२’ ले क्यूएफएक्समा २६ शोज पाएको थियो । यो  वर्ष गतवर्षभन्दा पनि बढी शोज पाएको चलचित्र देशभरका अधिकांश सिंगल थिएटरमा पनि प्रदर्शन हुँदैछ ।

सोमबारबाट बुकिङ खुला गरिएको छ । मल्टिप्लेक्समा पाएको शोज र सिंगल रिलिजका कारण ‘छक्का पञ्जा–३’ ले इनिसियल आक्रमक ब्यापार गर्ने निर्माण पक्षको दाबी छ । निर्देशक निरौलाले यती धेरै शोज पाउनुलाई ऐतिहासिक भनेकी छन् । 

Global Ime bank

“हाम्रो चलचित्रको जसले आलोचना गर्छ, खुसीको कुरा उही नै पहिलो दिनको पहिलो शोमा हेर्न पुग्छन्,” कलाकार दीपकराज गिरी भन्छन्, “चलचित्र आधा नहुँदै आधीभन्दा धेरै गाली गर्न थालिसकेका हुन्छन्, तर यसको फाइदा त्यो नै हाम्रो चलचित्रको पब्लिसिटी बनिदिन्छ ।” उनले उत्साहजनक बुकिङ भइरहेको बताए । 

आफू र आफ्नो समूहले बनाएको चलचित्रको ग्राफ निरन्तर माथि चढिरहेको बताउने उनी ‘छक्का पञ्जा–३’ पनि दर्शकले मन पराउने दाबी गर्छन् । 

‘कमेडी विथ कन्टेन्ट’ भनेर प्रचार गरिएको ‘छक्का पञ्जा–३’ ले पढ्नका लागि विलेशिने विद्यार्थीको कथा उठान गरेको छ । 

दीपकराज गिरीले कथा लखेको चलचित्रमा दीपकसँगै दीपिका प्रसाईं, केदार घिमिरे, जितु नेपाल, बुद्धि तामाङ, स्वस्तिमा खड्का, प्रियंका कार्की बर्षा राउत, संजोग कोइराला लगायतका कलाकारले अभिनय गरेका छन् । 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज २३, २०७५  १३:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC