site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
नाना पाटेकरहरूले मेरो जीवन बर्बाद पारे
Sarbottam CementSarbottam Cement

– तनुश्री दत्ता


अहिले बलिउड जगत् १० वर्ष पुरानो विषयले फेरि तातेको छ । सन् २००८ मा अभिनेतृ तथा पूर्व ‘मिस इन्डिया’ तनुश्री दत्ताले अभिनेता नाना पाटेकरसँगै ‘हर्न ओके प्लिज’का निर्माता सामी सिद्दिकी, निर्देशक राकेश सराङमाथि यौन दुव्र्यवहारको आरोप लगाएकी थिइन् । ‘हर्न ओके प्लिज’ छायांकनका बेला नानाले उनीलाई गलत तरिकाले छोएको आरोपले बलिउड तातेको थियो । तर, यो विषयमा केही कारबाही भएन । त्यतिबेलै #MeToo अभियानले गति लिएको थियो । त्यसपछि तनुश्री फिल्मी करिअर छाडेर अमेरिका गइन् र त्यहीँ बस्न थालिन् । दशकपछि उनी फेरि बलिउड फर्किइन् । लगत्तै #MeToo अभियानबारे उनलाई प्रश्न सोधियो । उनले पनि दशक पुरानो कुरा उप्काइन् । अहिले नाना, सिद्दिकी र सराङसँगै कोरियोग्राफर गणेश आचार्यलाई पनि उनले यो घटनामा जोडेकी छन् । त्यसपछि यो विषयमा बहस चलेको चल्यै छ । धेरै कलाकारले तनुश्रीको समर्थनमा वक्तव्य दिइरहेका छन् ।

दुव्र्यवहारको कुरा सञ्चारमा आएपछि ‘आशिक बनाया आपने’ अभिनेतृ तनुश्रीले पत्रकार सम्मेलन गरेर आफ्नो रिस पोखिन् । बलिउडका थुप्रै स्टारको नाम लिँदै उनले यस्ता क्रियाकलाप गर्नेलाई बलिउडबाटै प्रतिबन्ध लगाइनुपर्ने जिकिर गरिन् । 

Prabhu Bank
Agni Group
NIC Asia

सन् २००५ को ‘चकलेटः डिप डार्क सेक्रेट्स’का दौरान पनि आफूमाथि यौन दुव्र्यवहार भएको रहस्य पनि उनले खोलिन् । यो फिल्ममा अनिल कपुर, सुनील शेट्टी, इरफान खान, इमरान हासमीको अभिनय थियो । 

भारतको ‘नेसनल काउन्सिल फर विमेन (एनसीडब्लू)’ले बिहीबारमात्रै नाना, गणेश र विवेकविरुद्ध मुद्दा दर्ता गरेको छ ।

Global Ime bank

‘लुगा खोल र नाच’

‘चकलेट’का निर्देशक विवेक अग्निहोत्रीले मेरो भूमिका नै नभएको सिनमा लुगा खोलेर नाच्न भने । त्यो सिनमा हिरो (इरफान)को मात्रै क्लोज–अप सट थियो । त्यो सिनमा हिरोले खालि एउटा दिशातिर हेरेर भावभंगिमा देखाउनु थियो । विवेकले एक्कासि मतिर हेरेर भने, “जाऊ, लुगा खोलेर नाच ।”

इरफानले तुरुन्ते भने, “मलाई अनुहारको भावभंगिमा देखाउन उनले लुगा खोल्नु पर्दैन ।”

मलाई इरफानप्रति श्रद्धा जाग्यो । निर्देशकको गलत कामलाई उनले सेटमै निस्तेज गरिदिए । त्यतिबेला इरफान भर्खरै बलिउडमा उभिँदै थिए । हल्काफुल्का मात्रै काम गरिरहेका थिए । निर्देशकले दोहो¥याएर लुगा खोल्न अह्राएपछि इरफान पनि जंगिए, “के कुरा गर्नुभएको ? म मेरो क्लोज–अप सट दिन सक्छु । मलाई अभिनय गर्न आउँछ ।”

सुनील शेट्टीज्यू पनि निर्देशकको विरोधमा बोल्नुभयो । उहाँ पनि त्यहीँ हुनुहुन्थ्यो । उहाँले भन्नुभयो, “म आऊँ त अगाडि उभिन ?” त्यसपछि निर्देशक चुप लागे । सुनील र इरफानप्रति मेरो सम्मान अझ बढेर गयो । त्यतिबेला उहाँहरूजस्ता मान्छे हुनुहुन्थ्यो र मैले सामना गर्न सकें । तर, २००८ मा नाना पाटेकरको काण्ड आएपछि मैले सहन सकिनँ ।

मेरो जीवन नर्क बनाइदिए

ममाथि भएको घीनलाग्दो दुव्र्यवहारपछि पनि रजनीकान्त, अक्षय कुमार, शाहिद कपुरजस्ता स्टारहरूले नाना पाटेकर, गणेश आचार्य, निर्माता सामी सिद्दिकीसँग काम गरिरहनुभएको छ । यसले दुव्र्यवहार गर्नेको मनोबल झनै बढ्छ । उनीहरूले मेरो जिन्दगीलाई नर्कजस्तै बनाइदिए । फिल्म उद्योगले अहिलेसम्म उनीहरूलाई केही कारबाही गरेको छैन । एउटी महिलामाथि भएको दुव्र्यवहारसँगै गुन्डा लगाएर आक्रमण गर्ने व्यक्तिहरूलाई कसैले समर्थन गर्नु हुँदैन ।

डरैडरको घर

त्यो घटनापछि मैले डरैडरमा फिल्म उद्योग छाड्नुपर्‍यो । म कस्तो अवस्थाबाट निस्किएँ भन्ने कुरा कसैले कल्पना गर्न सक्दैन । त्यो रात गुन्डाको भीडबाट जोगिएर भागेकी थिएँ म । आमा–बुवा मसँग हुनुहुन्थ्यो । त्यतिबेला नाना पाटेकर र राज ठाकरे घनिष्ट थिए । ठाकरेको बलकै कारण हुनुपर्छ— नानाजस्ता व्यभिचारीलाई फिल्म उद्योगका कुनै पनि संस्थाले औलोसम्म उठाएनन् ।

गुनासो गर्दा वेश्याको आरोप

मैले १० वर्षअघि पनि बोलेकी थिएँ, आज पनि बोल्छु । बारम्बार मलाई आफ्नो कुरा भनिरहन रमाइलो लाग्दैन । अहिले मसँग सबैले यस्तो व्यवहार गरिरहेका छन् कि केही भएकै थिएन, केही भएकै छैन । हाम्रो देशमा महिलाले यौन दुव्र्यवहारसम्बन्धी गुनासो गर्ने हो भने सीधै वेश्या भनेर कलंकित गरिन्छ । र, त्यसपछि विषय पूरै त्यतै मोडिन्छ । महिलाहरूले आफ्ना कुरा खुलेर भन्न सक्ने वातावरण बनाऊँ ।

गुण्डागर्दीको मार

राज ठाकरेजस्ता नालायक नेता आफूलाई लायक सावित गराउन गुण्डागर्दीको सहारा लिन्छन् । राज ठाकरेको पार्टीले पनि त्यही गर्छ । उनको पार्टीमा उनीजस्तै गुण्डाहरू छन् । महिलामाथि आक्रमण गर्नेलाई कसैले आफ्नो नेता बनाउँदैन । तर, नाना पाटेकरलाई हिरो बन्नु थियो, त्यसैले उनको पछि लागे । जति पापड बेले पनि आफ्ना कर्तुतका कारण उनी कहिल्यै हिरो बन्न सकेनन् । चरित्र अभिनेतामै खुम्चिएर बसे ।

नानालाई हिरो बन्नु छ र महिलामाथि गलत व्यवहार गरिरहन्छन् । उनलाई कुनै पनि हिरोइनले भाउ दिँदैनन् । मेरो दुर्भाग्य के भइदियो भने त्यतिबेला त्यो सेटमा उनीसँग म थिएँ । म हुन्थिनँ भने उनले अरु कसैलाई त्यस्तो व्यवहार गर्थे । हिरो त्यो हो, जसले अप्ठ्यारो अवस्थामा महिलाको उद्धार गर्छ । आफूले केही गर्न नसकेपछि गुन्डा पठाएर आतंकित पार्ने नानाजस्ता मान्छेहरू समाजका बोझ हुन् ।

हलिउडमा थुप्रै ओस्कार र अरु सम्मान पाउने ठूला निर्माता/निर्देशक हावी वाइन्स्टाइनलाई उनका गलत क्रियाकलापका कारण सबै मिलेर गलहत्याए । तर, भारतमा नानाजस्ता व्यभिचारीलाई कसैले केही गरेन । ठूला कलाकारको आडमा आफ्नो करियर धकेलिरहेको नानाको आफ्नै केही हैसियत छैन । उनले सजाय पाउनुपर्छ ताकि अबका दिनमा कसैले महिलामाथि दुव्र्यवहार गर्ने आँट नगरोस् । सबैमा भय पैदा होओस् । मैले यो सबै आफ्नो बदला लिनका लागि भनिरहेकी छैन । पछिल्ला १० वर्षमा यो घटना सम्झी–सम्झी मैले धेरै पटक दाह्रा किटेकी छु । आफैंसँग हारेर डिप्रेसनजस्तो अनुभव गरेकी छु । मेरो पूरै करियर बर्बाद भएको छ ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असोज २०, २०७५  १०:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC