साहित्य
काठमाडौं । नेपाली कथानक चलचित्र ‘छक्का पञ्जा–३’ को प्रोमोसनल र्याप गीत सार्वजनिक भएको छ ।
डेविड शंकर, दीपकराज गिरी, दीपाश्री निरौला, केदार घिमिरे, जितु नेपालको स्वर रहेको गीतमा शब्द केदार घिमिरेले लेखेका छन् । ‘छक्का पञ्जा तीन घटस्थापनाको दिन’ बोलको र्याप सार्वजनिक गरिएको हो ।
निर्देशन दीपाश्रीले गरेकी छन् । दसैंको छेको पारेर घटस्थापनाको दिन रिलिज हुने चलचित्रको प्रोमोसनका लागि अहिले ‘छक्का पञ्जा युनिट जुटेको छ ।
प्रकाशित मिति: बुधबार, असोज १७, २०७५ १७:०९
प्रतिक्रिया दिनुहोस्