site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
मतदानमा अल्पमतमा परे प्रधानमन्त्री स्वतः पदमुक्तः झलनाथ खनाल
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank
काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले आजै हुने मतदानमा प्रधानमन्त्री अल्पमतमा परे स्वतः पदमुक्त हुने धारणा राखेका छन् । 
उनले पछिल्ला दिनमा सदनका क्रियाकलाप हेरेर चिन्तित भएको पनि बताए । व्यवस्थापिका–संसद्को आइतबारको बैठकमा आफ्ना धारणा राख्दै उनले अविश्वासको प्रस्ताव आवश्यक नभए पनि यो प्रस्ताव आएको बताए । अझै पनि राष्ट्रिय एकताबिना कुनै पनि समस्याको समाधान हुन नसक्ने उनको तर्क छ । 
“औचित्य थिएन तर अविश्वास प्रस्ताव आयो । हामीसँग समय छोटो छ । अहिलेदेखि नै होशियार भएर चल्नुपर्छ,” खनालले भने, “पछिल्ला दिनमा सदनको क्रियाकलाप हेर्दा म चिन्तित छु । लोकतान्त्रिक संस्कृति विकास हुन सकेको छैन । संयुक्त सरकार सञ्चालनको संस्कृतिको विकास हुन सकेन, त्यो हुनैपर्छ ।” 
उनले अविश्वासको प्रस्तावले अविश्वासको खाडल गहिरिन नहुने धारणा राखे । “अविश्वासको प्रस्तावले अविश्वासको खाडल नगहिरियोस्,” खनालले भने, “हामीलाई अहिले राष्ट्रिय एकता आवश्यक छ । १८ वर्षदेखि स्थानीय निकायको निर्वाचन हुन सकेको छैन । वास्तविक लोकतन्त्र गाउँमा पुग्न सकेको छैन ।”
भारतसँग चिसिएको सम्बन्ध न्यानोमा पुर्याएको र चीनसँगको सम्बन्ध सुदृढ गर्ने काम सरकारले गरेको बताए ।
“एमालेलाई प्रतिपक्षमा बस्न अप्ठ्यारो छैन । नेकपा एमाले प्रतिपक्षमा बसेर पनि राष्ट्रियता, लोकतन्त्र र समाजवाद उन्मुखका लागि काम गर्न तयार छ,” उनले भने, “डर त राष्ट्रियतामाथि संकट आउने हो कि भन्नेमा छ ।”
खनालले सहमतिको सरकार गठनका लागि पहल गर्न पनि आग्रह गरे । “मतदानमा प्रधानमन्त्री अल्पमतमा परे स्वतः पदमुक्ति हुन्छ,” उनले भने, “नयाँ सरकार बन्ने कुरामा कुनै जटिलता छैन । राष्ट्रपतिले सहमतिको सरकार गठनका लागि दिएको अवसरमा त्यसतर्फ पहल गर्नुपर्छ । हामी वार्ता गरेर राष्ट्रिय निष्कर्षमा पुगौं । एमाले प्रतिपक्षमा बस्नैपर्छ भन्ने धारणा हो भने यहाँहरुको जय होस् ।”
 
NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन ९, २०७३  १२:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC