site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
जाडोमा बच्चा स्याहार्न ‘कंगारु मदर’ चाहिन्छ

जाडो महिनामा बच्चालाई श्वासप्रश्वासबाट संक्रमण हुने रोग चाँडो लाग्छ । रोटाभाइरसका कारण डायरियाका साथै २८ दिनभन्दा मुनिका बच्चालाई चिसो लाग्ने जोखिम बढी हुन्छ ।

निमोनियाको जोखिम पनि उत्तिकै हुने भएकाले अभिभावकले विशेष ध्यान दिनुपर्छ । भाइरलका कारण ज्वरो आउने, रुघाखोकी लाग्ने र दमसमेत देखा पर्छ । 
जाडोको समयमा चिसो लागेर शरीरको तापक्रम घट्छ, जसले गर्दा विभिन्न कठिनाइ देखा पर्छ ।  
चिसोबाट बच्न बच्चालाई बाक्लो लुगा लगाइदिनुपर्छ । धुँवा धुलोबाट पनि बचाउनुपर्छ । चिसो खान नदिने र बच्चाको कोठा न्यानो राख्नुपर्छ । तर, न्यानो पार्न भनेर आगो बालेर राख्नुहुँदैन ।

Prabhu Bank
Agni Group
NIC Asia

त्यसको धुँवाले बच्चालाई फोक्सोको संक्रमणका साथै धेरै असर पर्छ । जन्मेको २८ दिनसम्म विशेष ख्याल राख्नुपर्छ । यसका लागि ‘कंगारु मदर’ नै चाहिन्छ । आमाले बच्चालाई आफ्नो जिउसँग जोडेर राख्दा न्यानो हुन्छ र संक्रमणबाट बचाउन सकिन्छ । 

श्वासप्रश्वासमा गाह्रो हुने, कोखा हान्ने, श्वास फेर्दा नाक फुल्ने, घ्यार घ्यार हुने, छातीबाट श्वास नलिएर पेटबाट लिएको जस्तो हुने, नाक बन्द हुने, रुघा लाग्ने, छिटोछिटो श्वास फेर्ने आदि भए चिकित्सककहाँ पुर्याइहाल्नुपर्छ । 

Global Ime bank

भर्खर जन्मिएको बच्चामा श्वास एक मिनेटमा ६० पटकभन्दा बढी भयो भने निमोनिया भएको हुन सक्छ । निमोनिया हुँदा बच्चालाई पेट दुख्ने, बान्ता आउने हुन्छ ।

बच्चाको मुख्य खाना भनेकै आमाको दूध हो, त्यसैले ६ महिनासम्मको बच्चालाई आमाको दूधमात्रै खुवाउनुपर्छ । निप्पल वरिपरिको पूरै कालो भागलाई बच्चाको मुखभित्र पसाउनुपर्छ ।

कालो भागको मुनितिर (स्याक)मा सानो सानो प्वाल हुन्छ, त्यसमा दूध भरिएर बसेको हुन्छ । दूध खुवाउनेबित्तिकै सुताउनु हुँदैन । त्यसो गर्दा त्यो दूध श्वासनलीमा जान्छ र निमोनिया हुन्छ ।

दूध खुवाएपछि उसलाई ठाडो पारेर राखेर पछाडि ढाडमा ५ मिनेटसम्म थपथपाउनुपर्छ । त्यसो गर्दा दूध खाँदा पेटभित्र गएको हावा बाहिर आउँछ । 
(कान्ति बाल अस्पतालमा कार्यरत डा. मानन्धरसँग बाह्रखरीका लागि यसिमा महतले गरेको कुराकानीमा आधारित) 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ १४, २०७३  ०२:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC