site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
लेष्टर सिटीको जित
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
एजेन्सी,लण्डन । इन्टरनेसनल च्याम्पियन कप अन्तर्गत प्रिमियर लिग च्याम्पियन लेष्टर सिटीले स्कटिस च्याम्पियन सेल्टिकलाई पराजित गरेको छ । शनिबार राति भएको खेलमा लेष्टरले सेल्टिकलाई ट्राइबेकरमा ६–५ ले पराजित गरेको हो ।
सेल्टिकको घरेलु मैदानमा भएको खेल निर्धा्रित समय १–१ को बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो । पहिलो हाफमा गोलरहित बराबरी भएको खेलको दोस्रो हाफमा भने लेष्टरले सुरुवाती अग्रता लिएको थियो । दोस्रो हाफको सुरुमै रियाद महरेजले गोल गर्दै लेष्टरलाई १–० को अग्रता दिलाए । तर, खेलको ५९ औं मिनेटमा सेल्टिकका ओअनो कोनलले बराबरी गोल फर्काएपछि खेल ट्राइबेकरतर्फ मोडिएको थियो । ट्राइब्रेकरमा भने लेष्टरले सेल्टिकलाई ६–५ ले हरायो । 
इंगलिस प्रिमियर लिग लगायत युरोपियन लिगहरुको नयाँ सिजन अघि क्लबहरु तयारी स्वरूप मैत्रीपूर्ण खेल खेलिरहेका छन् । लेष्टरले आउने बुधबार अस्टियना फुटबल क्लबसंग मैत्रीपूर्ण खेल खेल्ने छ । त्यस्तै सेल्टिक भने च्याम्पियन्स लिग तयारीका लागि अर्को हप्ता काजकिस्तान जाने छ ।
 
NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन ९, २०७३  ०८:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC