site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
फुमले जिते तेस्रोपटक टुर डे फ्रान्सको उपाधि
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank
एजेन्सी 
पेरीस । बेलायती साईकल राईडर क्रिस फुमले तेस्रो पटक ‘टुर डे फ्रान्स’ साईक्लिङ प्रतियोगिताको उपाधि जितेका छन् । पेरीसमा शनिबार सम्पन्न फाइनल चरणको साईक्लिङमा दोस्रो स्थानका राइडरलाई ४ मिनेट पाच सेकेन्डले पछि पार्दै फ्रुमले उपाधिमा कब्जा जमाएका हुन् ।
रेस अन्तर्गत २० औं चरणको व्यक्तिगत टाईम ट्रायलमा भने फ्रुम छनोट मात्र भएका थिए । तर, फाइनल चरणमा रेसमा फ्रान्सका रोमेन बोर्डेटलाई ४ मिनेट पाच सेकेन्डले पछि पार्दै टिम स्काईका फ्रुमले उपाधिमा कब्जा जमाएका हुन् । कोलम्बियाका नारियो क्विन्टाना ४ मिनेट २१ सेकेन्डले पछि पार्दै तेस्रो स्थानमा रहे ।
ब्रिटिश राईडर फ्रुमले यो करियरमा तेस्रो टुर डे फ्रान्सको उपाधि जितेको हो । यसअघि फ्रुमले सन् २०१३ र २०१५ मा उपाधि जितेका थिए । फ्रुम तीन पटक टुर डे फ्रान्सको उपाधि जित्ने पहिलो ब्रिटिश हुन् । 
टुर डे फ्रान्सको यो संस्करणमा फ्रुमले सुरुदेखि नै अग्रता लिएका थिए । १० औं चरणको रेसमा भने आयोजकको मोटरसाईकलसँग साईकल ठोक्किएपछि फ्रुमले दौडिएरै दुरी पार गरेका थिए । तर  आयोजकले समग्र तालिकामा फ्रुमलाई नै अग्रस्थानमा राखेपछि उनले उपाधि जित्ने सम्भावना कायम राखेका थिए ।
 
NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन ९, २०७३  ०८:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC