site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
के हो मस्तिष्क ट्युमर ?

मानिसका हरेक आन्तरिक र बाह्य गतिविधिहरू दुई प्रणाली स्नायु र अन्तश्र्रावी ग्रन्थीबाट नियन्त्रित हुन्छन् । स्नायु प्रणालीमा मस्तिष्क र हातगोडाका  स्नायुतना समावेश भएको हुन्छ ।

मस्तिष्क एक महत्वपूर्ण अंग हो जसले शरीरको गति, सिकाइ, संवेदना, कल्पना, सम्झना, श्वासप्रश्वास, रक्त सञ्चार र मुटुको धड्कन, शरीरको तापक्रम, पाचन प्रक्रिया, मलमुत्र नियन्त्रण गर्छ ।

मस्तिष्कका ट्युमर एकसय भन्दा बढी हुन्छन्, जसलाई केन्द्रीय प्रणाली स्नायुमा हुने ट्युमर भनिन्छ । तिनिहरूको नामाकरण ट्युमर भएको कोषिकाको अनुसार गरिन्छ । 

Prabhu Bank
Agni Group
NIC Asia


१.विनाइन ट्युमरः पिट्युटरी ग्रन्थीको ट्युमर, न्युरोमास, क्रानियोफ्यारिन्जियोमास, पाइलोसाइटिक एस्ट्रोसाइटोमासहरू विनाइन ट्युमरको उदाहरण हो । यसले मस्तिष्कमा दबाव दिँदा समस्या उत्पन्न हुन्छ । 

२.क्यान्सरयुक्त ट्युमरः मस्तिष्क र केन्द्रीय स्नायु प्रणाली सिमित हुन्छ । यसमा उच्च र निम्न श्रेणीका एस्ट्रोसाइटोमास, ओलीगोडेन्ड्रोग्लायोमास, इपेन्डियोमास र मिश्रित ग्लाइयोमास, मेडुलोब्लास्टोमास र ग्लियोब्लास्टोमास पर्छ । 

Global Ime bank

३.मेटास्टेटिक मस्तिष्क ट्युमरः मस्तिष्कमा फैलनुभन्दा पहिला शरीरका अन्य भागमा फैलाउने मुख्य क्यान्सरको रूपमा सुरु हुन्छ । मुख्यतया, पेट, स्तन, मिर्गौला र फोक्सोमा देखिएको क्यान्सर मस्तिष्कमा फैलिन्छ ।
कारण 
यसको मुख्य कारण अज्ञात छ ।
१.पारीवारिक इतिहासः परिवारको अघिल्लो पुस्तामा कसैलाई मस्तिष्कको ट्युमर छ भने त्यस परिवारको पछिल्लो पुस्तामा बंशाणुगत ट्युमर हुन सक्छ ।
२.रेडियोथेरापीः क्यान्सर लगायतको उपचारको क्रममा टाउकोमा विकीरणको पर्छ त्यस्ता मानिसमा ट्यूमर विकासको वृद्धि हुने सम्भावना हुन्छ ।
लक्षण
मस्तिष्कको कुन भागमा ट्युमर भएको छ त्यही अनुसारले लक्षणहरू देखिन्छन ।

कहिलेकाहीँ ट्युमर बिस्तारै बढ्दै गर्दा लक्षण पनि बिस्तारै विकसित हुनेहुँदा हामीले त्यति ख्याल गर्दैनौँ साथै अरू रोगहरू जस्तै माइग्रेन वा पेट दुखाइ, टाउको दुखाइ वा वाकवाकी जस्तै लक्षणहरू देखिन्छ ।

यसले शरीरको कुनै भागमा कमजोरी अथवा पक्षघात पनि हुन सक्छ र कसैलाई शरीर असन्तुलित हुने र छारे रोग देखिने र अधिकांश मानिसहरूमा टाउको दुख्ने समस्या हुन्छ तर टाउको दुख्दैमा ट्युमर नै हुन्छ भन्ने हुँदैन ।

कुनै जटिल र नयाँ समस्या देखिएमा तुरुन्त चिकित्सक वा सम्बन्धित डाक्टरसँग सम्पर्क गर्नुपर्छ । मस्तिष्कमा हुने तरल पदार्थ जसलाई मस्तिष्कमा पानी जमेको भनिन्छ ।

त्यसको प्रवाहमा मस्तिष्कको ट्युमरले अवरोध गर्दछ त्यसले मस्तिष्कमा दवाब पर्न जान्छ जुन अवस्थालाई ‘हाइड्रोसेफालस’ भनिन्छ । यो अवस्था विशेषगरी नवजात शिशुमा देखिन्छ र कहिलेकाहीँ वयस्कमा पनि देखिन सक्छ ।

यसको उपचार कजगलत हो । अरु लक्षणहरूमा वाकवाकी लाग्ने, बान्ता हुने, टाउको दुख्ने,  निदाउरोपना, बोल्न गाह्रो हुने, छोटो अवधि स्मृति समस्या, दृष्टिमा समस्या, सुनाई, सुँघाइ, स्वाद, बेहोसीपना, झिजिने, डिप्रेसन, व्यक्तित्व परिवर्तन आदि समस्या देखिन सक्छन । 

मस्तिष्क ट्युमर भए–नभएको परीक्षण पारीवारिक इतिहास, शारीरिक परीक्षण साथै सीटीस्क्यान, एमआरआई, एमआरएस, एसपीईटी स्क्यान, पेट स्क्यान, मेरुदण्डमा सानो प्वाल पारेर गरिने शल्यक्रिया, सर्जिकल बायोप्सी र विभिन्न रगत परीक्षणबाट गरिन्छ ।

बिनाइन र क्यान्सर हुनसक्ने ट्युमर दुवै खतरा हुन सक्छन् तर अप्रेसन गरेर सबै ट्युमर निकालेपछि बिनाइन अथवा निम्न श्रेणीको ट्युमरको अपेक्षित नतिजा राम्रो हुन्छ ।

सामान्यतया जति कम उमेर छ त्यति अपेक्षित नतिजा पनि राम्रो हुन्छ । एकपटक उपचार गरे पनि कुनै ट्युमर पुन देखा पर्न सक्छ त्यस्तो अवस्थामा फेरि सर्जरी, रेडियोथेरापी वा केमोथेरापी गर्नुपर्छ ।
मुख्य उपचार
मस्तिष्कको ट्युमरको मुख्य उपचार सर्जरी, रेडियोथेरापी र केमोथेरापी नै हो । यस्तो उपचार कुनै एक अथवा संयुक्त रुपमा गर्न सकिन्छ । लक्षण कम गर्न औषधिमा जस्तै स्टेरोइडस् रिङ्गटा लगाउन, मुर्छा पर्नबाट रोक्ने औषधि दिइएको हुन्छ ।

बच्चाको र वयस्कको उपचार पद्धति एउटै हुन्छ । जबसम्म मस्तिष्कको ट्युमर हो भनेर पत्ता लाग्दैन तबसम्म उपचार सुरु गरिँदैन ।

उपचारको मुख्य उद्देश्य भनेको ट्युमर निकाल्ने, यसको बृद्धिमा कम गर्ने र यसका लक्षणहरूलाई कम गर्ने हो ।

मस्तिष्कको उपचारमा के गर्ने भनेर ट्युमरको प्रकार, आकार, ट्युमरको स्थान, बिरामीको उमेर, स्वास्थ्य अवस्था, देखिएका लक्षणहरू र त्यसले परेका असरहरूमा निर्भर गर्दछ  ।

मस्तिष्कको अप्रेसन गर्दा चिकित्सकले मस्तिष्कको अन्य भागलाई साथै स्नायुहरूलाई बचाएर ट्युमर निकाल्ने काम गर्दछन् । अप्रेसनमा बायोप्सी, क्रानियोटोमी र इन्डोस्कोपिक शल्यक्रिया गरिन्छ । 

रेडियोथेरापी क्यान्सरयुक्त कोषिकाहरूलाई विनास गर्नको लागि दिने अत्यधिक शक्ति भएको विकिरण पद्धति हो । यस प्रकारले उपचार गर्दा शरीरको स्वस्थ भागमा कम असर परोस् भन्ने कुरामा विशेष ध्यान दिइन्छ । यो दुखाइरहित उपचार पद्धति हो ।

स्टेरियोट्याक्टिक रेडियो सर्जरीः यो एक प्रकारको रेडियसन पद्धति हो, अप्रेसन होइन । यसमा ठूलो मात्राको रेडियसन एकपटक मात्र दिइन्छ । जसका लागि बिरामीले अप्रेसन एकपटक मात्र गराए पुग्छ ।

किमोथेरापी क्यान्सरको उपचारका लागि प्रयोग गरिने औषधिहरूलाई केमोथेरापी भनिन्छ । सामान्यतया औषधी शरीरभित्र रगतसँगै दिइन्छ र त्यसले क्यान्सरयुक्त भाइरसलाई तुरुन्त विनास गर्दछ ।

प्यालियटिभ उपचारः रोग निको पार्न नभई त्यसको लक्षणहरूको असर कम गराई बिरामीलाई गुणस्तरीय जीवनयापन गर्नमा सहयोग गरिन्छ । खासमा उच्च श्रेणीका क्यान्सरका बिरामीहरूलाई उपयुक्त मानिन्छ ।

तर यो पद्धति जीवनको अन्तिम अवस्थामा मात्र नभई क्यान्सरका बिभिन्न चरणका बिरामीलाई पनि अपनाइन्छ । मुख्यतः क्यान्सरको दुखाइको पीडा कम गर्न साथै त्यस्ता बिरामीलाई शारीरिक र मानसिक रूपमा उपचार गर्न पनि प्रयोग गरिन्छ ।
स्नायु शल्यचिकित्सक डा. राजीव झासँग बाह्रखरीका लागि यसिमा महतले गरेको कुराकानीमा आधारित 


 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ ११, २०७३  ००:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC