site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank
काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप गिरीले संविधानसभाले बनाएको संविधानले सबैथोक गर्न सक्छ तर प्रधानमन्त्री चयन गर्न सक्दैन भन्नु गलत तर्क भएको बताएका छन् । 
“संविधानसभाले बनाएको संविधानले सबैथोक गर्न सक्छ तर प्रधानमन्त्री चयन गर्न सक्दैन भन्नु एउटा पक्षको वकिलको तर्क मात्र हो,” शुक्रबार व्यवस्थापिका संसद बैठकमा टेबुल भएको प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव माथि बोल्ने क्रममा उनले भने, “अहिलेको संविधान नयाँ प्रधानमन्त्री दिन सक्षम छ ।”
नेकपा एमाले निकटका वकिलहरुले नयाँ संविधानले प्रधानमन्त्री चयन गर्न दिदैन भन्ने तर्क गरे पनि अविश्वासको प्रस्तावका पक्षमा रहने वकिलहरुले भने नयाँ संविधानले प्रधानमन्त्रीचयन गर्ने बाटो राखेको बताउने स्पष्ट पारे ।  
संविधानको एउटा धाराको अपव्याख्याले हिटलरको जन्म भएको प्रसंग उल्लेख गर्दै गिरीले संसद्ले नयाँ प्रधानमन्त्रीको चयन गर्न नसक्ने व्याख्याले संविधान घोषणा हुँदा किन तत्कालीन अध्यक्ष बोल्नुभएन ? प्रश्न गरे । 
उनले उर्दुको एक उखान सुनाउँदै क्षण भरमा गरेको गल्तिले सताब्दिऔं सम्म पछि पर्नु पर्ने भन्दै त्यस्तो गल्ति नगर्न पनि आग्रह गरे । संसद बैठक आइतबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ । 
शनिबारको बैठकमा सांसद महेन्द्र यादव, रवीन्द्र अधिकारी, दुर्गा पौडेल, रामहरि खतिवडा, कमल पङ्गेनी, अफिलाल अखेडा, सुरेन्द्र चौधरी, भरतकुमार शाह, अब्दुर रज्जाक गद्दी, डा अमरेशकुमार सिंहलगायतले दलिय अवधारणाका आधारमा अविश्वासको पक्ष तथा विपक्षमा आ–आफ्ना धारणा राखेका थिए । 
 
NIBLNIBL
प्रकाशित मिति: शनिबार, साउन ८, २०७३  १८:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC