site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
एप्पल वाचको विक्रीमा गिरावट
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank
वासिङटन । विक्री सुरु भएको समय २०१५ को सुरुआत एप्पल वाचको विक्रीमा ५५ प्रतिशतले गिरावट आएको छ । बजार अनुसन्धान फर्म आईडीसीले सार्वजनिक गरेको नयाँ प्रतिवेदनले यस्तो देखाएको हो । बजारमा आएको सुरुका ३ महिनाको अवधिमा ३६ लाख थान एप्पल वाच विक्री भएको थियो । 
तर, अन्तिम तीन महिनामा भने विक्री १६ लाखमा सिमित भएको आईडीसीले जनाएको छ । मूल्य कटौतीका बावजुद विक्री ओरालो लागेको हो । एप्पलले आफ्नो स्मार्टवाचमा वाच ओएस थ्री नाम गरेको नयाँ अपरेटिङ सिस्टम प्रयोगमा ल्याउने भएको छ । जसमा नयाँ विशेषता र सुधारिएको प्रविधि प्रयोग गरिएको छ । कम्पनीले शरद ऋतुमा नयाँ ढाँचाको एप्पल वाच टु पनि बजारमा ल्याउने अपेक्षा गरिएको छ ।
“उपभोक्ताले नयाँ स्मार्टफोन आउने अपेक्षाबीच २०१६ को सुरु देखिनै स्मार्टवाच किन्न छोडेका छन्,” आईडीसीका वरिष्ठ अनुसन्धानकर्मी जितेस उबरानीले बताए ।
तर, अन्य कम्पनीले उत्पादन गरेको स्मार्टवाचको विक्री भने राम्रो भएको छ । अन्तिम त्रैमासिक अवधिमा सामसुङ, लेनोभो र एलजी इलेक्ट्रोनिक्सको विक्री भने उकालो लागेको छ ।
फर्महरुले नयाँ एप्लिकेसन र सेलफोनसँग सम्पर्क भएको विशेषताको स्मार्टवाच ल्याउने भएकाले आगामी वर्ष भने स्मार्टवाचको बजार वृद्धिमा फर्कने अपेक्षा आईडीसीका अनुसन्धानकर्मी रामोन लियाम्सले बताए ।
अन्य फर्महरुले बजारमा आफ्नो उत्पादनलाई व्यापकता बनाएको अवस्थाममा एप्पल स्मार्टवाच ल्याउने मामिलामा ढिलो देखिएको छ । तर बजारमा आएको सुरुको अवस्थामा भने एप्पल वाचको बजार हिस्सा अन्यको दाँजोमा ठूलो अन्तरले बढी थियो ।
एप्पल वाच बजारमा सर्वाधिक लोकिप्रिय रहँदै आएको छ । टिम कुकले सीईओको पदभार ग्रहण गरेयता एप्पल वाच कम्पनीको नयाँ उपत्पादन हो । एजेन्सी
 
 
NIBLNIBL
प्रकाशित मिति: शनिबार, साउन ८, २०७३  १६:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC