site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
अस्थिर मनहरु
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

पत्रकारिता, साहित्य र अनुसन्धानमा सक्रिय जनकराज सापकोटाको दोस्रो पुस्तक ‘कहर’  साउन  १५ मा सार्वजनिक हुँदैछ । ‘कहर: वैदेशिक रोजगारीले विथोलिँदो समाज’ नामक पुस्तक वी रिडले बजारमा ल्याउन लागेको हो । पुस्तकमा वैदेशिक रोजगारीको कहर खेप्ने पात्रहरूका दुःख र भोगाइका अतिरिक्त त्यसले पारेको सामाजिक र सांस्कृतिक प्रभावलाई सूक्ष्म रूपमा हेर्ने प्रयास गरिएको छ । सोही पुस्तकको एक अंश :
 
० ० ०
 
दिनभर अलमस्त भावले घरमा बसिरहन मन मानेन । घरछेवैको स्कुल पुगें, श्री इन्द्रपुरी मावि, गीतानगर, चितवन (२२ वैशाख २०७१) यो त्यही स्कुल हो, जहाँ १५ वर्षअघि मैले कखरा सिकेको थिएँ, जहाँ म गृहकार्य नगरेकामा तरतरी पसिना काढ्दै चौरमा कुखुरी बनाइएको थिएँ ।
 
स्कुल पुगेपछि आफ्ना पुराना दिनहरुको स्मृतिले लछप्प भिजाइदियो मलाई । त्यतिबेला कक्षाका हामी सबैका सपना समान थिए । सबैका उद्देश्यहरु उस्तैउस्तै थिए ।
 
घरमा होस् वा चोकमा, स्कुलमा होस् वा आफन्तीका घरमा, सबैले एउटै कुरा सोध्थे– ठूलो भएपछि के बन्ने ?
 
हामीले दिने जवाफ प्रायः उस्तै हुन्थ्योे– डाक्टर, इन्जिनियर, पाइलट । यस्तो लाग्थ्यो, दुनियाँमा सबैभन्दा ठूला भनेका नै डाक्टर, इन्जिनियर र पाइलट हुन् ।
 
हामीलाई त्यसैगरी बुझाइएको थियो, सिकाइएको थियो ।
 
अहिले त स्कुलले पनि जुनी फेरेछ, कालोपाटीको ठाउँमा ह्वाइट बोर्ड झुन्डिएछ । चून नपोतिएको भित्तामा सेतो रंग लगाइएछ ।
 
पहिला शिक्षक जहाँ उभिन्थे, म त्यहीँ उभिएँ । त्यो चार कक्षा थियो । म पहिला जहाँ बस्थें त्यहाँ थिए, पहिलेको म जस्तै १८ जना विद्यार्थीहरु ।
 
मैले तिनीहरुलाई पालैपालो सोधें, “ठूलो भएपछि के बन्छौ ?”
 
तिनले म सानो छँदा दिनेजस्तो उत्तर दिएनन् । समयअनुसार उत्तर पनि फेरिएछ ।
 
“ठूलो भएपछि जहाज चढ्ने । तर पाइलटचाहिँ नहुने ।” ११ वर्षका लिखुरे तर चकचके आकाश नेपालीले आत्मविश्वासले भरिएको स्वरमा उत्तर दिए ।
 
सोधेें, “जहाज चढेर कहाँ जाने नि ?”
 
“मलेसिया जाने सर ।”
 
उनको उत्तरले मलाई छक्क पा¥यो । सोधेें, “किन ?”
 
“पैसा कमाउन ।”
 
जवाफ दिएर उनी फिस्स हाँसे । उनी छेवैका साथीहरुले पनि अनौठो प्रतिक्रिया जनाएनन् ।
 
आकाशको छेवैमा सर्टको टाँक पनि खुलै राखेर बसेका थिए, रमेश दुरा । मैले उनलाई पनि उही प्रश्न सोधें ।
 
“दुबई जाने, सर ।” उनले एकछिन पनि नसोची उत्तर दिए ।
 
“किन ?”
 
“मेरो बाबा दुबई हुनुहुन्छ । त्यसैले मलाई त्यहीँ जाने मन छ ।”
 
विद्यार्थीका उत्तर सामान्य थिएनन् । पालैपालो सबैलाई सोधेपछि थाहा भयो, १८ मध्ये सात जना विद्यार्थीका बा विदेशमा रहेछन् । एउटी छात्राका भने बा र आमा दुवै ।
 
मैले विद्यार्थीहरुलाई आ–आफ्ना बाका बारेमा बताउन भनें । धेरैले बाले परदेशबाट आउँदा आफूलाई चकलेट र नयाँ कपडा ल्याइदिने बाचा गरेको सुनाए ।
 
त्यसपछि मैले बालाई कत्तिको माया गर्छौ भनेर सोधें ।
 
यो प्रश्नको उत्तर उनीहरुसँग थिएन । रमेशले सुनाए, “बाले फोनबाटै माया गर्नुहुन्छ । मैले पनि फोनबाटै माया गर्छु ।”
 
बाको माया र लाडप्यारबिना हुर्किएका ती केटाकेटीको अनुहारमा माया, स्नेह र अभिभावकत्वको अभाव पोतिएको थियो । दिराम र रिंगेटले बदल्ला तिनीहरुको अनुहारको रंग ?
 
मनिका न्यौपानेका आँखा बहुतै चम्किला थिए । उनको खुलेको अनुहारले नै बताइरहेको थियो, उनी टाठी विद्यार्थी हुन् । रातो टीका लगाएकी, दुई चुल्ठा बाटेकी र कक्षाभरिकै सबैभन्दा सुग्घरी विद्यार्थी उनी । तर उनको परिचय यतिमै सीमित रहेनछ भन्ने उनलाई एकाध प्रश्न गरेपछि पत्तो पाइहालें । उनी कक्षाकी एक्ली विद्यार्थी थिइन् जसका बा आमा नै विदेश थिए, दुबई र साउदी अरबमा । उनी ठूलीआमाको संरक्षणमा हुर्किइरहेकी रहिछन् ।
 
मैले उनीसँग धेरैबेर कुरा गरें । उनलाई आफ्ना बाआमाले छुट्टीमा विदेशबाट आउँदा ल्याइदिने चकलेट र नयाँ कपडाको खुब सम्झना रहेछ । धेरैबेरपछि सोधेें, “तिमीलाई सबैभन्दा रमाइलो कतिबेला लाग्छ ?”
 
उनले उत्तर दिइन्, “सपनामा मम्मीलाई देखेको बेला ।”
 
“अनि नरमाइलो नि ?”
 
“निद्राबाट ब्युँझेको बेला ।”
 
मनिकाको उत्तर सामान्य थिएन । सन्तानको सुखका निम्ति परदेशिने लाखौं बाआमा यसैगरी छोराछोरीको सपनामा आउँछन् होला ।
 
फूलजस्ता बाबुनानीको अनुहार पढेर फर्किएपछि मेरा आँखामा हजारौं मनिका र लाखौं रमेश दुराहरु रङमङाउन थाले । तिनका अभिभावक सुखको खोजीमा परदेशमा पसिना बगाउँछन् र तिनका छोराछोरी ठूलो भएपछि बाआमाजस्तै परदेश पस्ने सपना देख्दै विद्यालय धाउँछन् ।
 
केटाकेटीको उत्तर सुनेपछि मोरङको होक्लाबारी डिपुमा भेटिएका गंगाबहादुरको अनुहार झलझली सम्झिएँ ।
 
० ० ०
 
२०७१ असार २० गते विराटनगर विमानस्थलबाट बाहिरिँदा दिउँसोको ३ बजिसकेको थियो । विमानस्थलको एक छेउमा टाँगिएको डिजिटल बोर्डले तापक्रम ३२ डिग्री सेल्सियस रहेको संकेत गरिरहेको थियो ।
 
विमानस्थलको आँगनमा लस्करै रिक्साहरु थिए । काँधमा गम्छा झुन्ड्याएर बसेका रिक्साचालक चर्को स्वरमा यात्रु बोलाइरहेका थिए । तिनका निम्ति म एउटा यात्रुमात्रै थिएँ । को कहाँदेखि चढ्छ र कहाँ ओर्लिन्छ, तिनीहरुको सरोकारको विषय यतिमात्रै थियो ।
 
एक साताको विराटनगर बसाइमा बरगाछीदेखि रोडशेषसम्म झन्डै एक दर्जन पटक रिक्सा चढेर ओहोरदोहोर गर्दा अनेकौंसँग संवाद भयो । ती प्रत्येक रिक्सावालका सपना झन्डैझन्डै एकैनासका थिए । तिनको जीवनको नक्सा करिबकरिब उस्तै थियो । तिनको नाम फरक थियो, थर फरक थियो, उमेर फरक थियो तर एउटै थियो दैनिकी ।
 
सहरका मुख्य सडकहरु विस्तार गर्न भत्काइएका थिए । पुनर्निर्माणको काम भने सुस्त गतिमा चलिरहेको थियो । गर्मीले हपक्क तातेको विराटनगरलाई धूलो र धूवाँले झनै विरूप बनाएको थियो । सबै सहेर रिक्सावालहरु पेडलमा खुट्टा दबाइरहेका थिए । तिनको गाँठा परेको पिँडौलाका रनक्क रन्किएका नसा हेर्नेु मेरो रहरको विषय थिएन । प्रत्येक रिक्साको चक्काभन्दा तीव्र गतिमा उनीहरुको शरीरमा पसिना बगिरहेको थियो ।
 
विराटनगर उपमहानगरपालिका वडा नं. ८ कोचाखालका दिलीप मण्डल तरतरी पसिना काढेर रिक्सा हाँकिरहेका थिए । उनको अनुहार गर्मीले गर्दा रातो भएको थियो । सडकको धूलो पसिनामा लपक्क टाँसिएको थियो । ३८ वर्षे जिन्दगीको यात्रामा उनले गर्न बाँकी केही रहेनछ; पाउन भने धेरै बाँकी रहेछ । तर पनि उनलाई लाग्छ, केही कुरा जिन्दगीमा ढिलो गरी सुरू गरियो । उनैले भने, “बिहे नै ढिलो गरें मैले ।”
 
“कति वर्षमा गर्नुभयो ?”
 
“१६ वर्षमा । म गाउँको बूढो बेहुलो ।”
 
बोलिसकेर उनी मुस्कुराए । उनको अनुहारमा हाँसोभन्दा धेरै लाजको रंग पोतिएको थियो । बालविवाहको परम्परा रहेको मधेसका दलित बस्तीमा दिलीप बूढो बेहुलो हुनु कुनै आश्चर्य पनि त थिएन !
 
सम्पत्तिका नाममा साढे दुई आनामा बनेको उनको झुपडी छ । त्यही घरमा उनको प्राण अडिएको छ । अडिँदैनथ्यो भने, त्यही जग्गा बन्धकी राखेर वा बेचेर उनी कतार वा मलेसिया गइसक्थे ।
 
“भएको जेथा बेचेर विदेश जान मनले मानेन,” उनले बाध्यता खुलाए ।
 
तर, दिलीपको मन विराटनगरमा अडिएको छैन । जसरी हुन्छ– कतार वा दुबई नत्र मलेसिया, साउदी अरब जहाँ भए पनि जान पाए यहाँभन्दा दोब्बर कमाइन्थ्यो भन्ने उनलाई मनैदेखि लागेको छ । दुईचार दलालसँग कुरा पनि गरिसके । सुनाए, “तर, सबैले पहिले पैसाकै कुरा गर्छन् ।”
 
दिलीपजस्ता विपन्न दलित समुदायका मानिस जसको जायजेथा न्यून छ वा छँदै छैन, त्यस्तालाई गाउँका साहूहरु ठूलो रकम ऋण पत्याउँदैनन् । वैदेशिक रोजगारीमा जाने त्यस्तो परिवारका सदस्यले मात्रै ऋण पाउँछन्, जसले पैसा तिर्न नसक्ने अवस्था आयो भने, घरखेत बेचेर पनि ऋण निखन्न सकियोस् । विदेशबाटै अंगभंग भएर फर्कियो भने, उतै मृत्यु भयो भने वा कम्पनी राम्रो नपरेर कमाइ गर्न सकिएन भने त्यस्ताबाट पैसा असुल्ने उपाय साहूहरुले ऋण पत्याउने पहिलो सर्त हुने गर्छ । दिलीपले हिसाब गरे– मेरो घरको त मूल्य हुने कुरै भएन, जग्गाको मूल्य पनि साहूलाई ऋण दिन मिल्ने खालको छैन ।
 
चार छोराछोरी हुर्काउने जिम्मेवारी रिक्सा पेलेकै भरमा पूरा गर्न सकिँदैन भन्ने उनले राम्ररी बुझेका छन् । “आफू फ्याट्ट बिरामी परियो भने जहानको बिचल्ली हुन्छ । एकचोटि विदेश जान पाए सधंैलाई हुन्थ्यो,” उनले मनको थकथकी बिसाए ।
 
दिलीप दलित समुदायका प्रतिनिधि पात्रमात्रै हुन्, जो विदेश जानका निम्ति आवश्यक ऋण जोहो गर्न नसकेर थकथकी मानिरहेका छन् ।
 
पुस्तकसम्बन्धी टिजर :
 
पत्रकारिता, साहित्य र अनुसन्धानमा सक्रिय जनकराज सापकोटाको दोस्रो पुस्तक ‘कहर’ असार १५ मा सार्वजनिक हुँदैछ । ‘कहर ः वैदेशिक रोजगारीले विथोलिँदो समाज’ नामक पुस्तक वी रिडले बजारमा ल्याउन लागेको हो । पुस्तकमा वैदेशिक रोजगारीको कहर खेप्ने पात्रहरूका दुःख र भोगाइका अतिरिक्त त्यसले पारेको सामाजिक र सांस्कृतिक प्रभावलाई सूक्ष्म रूपमा हेर्ने प्रयास गरिएको छ । सोही पुस्तकको एक अंश :
 
NIBLNIBL
प्रकाशित मिति: शनिबार, साउन ८, २०७३  ११:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC