site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
राष्ट्र बैंकले निष्कासन गरेको ऋणपत्रमा बैंककै मिलेमतो, स्ट्यान्डर्ड चार्टर्ड बैंकले मात्र पायो १ अर्ब ५३ करोड
Sarbottam CementSarbottam Cement

काठमाडौं । विभिन्न बैंकले ब्याजमा मिलेमतो गरेपछि नेपाल राष्ट्र बैंकबाट स्ट्यान्डर्ड चार्टर्ड बैंकले मात्र राष्ट्र बैंकको ऋणपत्र खरिद गरेको छ । 
स्टयान्डर्डले १ अर्ब ५३ करोड रुपैयाँ पाएको छ ।

बैंकहरुले लगानीयोग्य पुँजी (तरलता) नभएपछि थप लगानी गर्न नपाएको गुनासो गरेपछि राष्ट्र बैंकले मंगलबार ४० अर्ब रुपैयाँ बराबरको सोझै खरिद गर्नेगरी ऋणपत्र निष्कासन गरेको थियो । 
विभिन्न बैंकले ९ अर्ब ५६ करोड रुपैयाँ बराबरको प्रस्ताव गरेकोमा अन्तमा स्ट्यान्डर्डले मात्र पाएको राष्ट्र बैंकका प्रवक्ता नारायणप्रसाद पौड्याले बताए । “बैंकहरुले मिलेमतोमा न्युन ब्याजदर प्रस्ताव गरेपछि यस्तो अवस्था आएको हो,” उनले भने ।  

Prabhu Bank
Agni Group
NIC Asia

अधिकांश बैंकले औसत २ प्रतिशत ब्याजमा ‘विड’ गरेका थिए । 
राष्ट्र बैंकले निष्कासन गरेको ४० अर्ब रुपैयाँको ऋणपत्रले कर्जा लगानी (सीडी रेसियो) कायम गर्न नभई नगद प्रवाहका लागि मात्र भएको सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहाल बताउँछन् ।

“ऋणपत्रको रकम लगानी गर्न नपाउने अवस्था आएपछि बैंकले चासो नदेखाएको हुन सक्छन्,” उनले भने, “हामीलाई चाहिएको थप रकम लगानी गर्नका लागि हो । यो ऋणपत्रबाट पूरा नहुने देखियो ।”
राष्ट्र बैंकले निष्कासन गरेको ऋणपत्र नगद प्रवाह (सीआर) कायम गर्नका लागि मात्र भएको उनको भनाई छ । “हामीले राष्ट्र बैंकसँग थप कर्जा लगानी गर्नका लागि रकम मागेका हौं,” उनले भने । 
दुई साताअघि राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्नका लागि भन्दै २ पटक गरेर ३० अर्ब रुपैयाँ बराबरको रिपो ल्याएकोमा बैंकले सहभागिता जनाएनन् । 
    
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ ४, २०७३  १८:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC