site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
नेपथ्य म्यानहटनपछि सेन्टरस्टेज एटलान्टामा
Ghorahi CementGhorahi Cement

काठमाडौं । गत साल अमेरिका यात्राको क्रममा न्यूयोर्कको प्रसिद्ध ‘म्यानहटन सेन्टर’को ह्यामर्सटाइन बलरुमबाट फर्किएको नेपथ्यले यसवर्ष एटलान्टाको ‘सेन्टरस्टेज’मा आफ्नो प्रस्तुती पस्कने भएको छ ।

यसपटक अमेरिकाको दक्षिणी भेगतर्फ पाइला चाल्ने नेपाली लोक रक टोली नेपथ्यलाई त्यस मुलुककै शक्तिशाली नेपाली संगठन एएनए (एशोशिएसन अफ दि नेपलीज इन दि अमेरिकाज्)ले आगामी जुलाइ २ तारिखमा प्रस्तुत गर्दैछ ।

सहरको आफ्नै ओपेरा, ब्याले र सिम्फोनी अर्केष्ट्रा विकास गर्न भ्याइसकेको एटलान्टा अमेरिकाकै एक मुख्य साँस्कृतिक एवं आर्थिक केन्द्रका रुपमा परिचित छ । यस सहरले सफल ओलम्पिक आयोजकको पगरी पनि गुथिसकेको छ ।

Agni Group

‘नेपथ्यलाई फेरि पनि अमरिकामा निम्त्याउन पाउँदा खुशी लागेको छ,’ एएनएका उपाध्यक्ष एवं यस वर्षको सम्मेलन आयोजक समितिका प्रमुख डा. शम्भुप्रसाद ढुँगाना भन्छन्, ‘नेपथ्यलाई सुहाउँदो मञ्चदेखि लिएर टोलीको प्राविधिक आवश्यकतासमेत को सक्दो व्यवस्थापन गर्दै स्तरिय प्रस्तुतीको बन्दोबस्त मिलाएका छौं ।’

गत वर्ष अमेरिका यात्रामा गएको यो टोलीले बाँकीका विभिन्न सहरमा आयोजनाका निम्ति स्तरियताको ठोस आधार नभेटिएपछि न्यूयोर्कको प्रस्तुतीलगत्तै फर्किएको थियो ।

Global Ime bank

‘त्यतिबेला अमेरिकाको दक्षिणी भेगमा बसोबास गर्ने थुप्रै नेपथ्यप्रेमीले चित्त दुःखाउनुभएको थियो,’ नेपथ्यलाई व्यवस्थापन गर्दैआएको नेपालयका किरणकृष्ण श्रेष्ठ भन्छन्, ‘यसपाला उहाँहरुमै समर्पित रहेर नेपथ्य जोडदार रुपमा प्रस्तुत हुनेछ ।’

अढाई दसकदेखि नेपथ्यलाई सुन्दै हुर्किएका नेपाली तन्नेरीहरुको विस्तार संसारभर भएजस्तै अमेरिकामा अझ ब्यापक छ । त्यसैगरि स्वदेशमा जस्तै विदेसमा पनि यतिबेला नेपालीहरु आपसका विभिन्न कारण देखाएर अलग हुने प्रवृत्ति बढिरहेको बेलामा उनीहरुलाई नेपालीपनको धुनले जोड्नु नै आफ्नो अमेरिका यात्राको मूल उद्देश्य रहने नेपथ्यका मुख्य गायक एवं टोलीका अगुवा अमृत गुरुङ बताउँछन् ।

amrit-1

‘नेपाली नेपाली बीचको सकारात्मकता पहिल्याउँदै उनीहरुलाई जोड्ने प्रयास मैले सुरुदेखि देशभित्र वा वाहिर गर्दैआएको छु,’ गुरुङ भन्छन्, ‘मसँगसँगै मेरो म्यूजिक फर युनिटीको आव्हानले पनि अमेरिका यात्रा गर्नेछ ।’

‘चाहे नेपाल भित्र होस् वा वाहिर, हामी आयोजनास्थलदेखि लिएर प्राविधिक गुणस्तरसम्ममा सम्झौता गर्दैनौं,’ नेपालयका श्रेष्ठ भन्छन्, ‘प्रस्तुतीको स्तरलाई माथि उठाउनु नै हाम्रो मुख्य संघर्ष भएकाले कतिपय स्थानका श्रोताहरु समक्ष वाचा गरेर पनि हामी एकाएक रोकिनुपर्ने हुनसक्छ ।’ एक वर्ष ढिलो भए पनि अमेरिकाको दक्षिणवर्ती भेगमा बसोबास गर्ने श्रोता दर्शकसम्म पुग्न सफल भएकोमा खुशी लागेको श्रेष्ठले बताए ।

कार्यक्रम प्रस्तुतीका निम्ति जुनको तेश्रो साता अमेरिका पुग्ने नेपथ्यले २५ जुनका दिन ओर्लिएको सहर लस एन्जलसमा पनि आफूलाई प्रस्तुत गर्नेछ । ‘फ्रेन्ड्स अफ नेपाल’को आयोजनामा त्यहाँस्थित बर्नम हलमा पहिलो कन्सर्ट आयोजना हुनेछ । संस्थाका अध्यक्ष मुकुन्द ढुँगानाका अनुसार कार्यक्रमका निम्ति सम्पूर्ण तयारी भइसकेको छ ।
एटलान्टाको कार्यक्रम भने एएनएको २०१६ सम्मेलनकै एक हिस्सा हो ।

‘यी दुवै सहरमा नेपथ्यले पहिलोपटक आफूलाई प्रस्तुत गर्न लागेको हो,’ गायक गुरुङ भन्छन्, ‘यसलाई नेपालीपनको उत्सवका रुपमा मनाउनेगरि सहभागिता जनाउन सबैमा अनुरोध गर्दछु ।’

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार ७, २०७३  १८:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC