site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
काठमाडौं । साहित्यकार इडा उपाध्यायद्वारा अङ्ग्रेजीमा लिखित ‘माइ वाइन्डिङ पाथ’ (मेरो घुमाउरो बाटो) कवितासङ्ग्रह यहाँ आज विमोचन गरिएको छ । 
 
रत्न पुस्तक भण्डारले प्रकाशन गरेको उक्त सङ्ग्रह सात भागमा विभाजित छ र त्यसमा करिब १२० कविताका विषयवस्तुमा नारी स्वतन्त्रता, नारी पुरुषको सहयात्रा, नेपाली संस्कृति, संस्कार आदि छन् । 
 
कृति विमोचन गर्दै राष्ट्रकवि माधवप्रसाद घिमिरेले छोटा छोटा कविताको शैली राम्रो भएको र यसले आफ्नो भाषा र संस्कृतिको परिचय विश्वमा दिनेखालको भएको बताए ।  
 
 
कार्यक्रममा समीक्षक प्रा डा अनिता ढुङ्गेलले रचनाकार आफ्नो बाल्यकालदेखि अहिलेसम्म भोगेका कुरालाई कलात्मक र सौन्दर्यपूर्ण तरिकाले कवितामा उतारेको बताए । समीक्षक मोमिलाले उपाध्यायका कविताले प्रकृति, जीवन, समय र संवादसँग संवाद गरेको र सूक्ष्म रुपमा नारी संवेदनालाई अभिव्यक्त गरेको टिप्पणी गरे । 
 
समालोचक महेश पौडेलले आफ्ना व्यक्तिगत अनुभव र अनुभूतिलाई समेटेर विश्वसँग संवाद गर्दै कविले पूर्वीय सभ्यता तथा स्थानीय माटो र सुगन्ध व्यक्त गरेको बताए ।  
वरिष्ठ इन्जिनियर तथा आर्किटेक्ट शङ्करनाथ रिमाल तथा साहित्यकार शशि रिमाल९रचनाकारका पितामाता०ले कवियत्री उपाध्याय सानैदेखि भावुक, अन्तर्मुखी र प्रतिभाशाली भएकाले अहिले कविता सङ्ग्रह गर्न सकेको बताइ । 
 
कवि उपाध्यायले आफ्ना आशा, निराशा, सुखदुःखका क्षणहरुलाई आफूले कविताको रुप दिएको जानकारी दिए । नेपाल र अमेरिकामा आफ्ना कविता वाचन गरिसकेका शिक्षिका तथा समाजसेवी उपाध्यायले बीस वर्षदेखि लेख्न सुरु गरेका हुन् । कथाकार पनि रहेका उपाध्यायले यसअघि कथाहरुको सङ्ग्रह ‘हुलाकी’को सम्पादन गरेका छन् । रासस 
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन ७, २०७३  १९:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ann KFCAnn KFC
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC