site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
काठमाडौं । सरकारले प्रस्तुत गरेको चालु आर्थिक वर्ष ०७३/०७४ बजेटले प्रतिव्यक्ति १० हजार रुपैयाँ ऋण थप्ने भएको छ । 
चालु आवमा आर्थिक विद्येयक माथि छलफलका क्रममा पूर्वअर्थमन्त्री तथा नेपाली काग्रेसका नेता डा. रामशरण महतले थप २ खर्ब ६३ अर्ब रुपैयाँको ऋण प्रस्ताव गरेकाले प्रत्येक नेपालीको टाउकोमा थप १० हजार रुपैयाँ थपिने दाबी गरे । हाल देशको कुल ऋण ५ खर्ब ६९ अर्ब रहदा प्रतिव्यक्ति ऋण २१ हजारमा रहेकोमा थप २ खर्ब ६३ अर्ब रुपैयाँ लिदा  ३१ हजार रुपैयाँ पुग्ने उनले जिकिर गरे ।  कुल ऋणको ५० प्रतिशत ऋण लिने प्रस्ताव गरेकाले प्रतिव्यक्ति ऋण भार बढ्ने डा. महतको भनाइ छ ।  
राज्यको ढिकुटीमा अझै १ खर्ब ५० अर्ब रुपैयाँ बढी मौज्दात रहेकाले सरकारले प्रस्ताव गरेको १ खर्ब ११ अर्ब आन्तरिक ऋण आवश्यक नभएको डा. महतको जिकिर छ । पञ्चालयतकाल देखिको ऋण तिर्न बाँकी रहेको अवस्थामा वर्तमान सरकारले ऋण बढाएको उनको तर्क छ । “आवश्यकता नहुँदा नहुँदै सरकारले ऋण लिने प्रस्ताव गरेको छ”, उनले भने, “मौज्दात रकम परिचालन गरे हुन्छ त्यसैले ऋण लिनु आवश्यक छैन । सरकारले चालु आवामा आम्दानीको स्रोत अनुमान सही रुपमा गरेको छ भने ऋण लिन आवश्यक छैन” उनले भने । 
 
 
 
 
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन ७, २०७३  १८:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC