site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
काठमाडौं । ‘अहिले नगरे कहिले गर्ने अनि हामी युवाले नगरे कसले गर्ने ?’ भन्ने सवाल बोकेको नेपाली चलचित्र ‘बिजुली मसिन’ आगामी भदौ ३१ मा रिलिज हुँदैछ । 
साइन्स फिक्सन विधाअन्तर्गत पर्ने यो चलचित्र वर्तमान युगमा  विज्ञान र प्रविधिले आममानिसमा पुर्याएको प्रभावका विषयमा आधारित छ । ‘बिजुली मसिन’ विश्व नै विज्ञान प्रविधिले चलाइरहेका बेला नेपालमा यसको प्रभाव कस्तो छ भन्ने विषयमा अध्ययन गरिरहेका युवाको समूहद्वारा तयार पारिएको चलचित्र हो ।  
युवाहरूको सहभागितामा निर्मित ‘बिजुली मसिन’का निर्देशक २९ वर्षीय नवीन अवाल हुन् । उनी साइन्सका विद्यार्थी हुन् । उनले थुप्रै सर्ट मुभी पनि बनाइसकेका छन् । नेपालमा जारी ऊर्जा संकट तथा त्यसले रोजगार, शिक्षा एवं आममानिसको दैनिक जीवनमा पारिरहेको असरका साथै पछिल्लो पुस्ता विज्ञान र प्रविधिजस्ता विषयमा आकर्षित भइरहेको भए पनि शून्य सफलता हात लागेको र युवा शक्तिको ऊर्जा खेर गइरहेको विषयलाई चलचित्रमा उतारिएको छ । 
चलचित्र उत्पादनमा ऋषभ आचार्य, सन्तोष लामिछाने, सञ्जीव न्यौपाने तथा दिपेन बस्नेतको सहभागिता छ । नायिका रेलिजा श्रेष्ठ यही चलचित्रमार्फत् डेब्यु गर्दैछिन् । नायकको भूमिकामा अभिषेक सुवेदी र जीवन अधिकारी छन् । 
नेपालमै पहिलो पटक साइन्स फिक्सन विधामा प्रस्तुत हुन लागेको ‘बिजुली मसिन’ युवाले छुटाउनै नहुने चलचित्र भएको निर्माण पक्षको दाबी छ । युवा पुस्ताले आफ्नो ऊर्जा देशको संकटमा प्रयोग गर्न सक्छन् भन्ने सन्देश चलचित्रमा छ । कथावस्तु र प्रस्तुति नयाँ शैलीको भएकाले पनि चलचित्र चल्नेमा निर्माता तथा निर्देशक विश्वस्त छन् ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन ७, २०७३  १६:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC