site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
राष्ट्रिय महिला क्रिकेटको तयारी पूरा, शनिबारबाट शुरु
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
काठमाडौँ । लामो समयबाट रोकिएको महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता शनिबारबाट राजधानीमा सुरु हुँदैछ । र, तीन दिन संचालन हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजक राष्ट्रिय खेलकुद परिसद (राखेप) ले जनाएको छ । 
शुक्रबार राजधानीमा एक पत्रकार सम्मेलन गर्दै साउन ११ गतेसम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने प्रतियोगिताको तयारी सकिएको प्रतियोगिता संयोजक तथा राखेप सदस्य शैलेष कर्माचार्यले जानकारी दिए । टि–२० फम्र्याटमा सञ्चालन हुने प्रतियोगितामा पाँच बिकास क्षेत्र र सशस्त्र प्रहरी बल(एपिएफ) को महिला टोली सहित ६ टिमले सहभागिता जनाउने कर्माचार्यले जानकारी दिए ।
प्रतियोगितामा सहभागी टोलीलाई दूई समुहमा टिम बिभाजन गरि लिगका आधारमा खेलाइने छ । र, शीर्ष दुई टिम फाइनलमा प्रतिस्पर्धा गर्नेछन् । यस राष्ट्रिय प्रतियोगिताका लागि राखेपले असार २८ गते २२ जिल्ला तथा ३० र ३१ गते क्षेत्रीय टोलीको छनोट पाँचै बिकास क्षेत्रको क्षेत्रिय खेलकूद बिकास समितिको आयोजनामा खेलाडी छनोट गरेको थियो ।
सिनियर महिला क्रिकेटको इतिहासमै पहिलो पटक बिजेता टिमले नगद १ लाख तथा उपविजेताले ५० हजार प्राप्त गर्नेछन् । यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडी, उत्कृष्ट ब्याट्सवूमन, उत्कृष्ट बलर, उदयमान खेलाडी आदि बिधामा पनि पुरस्कृत गरिनेछ ।
राष्ट्रिय खेलकुद परिषद(राखेप)को आयोजनामा दुईवर्षपछि राष्ट्रिय महिला क्रिकेट प्रतियोगिता हुन् लागेको हो । दक्षिण कोरियामा भएको सन् २०१४ मा भएको इन्चोन एसियाडपछि नेपाली टोलीले कुनै पनि अन्तराष्ट्रिय खेल खेलेको छैन । त्यस्तै घरेलु लिग तथा प्रतियोगिता भएको छैन ।
तर, यस प्रतियोगितालाई आइसीसी महिला विश्वकप छनोट २०१६ को लागि खेलाडी छनोटको रुपमा हेरिएको छ । प्रतियोगिताबाट २४ उत्कृष्ट खेलाडी छनोट गरी श्रावणको अन्तिमबाट बन्द प्रशिक्षणमा राखिने राखेपले जनाएको छ । खेलाडी छनोट नेपाली राष्ट्रिय टोलीका प्रशिक्षक जगत टमाटा, श्यामसन जंग थापा, सुदिप पौडेल, अरुण अर्याल र विनायक पोखरेल रहेका छन् । तर, विश्वकप छनोटका लागि १४ सदस्यीय टोली भने अन्तर्राष्ट्रिय क्रिकेट परिसद आइसीसीका प्रतिनिधीसहितको छनोट समितिले गर्ने राखेपले जनाएको छ ।
इंग्ल्यान्डमा अर्को वर्ष हुने आईसीसी महिला विश्वकप क्रिकेटको एसियाली छनोटमा नेपालले हङकङ, चीन र थाइल्याण्डसंँग प्रतिस्पर्धा गर्ने छ । नेपाल सम्मलित एसियाली छनोटको आयोजना हङकङमा आगामी अक्टोबरमा हुनेछ । एसियाली छनौटमा आयोजक हङकङसँगै नेपाल, चीन र थाइल्याण्डले राउण्ड रोबिनका आधारमा खेल्नेछन् । आईसीसीले छनोट खेल अक्टोबर ९ देखि १५ मा हुने जनाएको छ । 
 
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन ७, २०७३  १६:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC