site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
काठमाडौं । सञ्चालनमा रहेका ३ वटा ठूला जलविद्युत् आयोजना बन्द भएपछि प्रणालीमा १ सय ३ मेगावाट बिजुली उत्पादन कमी आउँदा वर्षात्मा पनि लोडसेडिङ घट्न सकेको छैन । 
कालिगण्डकीमा बालुवा छान्ने डिसेन्डरमा र इलेक्ट्रोमेकानिकालमा टर्बाइनको समस्या आएपछि ४८ मेगावाट बिजुली उत्पादन घटेको छ । त्यस्तै, गत वर्ष वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त माथिल्लो भोटेकोसी बाढीले बाँधमा क्षति पु¥याएपछि ४५ मेगावाट र भोटेकोसी बाढीले सुनकोसी आयोजनामा क्षति पु¥याएपछि १० मेगावाट विद्युत् उत्पादन बन्द छ । 
प्रणालीमा सय मेगावाटभन्दा बढी उत्पादन घटेपछि लोडसेडिङ पूर्ण रूपमा घटाउन नसकेको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक मुकेशराज काफ्ले बताउँछन् । “सबै आयोजना सञ्चालनमा भए लोडसेडिङ धेरै कम हुन्थ्यो,” उनले भने, “प्रणालीमा ठूलो परिमाण बिजुली आपूर्ति घटेपछि भारतबाट आयात गर्दा पनि लोडसेडिङ हटाउन सकिएको छैन ।”  प्राधिकरणले दैनिक ९ घण्टा भने पनि औसत दैनिक ६ घण्टाको हाराहारीमा लोडसेडिङ भइरहेको उनले जानकारी दिए । 
कालिगण्डकीको मर्मत साउन अन्तिमसम्ममा सकिने र भोटेकोसी र सुनकोसीमा बाढीले थप क्षति पु¥याएपछि अनिश्चित भएको काफ्लेले बताए । कालिगण्डकीको डिसेन्डर र इलेक्ट्रोमेकानिकल उपकरणमा समस्या आएपछि यसको मर्मत भइरहेको छ । जापानको तोसिबा कम्पनीेले मर्मत गरिरहेको छ । “कालिगण्डकीमा डिसेन्डर, इलेक्ट्रोमेकानिकलका अतिरिक्त सिभिलको डिजाइनमा समस्या देखिएको छ,” उनले भने, “निर्माणका बेला आयोजनाको उचित तरिकाले विश्लेषण गरी ध्यान नदिएको पाइएको छ । अब कसैलाई पनि दोष लगाएर बस्ने अवस्था छैन । समस्या नआउने किसिमले मर्मत भइरहेको छ ।”
१ सय ४४ मेगावाट जडित क्षमताको कालिगण्डकीको २ वटा युनिटबाट ९६ मेगावाटमात्र बिजुली उत्पादन गरिरहेको छ । विद्युत्गृहमा पानीको बहाव हुने एमआईबी भल्भमा समस्या आएपछि थप दुई भल्भ मर्मतका लागि पुनः आयोजना बन्द भएको हो । तीन वटै युनिटको भल्ब मर्मत गर्नुपर्ने भएकाले आयोजना दोस्रो पटक बन्द भएको छ ।
त्यस्तै, माथिल्लो भोटेकोसीमा पुनर्निर्माण काम हुँदाहुँदै बाढीले बाँध पुरेर अन्य संरचनामा क्षति पु¥याएकाले काबुबाहिरको अवस्था आएको काफ्लेले जानकारी दिए । ४५ मेगावाट बिजुली उत्पादन सुचारु हुने बेला आयोजनामा थप क्षति पु¥याएकाले अझै अनिश्चित भएको उनको भनाइ छ । भूकम्पले क्षति पु¥याएको इलेक्ट्रोमेकानिकल र पेनस्टक पाइप राख्ने काम भइरहेको छ । आयोजना बनाउन झन्डै साढे २ अर्ब रुपैयाँ थप लगानी गरेको प्रवद्र्धक भोटेकोसी पावर कम्पनीले बाँधको मर्मतमा पनि थप लगानी गर्नुपर्ने अवस्था आएको छ । 
प्राधिकरण स्वामित्वको सिन्धुपाल्चोकमा रहेको १० मेगावाट क्षमताको सुनकोसी आयोजनामा पनि बाढीले क्षति पु¥याउँदा उत्पादन बन्द भएको छ । यसको मर्मत थाल्ने तयारी भइरहेको काफ्लेले बताए ।  
हाल विद्युत् माग १ हजार ३ सय मेगावाट र आपूर्ति भारतबाट समेत गरी साढे ८ सय मेगावाटको हाराहारीमा छ । भारतबाटमात्रै ३ सय मेगावाट बिजुली आयात भइरहेको छ ।
 

 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन ७, २०७३  १५:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC