राजनीति
काठमाडौं ।
नेकपा माओवादी केन्द्रले व्यवस्थापिका–संसद्मा केहीबेरपछि पेश हुने आश्रित विधेयकको विपक्षमा मतदान गर्ने भएको छ । बैठकमा सहभागी स्रोतका अनुसार माओवादी केन्द्रले सरकारका तर्फबाट पेश भएको बजेटसँगैका आश्रित विधेयकको विपक्षमा मतदान गर्ने जानकारी दिएको हो । बैठक सुरु हुनासाथ माओवादी नेताले सम्बोधन गरेर यसबारेमा जानकारी गराउने तयारी गरेको स्रोतले जानकारी दियो ।
प्रकाशित मिति: शुक्रबार, साउन ७, २०७३ १५:४०
प्रतिक्रिया दिनुहोस्