site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
मेघा बैंक संघीय संरचनामा जाने
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank
काठमाडौं । मेगा बैंकका अध्यक्ष भोजबहादुर शाहले मेगा बैंकलाई अब संघीय संरचना अनुसार लैजाने घोषणा गरेका छन् । शुक्रबारबाट बैंक सातौँ बर्षमा प्रवेश गरेको उपलक्ष्यमा बोल्दै शाहले संघीय संरचनामा जान लागेको बताए । 
काठमाडौंको कमलादीस्थित मेगा बैंकको प्रधान कार्यालयमा आयोजित छैटौं बार्षिकोत्सव कार्यक्रममा उपत्यका बाहिरका ग्राहकहरुलाई लक्षित गर्दै बैंकले वुटवलमा क्षेत्रीय कार्यालय स्थापना गरिसकेको जानकारी दिँदै उनले संघीयताको कार्यान्वयनसँगै मेगा बैंकलाई संघीय संरचनामा लैजाने गरि गृहकार्य भइरहेको बताए । 
यसैगरी, मेगा बैंकलाई देशकै अग्रणी बैंकका रुपमा उभ्याउन मर्जर र एक्विजिसनलाई प्राथमिकता दिने बताए । मर्जरबाहेक हकप्रद शेयर जारी गरेर राष्ट्र बैंकले तोकेको पुँजी अभिबृद्धिको मापदण्ड पूरा गर्ने योजना पनि रहेको बताए । “गएको बैशाखबाट वुटवलमा प्रधान कार्यालय रहेको पश्चिमाञ्चल विकास बैंकलाई हामीले मेगा बैंकमा मर्ज गरिसकेका छौँ, हामीसँग मर्जरका लागि अन्य बैंकहरुले ल्याएको प्रस्तावमा पनि छलफल भइरहेको छ” अध्यक्ष शाहले भने, “मर्जरमा जाने कि हकप्रद शेयर जारी गर्ने विकल्प रोज्ने भन्नेमा हामी आन्तरिक छलफलमा छौँ, छिट्टै त्यसको टुंगोमा पुग्छौं ।”
मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिलकेशरी शाहले चुक्ता पुँजीको २५ प्रतिशत हकप्रद शेयर जारी गर्ने तयारी भइरहेको जानकारी दिए । त्यसका लागि औपचारिक प्रक्रिया अगाडि बढिसकेको जानकारी दिँदै उनले राष्ट्र बैंकको नियमानुसार संस्थापक शेयरलाई साधारण शेयरमा रुपान्तरण गरिएको बताए । “यसले लगानीकर्ताहरुको लगानी गर्ने क्षमता अभिबृद्धि गरेको छ” उनले भने ।   
सीईओ शाहका अनुसार मेगा बैंकले गत आर्थिक वर्षमा अछाम र डडेल्धुरामा शाखा विस्तार गरेको छ । “चालु आर्थिक वर्षमा पनि राजधानीसहित बैंकिङ सेवा नपुगेका ग्रामीण भेगमा अत्यधुनिक सेवासहितको शाखा विस्तार गर्ने योजना रहेको छ, त्यसका लागि सम्भाव्यता अध्ययन भइरहेको छ” उनले भने । गत आर्थिक बर्षमा भिसा डेबिट र क्रेडिट कार्ड तथा ट्राभल कार्ड संचालनमा ल्याइएको बताउँदै सीईओ शाहले आगामी दिनमा कार्ड तथा इ–च्यानलका नवीनतम र प्रभावकारी सुविधाहरु थप गरिने तथा रेमिट्यान्सको अन्तर्राष्ट्रिय सञ्जाल विस्तारलाई तीव्रता दिइने बैंकको योजना रहेको जानकारी दिए ।  
गत आर्थिक वर्षमा निक्षेप संकलन १० अर्ब बढेर ३१ अर्ब पुगेको छ । यसैगरी, कर्जा प्रवाह पनि करिब १० अर्ब बढेको छ । गत आर्थिक वर्ष कर्जा प्रवाह १८ अर्बबाट बढेर २८ अर्ब पुगेको हो । ग्राहक संख्या पनि झण्डै एक लाख बढेको छ । गतबर्ष करिब १ लाख ४३ हजार रहेकोमा अहिले २ लाख २५ हजार पुगेको छ । कर्जाको औसत आकार २५ लाख ५० हजार र निक्षेपको १ लाख ४४ हजार रहेको छ । 
 
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन ७, २०७३  १४:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC