site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
पर्यटनको पुनर्व्याख्या जरुरी भइसक्यो

वीरेन्द्रबहादुर बस्नेत
प्रबन्ध निर्देशक, बुद्ध एयर

पोखरामा नयाँ अन्तर्राष्ट्रिय विमानस्थलको अध्ययन सुरु भएसँगै हाम्रो कम्पनीले पनि संस्थागत रूपमा एउटा अध्ययन गरिरहेको छ । अध्ययनले त्यस क्षेत्रमा उडान गर्दा यात्रुको संख्यालाई विषेश ध्यान दिनुपर्ने देखाएको छ । हामीले त्यस क्षेत्रमा तीन वटा जेटबाट अन्तर्राष्ट्रिय उडान सुरु गर्ने लक्ष्य राखेकाले दैनिक १४ सय ओहोरदोहोर गर्ने यात्रु चाहिन्छ । हाम्रो मूल्यांकन ४ सय लोकल तथा १ हजार विदेशी नगारिक ‘इन एन्ड आउट’ यात्रु भएको खण्डमा उडान गर्ने छ ।  

हामीलाई त्रिभुवन विमानस्थलबाटै अन्तर्राष्ट्रिय उडान गर्ने समेत अनुमति छ । हामीसँग प्राविधिक, अपरेसन गर्ने क्षमता, म्यानेजमेन्ट र फाइनान्सियल क्षमता पनि छ  । तर, काठमाडौंबाट उडान गर्न केही चुनौती छन् । पहिलो त थाई, कतार, इत्तिहाद, इन्डियन, जेट एयरवेज, इमिरेट्सजस्ता ‘हेभी वेट’सँग हामीले प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ ।

Prabhu Bank
Agni Group
NIC Asia

त्रिभुवन विमानस्थल धेरै नै ‘कन्जस्टेड’ पनि छ । प्लेन उडान गर्न समय लाग्नेजस्ता भौतिक अवस्थामै त्रिभुवन विमानस्थल कमजोर छ । हेभी कम्पनीसँग टुरिजमका हिसाबले पनि प्रतिस्पर्धा गर्न सकिन्नँ । काठमाडौंभन्दा सानो क्षेत्र भएकाले ‘हेभी वेट’का कम्पनीले पोखरा उडान नगर्लान् । अध्ययनपछि नै कत्तिको प्रतिस्पर्धा हुन्छ भन्ने अन्दाज हुन्छ । 

आगामी मार्चसम्ममा पोखरा विमानस्थलको विस्तृत अध्ययन प्रतिवेदन आउने जानकारी पाएका छौं । त्यसपछि कस्तो खालको जेटबाट उडान गर्ने निर्यण गर्नेछौं । पोखरा सानो भ्याली भएकाले पश्चिमबाट ल्यान्ड गर्न नमिल्ने र पूर्वबाट मात्रै ल्यान्ड गर्न मिल्ने बताइएको छ । हामीसँग अहिल्यै जेट विमान नभएकाले त्यो क्षेत्रको लागि उपयुक्त हुने खरिद गर्ने क्षमता र अधिकार हामीसँग छ । 

Global Ime bank

नेपाल भित्रिने पर्यटकलाई खर्च गर्ने र घुम्ने आधारमा विभाजन गर्नुपर्छ । खर्च धेरै गर्ने खालका ‘लिजर टुरिस्ट’ र कम खर्च गर्ने साहसिक पर्यटकको यकिन तथ्यांक निकाल्नुपर्छ । नेपालमा वर्षिक ७० हजार साहसिक पर्यटक देशको जस्तोसुकै परिस्थितिमा पनि आउने गरेको तथ्यांक देखिएको छ । ती पर्यटक आउने समयावधि चार महिना हुने गर्छ । बन्न लागेको पोखरा विमानस्थलका लागि ‘लेजर टुरिस्ट’मा वृद्धि गर्न नसकिए व्यावसायिक उडान गर्न धेरै गाह्रो पर्ने देखिन्छ । 

त्यसका लागि पोखरा क्षेत्रमा होटलको सुविधामा वृद्धि गर्दै पूर्वाधार निर्माणमा जोड दिनुपर्छ । देशले पर्यटनमा भर्खर सानो फड्को मार्न थालेको छ । हामीले पर्यटकीय व्यवस्थाको पुनव्र्याख्याको महत्वपूर्ण विषय उठाइरहेका छौं । 

आकाश सुरक्षित छ ?
नेपाली आकाशलाई इयुले असुरक्षित भनिरहे पनि बुद्ध एयरलाई असर पारेन । हामीले संसारकै ५ औं धनी देश भारतका प्रमुख व्यक्तिलाई यात्रा गराउने अवसर पाउनुले पनि हामीलाई असर नगरेको हो । तर, नेपाली आकाश असुरक्षित रहनु दिगो उडानमा भने असर पर्छ । पहिलो कुरा त हवाई उडानमा जिम्मा लिनेहरुकै कमजोरी रहेको मेरो बुझाइ हो । अझ भन्नुपर्दा देशको कार्यकारी प्रधानमन्त्रीले नै त्यसको जिम्मा लिनुपर्छ । 

हामी सक्षम छौं
मेरो विचारमा हामी जे गर्न पनि सक्षम छौं, विदेशीलाई गुहार्नै पर्दैन । नेपालीले आफैँलाई विश्वास गर्न नसकेको अवस्था देखिएको छ । त्यस्तो प्रवृत्तिको अत्य हुनुपर्छ । अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता वृद्धि गर्न विदेशी कम्पनीलाई दिँदा लथालिंग बनेको छ । यसमा एडीबी पनि जवाफदेहि हुनुपर्छ । विकास निर्माणको जिम्मा लिनेहरूसँग राज्य किन निरिह बन्दै गएको छ । हाम्रो देशको चीरहण भइरहेको छ । 

योजनाकारले नदेखेको क्षेत्र

देशलाई एउटा उद्योगको रूपमा लैजान सकिन्छ । पर्यटन, कृषि, ऊर्जा वा वैदेशिक रोजगारकै उद्योगको विकासले समृद्धि सम्भव छ । के अझै हामी विदेशीका दासमात्रै बन्ने हो ? देशका नागरिकलाई विदेशकै कामदार बनाउने भए पनि दक्ष कामदार उत्पादन गर्ने उद्योग त बनाउन सकिन्छ ।  तर, देश बनाउने जिम्मा लिनेहरुले त्यति पनि भिजन राख्न सकेका छैनन् । नेपाली नागरिकको श्रम सस्तोमा बिक्री भइरहेको छ ।

अहिले हाइड्रोमा सबैको आकर्षण देखिन्छ । हाइड्रोका क्षेत्रमा दुई पक्ष देखिन्छ, पहिलो त हामीले भारतबाटै बिजुली किनिरहेको अवस्था छ । दोस्रो, नेपालको हाइड्रोको बजार भारत नै हो ।
त्यसैले बजार र लगानीको क्षेत्र हेर्दा त्यो लामो समयसम्म गर्न सकिने व्यवसाय नहुन सक्छ । अझ त्यस क्षेत्रमा लगानी भएर बजार भए पनि सीमित मान्छेमात्रै धनी हुन्छन् । 

मेरो परिकल्पना 
देशको आर्थिक उन्नति नै बटमलाइन हो । सहभागितामूलक सम्पत्ति सृजना गर्दै मैले योजना बनाइरेको छु । पोखरामा अन्तर्राष्ट्रिय उडान हुँदा गोरखा र बागलुङसम्मको क्षेत्रलाई समेट्छ । देशको युनिक सेलिङ प्वाइन्ट नै धौलागिरीदेखि मनास्लुसम्मको हिमालयन रेन्ज त्यसै क्षेत्रमा पर्छ । ती क्षेत्रमा हामीले २५ लाख पर्यटक आवतजावत गराउन सक्ने सम्भावना छ ।

हिमालयन रेन्ज र हिमालयन इकोलोजी नै देशको मुख्य आर्थिक विकासको आधारशिला हो । ती जिल्लामा २५ लाख पर्यटकलाई व्यवस्थापन गर्न कम्तीमा २० वटा जेट चाहिन्छ, ५ हजार वटा होटल चाहिन्छ । एक्लै त कसैले गर्न सकिन्न, त्यसैले जनताको सहभागिता चाहिन्छ ।

हामीसँग अन्तर्राष्ट्रिय हवाई उडान गर्ने क्षमता र अधिकार भएकाले हामी सिधै एक्सनमा गएका छौं । एउटा परिकल्पना गरौं, २५ लाख पर्यटकको मुभमेन्ट हुँदा सर्वसाधारणको जीवनस्तर, आम्दानी, रोजगारीको अवस्था कस्तो होला ? हामी अब एक करोड पर्यटक भित्र्याउने परिकल्पना गर्ने कि नगर्ने ?
(बस्नेतसँग बाह्रखरीका लागि ऋषि खतिवडाले गरेको कुराकानीमा आधारित)

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, पुस २८, २०७३  १२:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC