site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
 काठमाडौँ । सेयर बजार अनपेक्षित रुपमा बढ्न थालेपछि नेपाल धितोपत्र बोर्डले साना लगानीकर्तालाई सचेत गराएको छ । 
बोर्डले अप्रत्याशित रुपमा सेयर बजारमा उछाल आएको भन्दै लगानी गर्नुपूर्व सूचना लिई संयमित भएर लगानी गर्न आग्रह गरेकोछ । सेयर बजारमा गरिने लगानी जोखिम र प्रतिफल दुबै हुने भन्दै बोर्डले बजार र कम्पनीको वास्तविकता बुझेर मात्र लगानी गर्न लगानीकर्तालाई जानकारी गराएको छ । बोर्डले सेयर बजारको मूल्यमा प्रभाव पार्न सक्ने लाभांश र हकप्रद सेयरको घोषणा, व्यवस्थापन परिवर्तन, भावि योजना, कम्पनीको आवधिक र वार्षिक प्रतिवेदनमा उल्लेखितप्रति सेयर आम्दानी, प्रति सेयर लाभाँश, मूल्य र आम्दानी अनुपात प्रतिसेयर नेटवर्थ जस्ता वित्तीय सूचकांकको विश्लेषण गरेर मात्र लगानी गर्न बोर्डले लगानीकर्तालाई भनेको छ । 
कम्पनीको सूचना लिएर बजारमा हल्ला गरेर सेयर बढाउन प्रवृति बढेकाले लगानीकर्तालाई हल्लाका पछि नलाग्न भनेर सचेत गराएको बोर्डका प्रवत्ता नीरज गिरी बताँउछन् । “केही कम्पनीको वित्तीय विवरण सार्वजनी नगरी गोप्य रुपमा चुहिएको पाइयो त्यसैले बोर्डले सचेत गराएको हो” उनले भने । 
बिहीबार नेप्से परिसूचक बढेर १ हजार ८ सय बिन्दु नजिक पुगेको छ । परिचूक वृद्धिसंँगै बजार पुंजिकरण बढेर १९ खर्ब ७९ अर्ब रुपैयाँ पुगेको छ  ।
सेयर बजार विश्लेषक रविन्द्र भट्टराई सेयर बजार बढ्दै गएकाले दुई महिनाभित्र नेप्से परिसूचक २ हजार १ सय नाघने बताउछन् । “साउन र भदौ सेयर बजारका लागि उर्वर समय हो” उनले भने “यो समयमा नबढेको सेयर कहिले बढ्छ ?” सेयर बजार बढी रहेकाले सचेत भएर लगानी गर्न उनले लगानीकर्तालाई सुझाएका छन् । 
गएको माघदेखि कागज रहित (डीम्याट ) प्रणालीबाट सेयर कारोबार सुरु भएपछि सहजता बढेको र संविधान जारीपछि राजनीतिक अस्थिरता अन्त्य हुने संभावना बढ्दा सेयर बजारमा उछाल आएको बजार विश्लेषकको भनाइ छ ।
 
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन ७, २०७३  १०:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ann KFCAnn KFC
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC