site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement
नवजात शिशु कसरी हुर्काउने ?

नवजात शिशुलाई ६ महिनासम्म आमाको मात्र दूध खुवाउनुपर्छ । ल्याक्टोजन, गाईको दूध, भैँसीको दूध, सेर्लेक्स पनि खुवाउनु हुँदैन ।    
बच्चा जन्मिएको आधा घन्टाभित्र निस्किएको पहेँलो दूध बच्चालाई खुवाउँदा अति नै पौष्टिक हुन्छ ।

आमाको स्तनपान ल्याक्टोजन र गाईको दूधजस्तो हुँदैन । थोपा–थोपा गरी आउँछ । त्यसैले पनि आमाहरूलाई मेरो बच्चालाई दूध पुगेन कि भन्ने हुन्छ । अनि अरु–अरु कुराहरु खुवाउनुहुन्छ ।

Agni Group

६ महिनासम्म आमाको दूधबाहेक अन्य कुरा खुवाउनु हुँदैन । बच्चालाई प्रत्येक दुईदेखि तीन घन्टाको फरकमा स्तनपान गराउनुपर्छ । स्तनपान जति गरायो, त्यति नै बढी दूध आउँछ । स्तनपान नगराएमा आफैँ सुकेर जान्छ । कतिपय समाजमा पहिलो बिगौती दूध खुवाउन हुँदैन भनेर निचोरेर फाल्ने चलन पनि छ, त्यो राम्रो होइन ।

यो नवजात शिशुलाई सबैभन्दा राम्रो रोग प्रतिरोधात्मक औषधि हो । जुन बच्चाले प्रशस्त मात्रामा स्तनपान गरेको छ, सो बच्चा तीक्ष्ण हुन्छ । दूधमा बच्चालाई चाहिने प्रोटिन, कार्बोहाइड्रेड, फ्याट, मिनरल्स पाइन्छ । 

Global Ime bank

जाडोमा कसरी जोगाउने ?
जाडोमा बच्चालाई न्यानो राख्नुपर्छ । हिटर बालेर भए पनि न्यानो दिनुपर्छ तर धुवाँ आउने गरी कोइला बालेर तातो बनाउनु हुँदैन । त्यसले बच्चा र आमा दुवैलाई खराब गर्छ ।

दक्षिण फर्केको कोठा अथवा घाम आउने कोठामा बस्दा राम्रो हुन्छ । घाम छिर्ने कोठामा बस्दा झ्याल बन्द गरेपनि न्यानो नै रहन्छ । हिटर बाल्दा हावा आउने ठाउँमा, अक्सिजन आउने ठाउँमा बाल्नुपर्छ । 
बच्चालाई ३ / ४ दिनमा नुहाइदिनुपर्छ । यदि नुहाउन नसके दिनदिनै सफा राखिरहनुपर्छ । नरम टालो (कपडा) मा मन तातो पानी लगाएर पुछ्न सकिन्छ ।
पहिलो कुरा बच्चालाई स्वस्थ राख्न आमामा भर पर्छ । उसले बच्चालाई न्यानो बनाउनुपर्छ । तेल लगाउने कुरामा धेरैले आँखा, कान, नाक, नाभी र यौनांगमा पनि तेल हाल्ने गरेको पाइन्छ । यसो गर्दा बच्चामा इन्फेक्सन हुन्छ ।

एउटा बच्चाको आमाले तेल तताएर बच्चाको आखामा हाल्दा आँखा फुलो परेको ‘केस’ पनि आएको थियो । त्यसैले विचार गरेर मात्रै तेल लगाउनुपर्छ । 
जाडोमा बच्चा बेहोस हुने पनि हुन्छ, त्यसैले जाडोबाट बच्चालाई जोगाउनुपर्छ । जाडो भएर ज्वरो आउँछ, त्यसपछि बच्चालाई इन्फेक्सन हुन्छ । आमाले पनि खानामा सन्तुलन गर्नुपर्छ । बच्चाहरु खोक्छन् । यो पनि चिसो र इन्फेक्सनको कारण हो । 
पानी तथा खानाको सन्तुलन मिलेन भने झाडापखाला पनि लाग्छ । आमाको दूधमात्र खाने बेला भने पखालाको सम्भावना कम हुन्छ । 

(परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा कार्यरत डा. कर्माचार्यसँग बाह्रखरीका लागि यसिमा महतले गरेको कुराकानीमा आधारित) 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, पुस २७, २०७३  ०३:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC