site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank
काठमाडौं । आयातीत वस्तु उपभोग गर्ने संस्कार बढेपछि नेपालीको बचत दर घट्दै गएको सरकारी तथ्यांकले देखाएको छ ।
नेपालीको बचत दर घटेर अहिले औसत ५.३ प्रतिशतमा सीमित भएको छ । उपभोग दर भने बढेर ९४.७ प्रतिशत पुगेको छ । एक जना नेपालीले सय रुपैयाँ आम्दानी गरेर औसत ९४ रुपैयाँ ७० पैसा वस्तु तथा सेवा उपभोगमा खर्च गर्छ र ५ रुपैयाँ ३० पैसामात्र बचत गर्छ । 
केही वर्षयता उपभोग खर्च बढ्दै गएको छ । गत आर्थिक वर्ष ०७२/०७३ मा प्रचलित मूल्यमा कुल उपभोग खर्च बढेर २१ खर्ब ३० अर्ब ५२ करोड रुपैयाँ पुग्ने सरकारी अनुमान छ । अघिल्लो आवमा १९ खर्ब ३४ अर्ब ४ करोड रुपैयाँ उपभोगमा खर्च भएको थियो ।
आव ०६३/०६४ मा उपभोग खर्च ९०.२ प्रतिशत र बचत ९.९८ प्रतिशत थियो । त्यसबेला सय रुपैयाँ आम्दानी गर्नेको ९० रुपैयाँ २० पैसा उपभोगमा खर्च हुन्थ्यो भने ९ रुपैयाँ ८० पैसा बचत थियो । झन्डै एक दशकको अवधिमा औसत बचत झन्डै १० रुपैयाँ भए पनि घटेर ५ रुपैयाँमा सीमित भएको छ । त्यस्तै, राष्ट्रिय बचत अंश ८.८ प्रतिशत रहेकोमा गत आवमा घटेर ५.३ प्रतिशतमा सीमित भएको छ ।
पछिल्लो वर्ष वैदेशिक रोजगारीमा जानेले पठाउने रेमिट्यान्सले उपभोग खर्च अझै बढाएको पाइएको छ । व्यक्तिका अतिरिक्त राष्ट्रि बचत पनि कम हुँदै गएको सरकारी तथ्यांकले देखाएको छ । रेमिट्यान्स आप्रवाह बढेपछि कुल राष्ट्रिय बचत औसत ४२.९ प्रतिशत पुग्ने अनुमान छ । 
आयातीत वस्तुको उपभोग संस्कृति बढेपछि यसको चाप मूल्य वृद्धिमा परेको अर्थशास्त्रीहरू बताउँछन् । हाल औसत मूल्यवृद्धि १० प्रतिशतको नजिक छ । आन्तरिक उत्पादन नभएपछि डलर तिरेर महँगोमा वस्तु खरिद गर्नुपर्दा नेपालीको बचत दर घट्दै गएको अर्थशास्त्री डा. चन्द्रमणि अधिकारीले बताए । उनका अनुसार बचत दर घट्दै गएपछि नेपालीको क्रयशक्तिमा पनि ह्रास आएको छ । “उपभोग शैली विश्व परिवेशमा जोडिएको छ । सोही शैली नेपालीले अपनाएर खाद्यान्नका अतिरिक्त सूचना प्रविधि र सेवा क्षेत्रमा खर्च बढाएपछि यसको असर बचतमा परेको हो,” उनले भने, “हामीले आन्तरिक उत्पादन बढाउन सकेनौं र आयात बढाएका छौं । अमेरिकी डलर मजबुत हुनासाथ आयातीत वस्तुको भाउ बढ्छ, जसले बचतमा असर गरेको छ ।” आन्तरिक उत्पादन घट्दा उपभोग संस्कृति बढेको र रेमिट्यान्सले पुँजी निर्माण गर्न नसकेको उनको ठम्याइ छ । 
आन्तरिक उत्पादन नबढ्दा जीडीपी पनि खासै बढ्न सकेको छैन । जीडीपी अहिले २२ खर्ब ४९ अर्ब रुपैयाँ पुगेको छ ।
१० वर्षमा प्रतिव्यक्ति आय ३४२ डलर बढ्यो 
एक दशकको अवधिमा नेपालको प्रतिव्यक्ति आम्दानी ३ सय ४२ डलर डलर बढेको छ । हालको एक डलरबराबर १ सय ७ रुपैयाँलाई आधार मान्दा आर्थिक वर्ष ०६३/०६४ देखि गत आव ०७२÷०७३ सम्ममा प्रतिव्यक्ति आय ३६ हजार ५९४ रुपैयाँले बढेको सरकारी तथ्यांकले देखाएको छ । आव ०६३÷०६४ मा प्रतिव्यक्ति आय ४ सय १० डलर रहेकोमा त्यसपछि निरन्तर रूपमा बढेको पाइएको छ । एक दशकको अवधिमा प्रतिव्यक्ति आया ४० प्रतिशत बढेको देखिन्छ । भूकम्पपछि प्रतिव्यक्ति आय १० डलर घटेको छ । आव ०७१/०७२ मा प्रतिव्यक्ति आय बढेर ७ सय ६२ डलर पुगेको थियो । भूकम्प र भारतीय नाकाबन्दीले अर्थतन्त्रमा नकारात्मक असर गरेपछि आय पनि घटेको हो ।
 

 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन ७, २०७३  १०:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC