site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
आँखामा आँसु आइरहने समस्या छ ?

आँखा मानवको महत्वपूर्ण अंग हो । त्यसैले आँखाको स्वास्थ्यमा निकै ध्यान दिनुपर्छ । आँखा हेर्दा सानो हुन्छ तर त्यसभित्र समुद्रजस्तै विशाल हुन्छ । 
बच्चाहरू ४÷५ वर्षको हुनेबित्तिकै आँखा चेक गर्नुपर्छ । आफ्नो बच्चालाई स्याहार गर्दा आँखामा विशेष ख्याल गर्नुपर्छ । चस्मा लगाउनुपर्ने छ भने लगाइदिनुपर्छ । बच्चाको दिमाग विकास हुने बेलामा के हुन्छ भने बच्चाले टाढा–टाढाको नदेखेपछि दिमागको विकास कम हुन्छ, त्यसैले चस्मा पनि लगाउनुपर्छ । मधुमेहको बिरामीले बर्सेनि आँखा चेक गर्नुपर्छ । जलबिन्दु जेनेटिक हुन्छ, परिवारमा कसैको छ भने ४० वर्ष उमेर नाघेपछि आँखा सबैले चेक गर्नुपर्छ । 
गर्मी समयमा आँखा चिलाउने एलर्जी हुन्छ । योे समयमा मोतिबिन्दु हुने बिरामी आउने गरेका छन् । मोति बिन्दु उपचार गरेर निर्मूल हुन्छ । सुगरको कारण पनि धेरै आँखाको समस्या आएको छ । यस्तो समस्या उपचार गरेर पूरै समस्या समाधान हुँदैन, कममात्र गराउँछ । मधुमेहको उपचार र आँखाको उपचार सँगसँगै गर्नुपर्छ । चिलाउने, पोल्ने सधैं नै हुन्छ । 

के हो मोतिबिन्दु ?
आँखाको भित्र लेन्स हुन्छ, उमेर बढ्दै जाँदा हाम्रो कपालको रौं फुलेको जस्तै लेन्स पनि सेतो भएर फुल्छ । लेन्सबाट देख्नुुपर्ने हो तर सेतो भएपछि हेर्नलाई असर गर्छ । क्यामराको लेन्स बिग्रियो भने अर्को लेन्स हाल्नुपर्छ, त्यस्तै आँखाको पनि अर्को हाल्नुपर्ने हुन्छ । 

लक्षण 
आँखा हेर्न गाह्रो हुने, धमिलो हुने, रातिको समयमा गाडीहरुको हेडलाइट हेर्न नसकिने, घाममा वा कडा प्रकाश भएको ठाउँमा हेर्न नसकिने लक्षण हो । 

Prabhu Bank
Agni Group
NIC Asia

रोकथाम
उमेरको कारणले धेरै हुन्छ, यसलाई हामीले रोक्न मिल्दैन । खासै यसको रोकथाम गर्न उपचारबाहेक अरु केही छैन ।  

आँखा पाक्ने
अरुबाट सर्ने, आफ्नै फोहोर हातले आँखा छुने गर्दा आँखा पाक्ने हुन्छ । कति मान्छेको आँखाभरि चाया हुन्छ, धेरैले राम्ररी मुख धुँदैनन् । यसले गर्दा आँखा पाक्छ । सधैं सफा रहने गर्नाले यसबाट बच्न सकिन्छ । 

Global Ime bank

आँखा किन चिलाउँछ ?
एलर्जी भएर आँखा चिलाउँछ । बाहिरको वातावरणबाट आउने धुलो, धुवाँ र अन्य कारणले यस्तो हुन्छ । हावाको माध्यमबाट पनि धेरै रोग आउँछ, आँखा पनि चिलाउँछ । आँखाको डिलमा आँसुको ग्रन्थीहरु हुन्छ, त्यो बन्द हुँदा आँशु आउँदैन, चिप्रा निस्किने गर्छ र त्यसले गर्दा चिलाउँछ । 

चिप्रा किन आउँछ ?
धेरै कचेरा आउन आँखा पाक्नुपर्छ । आँखा बाहिरी अंग हो, त्यसैले सबै धुलोको कणहरु पसेको हुन्छ, त्यसले कचेरा आउँछ । कसैको आँखा सुख्खा हुन्छ, त्यसले आसु आउँदैन, त्यो समयमा अर्कै खालको चिप्रा आउँछ । कुनै चिप्रा लामो तन्किने पनि हुन्छ । कति मान्छेहरुको आइरहने हुन्छ, यसो हुँदा आँखा सुख्खा भयो कि भनेर चेकअप गर्न जरुरी छ । 

अन्धोपनको सम्भावना 
अन्धोपन मोतिविन्दुको समयमा उपचार भएन भने हुन्छ । मोतिविन्दु धेरै दिनसम्म राखिरह्यो भने कहिलेकाहीँ त्यो फुट्छ र आँखामा गएर आँखा दुख्ने, पाक्ने हुन्छ । जलविन्दुले पनि अन्धोपन निम्त्याउन सक्छ । शरीरमा ब्लड प्रेसर भनेजस्तै आँखामा आँखाको प्रेसर हुन्छ, त्यो हामीलाई चाहिने भन्दा बढी भयो भने आँखाको नसालाई विस्तारै–विस्तारै सुकाउँदै जान्छ । त्यो नै जलविन्दु हो । अहिलेको परिप्रेक्ष्यमा भन्दा मधुमेहले गर्दा पर्दामा खराब गर्छ, पर्दामा सुनिने, रगत आउने गर्दा पर्दाको भित्रि अंग जहाँबाट हो हेर्नुपर्ने, त्यो ठाउँमा आक्रमण गर्छ । त्यसले पनि अन्धोपन हुन्छ । कुपोषणको कारण पनि अन्धोपन हुन्छ ।
९ महिना नपुग्दै जन्मेको बच्चामा आँखाको समस्या देखिन सक्छ । गर्भावस्थामा आमाले खाने औषधिको असरले पनि बच्चाको आँखामा समस्या आउन सक्छ । 

आँसु आइरहने समस्या 
हाम्रो आँखाको साइडमा नली हुन्छ, त्यसको माथिल्लो भागबाट आँशु आउँछ । परेलाहरुको साइड साइडबाट बग्दै गएर नाकको डाँडीपट्टि सानो प्वाल हुन्छ, त्यो नली खुलेर नाकमा जान्छ अनि बन्द भयो भने ब्लक हुन्छ । त्यसपछि आँसु आइरहने समस्या हुन्छ । कसैलाई जन्मिँदै हुन्छ भने ठूलो व्यक्तिलाई पनि हुन्छ । 

कम्प्युटर भिजन सिन्ड्रोम
यस्तो समस्याले अहिलेका बच्चाहरु सबैमा चस्मा लगाउनुपर्ने भएको छ । मोबाइल धेरै हेर्ने, फेसबुक चलाउने गर्दा आँखा सुख्खा हुने, टाउको दुख्ने, मसल्सहरु थाकेर टाउको दुख्ने हुन्छ । यसको लागि कम्प्युटर कम चलाउने, टिभी र मोबाइल पनि कम हेर्ने गर्नुपर्छ । यदि हेरिरहनुपर्ने छ भने पनि बेलाबेलामा चिम्म–चिम्म गर्नुपर्छ र कम्प्युटर चलाउँदा आफ्नो आँखाको तल्लो भागमा राखेर चलाउनुपर्छ । एन्टिरिफ्लेक्सन चस्मा लगायो भने पनि कम गर्न सकिन्छ । सकेसम्म १ मिटरको दुरीमा राखेर काम गर्दा राम्रो हुन्छ । 

के कारणले आउँछ आँखामा समस्या ?
महिलाहरुमा हर्मोन परिवर्तन हुँदा आँखा सुख्खा हुन्छ भने बच्चाहरुमा बढी चोटपटकको कारण हुन्छ । ४० नाघेपछि जलविन्दु र ५०÷६० वर्ष नाघेपछि मोतिविन्दु हुने बढी छन् । महिलाहरुमा थाइराइडको कारण पनि आँखामा समस्या आउँछ । 
आँखाको चोटपटक, मोतिविन्दु, जलविन्दु, सुगरले पनि आँखाको पर्दामा असर गर्छ । कारखानाहरुमा सेफ्टी गगल्स नहुँदा धेरै समस्या लिएर आउँछन् । काठको कारखानामा काम गर्नेहरुको किलाहरु नै छिरेको समस्या लिएर समेत आउँछन् । बच्चाहरु खेल्छन्, यसले धेरै चोटपटक लागेर आँखामा समस्या हुन्छ । 

आँखा प्रत्यारोपण
आँखाको डल्लो निकालेर डल्लो नै राख्ने हैन । आँखाको नानी, पर्दामा घाउ भयो वा चोटपटक लागेर आँखाको अगाडिको भाग फुट्यो भने त्यो भाग निकालेर दान गरेको आँखा राख्ने हो । यसको लागि पैसा लाग्दैन । प्रोसेसको लागि मात्रै हो ।
दृष्टिविहीनहरुको लागि नेपालमा लो भिजन क्लिनिक छ, जहाँ आँखाको विशेष उपचार गरेर विशेष किसिमको चश्मा दिइन्छ । 

(डा. प्रधानसँग बाह्रखरी प्रतिनिधि यसिमा महतले गरेको कुराकानीमा आधारित, आँखा विशेषज्ञ, तिलगंगा आँखा अस्पताल)

NIBLNIBL
प्रकाशित मिति: सोमबार, पुस २५, २०७३  ०३:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC