site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
युवा उद्यमी मञ्चको ‘व्यवसाय प्रर्वद्धन सम्बन्धी कार्यक्रम’ सार्वजनिक
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
काठमाडौं । नेपाली युवा उद्यमी मंचको पहलमा सञ्चालन हुन लागेको नेपाली ‘व्यवसाय प्रर्वद्धन सम्बन्धी कार्यक्रम’का लागि बिहीबारबाट आवेदन खुला गरिएको छ । नेपाल उद्योग वाणिज्य महासंघद्वारा प्रवद्र्धित मञ्चले युवा उद्यमशीलताका क्षेत्रमा निकै धेरै कार्यक्रमहरु गर्दै आएको छ । 
साना तथा मझौला उद्यम व्यवसाय प्रवद्र्धनका लागि निजी क्षेत्रबाट ल्याइएको यो पहिलो कार्यक्रम हो । साना तथा मझौला व्यवसाय जो पुँजी, वजार पहुँच, प्रविधिगत ज्ञानआदिमा आफूलाई अद्यावधिक गर्न नसकी अगाडी बढ्न नसकेकालाई क्षमतावान वनाउन यो कार्यक्रम सञ्चालनमा ल्याएको हो । 
कतिपय साना तथा मझौला उद्यम व्यवसाय यी पक्षहरुमा सशक्त नहुँदा उनीहरू लक्षित उद्देश्य हासिल गर्न चुकिरहेका हुन्छन्, त्यस्तालाई यो कार्यक्रमले सुसज्जीत वनाउन मद्दत गर्नेछ । 
कार्यक्रमले साना तथा मझौला उद्यम व्यवसायहरुलाई सरोकारवालासँग एकाकार गर्ने महत्वपूर्ण अवसर प्रदान गर्नेछ । यस कार्यक्रम अन्तर्गत छनौट भएका कम्पनीलाई करिव १२ हप्ताको विशेष परामर्शमुलक तालीम दिइनेछ जसको उद्देश्य कम्पनीको व्यवसाय प्रवद्र्धन र ती कम्पनीहरुमा नयाँ लगानीकर्ताहरुको आकर्षण गर्नमा सघाउ पुर्याउनु हुनेछ । 
समग्रमा यसबाट ती कम्पनीहरुका लागि सफल विज्ञ उद्यमीहरुसँग आफ्ना व्यवसायका उद्देश्य तथा लक्ष्यका वारेमा पुनः छलफल गर्ने, वित्तीय योजनाहरु प्रस्तुत गर्ने, कानुनी परामर्श सहित अन्तत उच्च वृद्धिका लागि आन्तरिक स्रोत विकास गर्ने महत्वपूर्ण अवसर प्राप्त गर्ने छन । 
कार्यक्रममा सहभागी कम्पनीले बैंक, लगानीकर्ताहरु, भेन्चर क्यापिटल फन्ड, प्राइभेट इक्वीटी फण्ड समक्ष आफ्नो व्यावसायिक योजना र लगानी प्रस्ताव प्रस्तुत गर्नेछन् ।  यो कार्यक्रममा सहभागी हुन कम्तीमा दुई वर्ष सञ्चालनमा रहेका, लगानीकर्ताको खोजीमा रहेका, आफ्नो कम्पनीलाई नयाँ उचाइमा लैजान प्रतिवद्ध र लालायीत संस्थापकहरु रहेको कम्पनी मात्र यसका लागि योग्य मानिने छ ।
 
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन ६, २०७३  १९:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC