site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
कतै हवाईजस्तै हुन पुगिएला ?

इस्वी सम्वत् १७५८ मा पृथ्वीको आकाशबाट ह्यालिज उल्कापिण्ड गइरहेको अवस्थामा प्यासिफिक समुन्द्रको हवाई नामक स्थानका बासिन्दा आफ्ना पूर्खाले भन्ने गरेका कथा सम्झँदै थिए ।

तत्कालीन हवाई समाजमा प्रचलित भनाइ के थियो भने ह्यालिज उल्कापिण्ड गएको वर्ष हवाईमा एक बालक जन्मनेछ जसले सारा हवाई द्वीपलाई एक बनाउनेछ । त्यो भनाइ सत्य होस् नहोस त्यही वर्ष कामेहामेहा नामक बालकको जन्म भयो । उसले पछि गएर हवाईका सबै द्वीपलाई जितेर हवाई देश निर्माण गर्‍यो ।

अर्को प्रचलित मान्यता के थियो भने हवाईको सबभन्दा ठूलो द्वीपमा रहेको “नाहा" नामक विशाल ढुंगा जसले उठाउन सक्छ उसले नै हवाई द्वीपहरूलाई एकताबद्ध गर्न सक्छ ।

Prabhu Bank
Agni Group
NIC Asia

चौध वर्षका कामेहामेहाले त्यो ढुंगा पल्टाई  दिए। उनीभन्दा अगाडि केही व्यक्तिले त्यो कार्य नगरेका त होइनन् तर उनको उक्त कार्यले राजा हुने लाइनमा नरहेका भए पनि उनले त्यति बेलाको समाजमा रहेको पुरानो भनाइलाई चरितार्थ गर्छन् भन्ने छाप परेको देखिन्छ । त्यसैले उनको देश बनाउने अभियानमा धेरै लडाकुले साथ दिएको देखिन्छ ।

त्यसको ठीक पैंतीस वर्षअघि गोर्खामा पृथ्वीनारायणको जन्म भएको थियो । उनका बारेमा पनि तत्कालीन समाजमा केही किंवदन्ती प्रचलित थिए । गोरखनाथले दही खान दिएको तर खुट्टामा खसेकोले पृथ्वीनारायणले जहाँ कदम राख्छन् उक्त भूभाग गोर्खा राज्यको अधीनमा आउनेछ भन्ने जनश्रुति तत्कालीन गोर्खाली समाजमा रहेको बुझिन्छ ।

Global Ime bank

किंबदन्ती जे जस्ता भए पनि तत्कालीन सामाजिक परिवेशले तिनलाई जन्म दिएको देखिन्छ । उक्त समयमा संसारका प्रायः जसो देश खासगरी एसिया, अफ्रिका र अमेरिका महादेश विदेशीको उपनिवेश बनाउने अभियानबाट आक्रान्त रहेको थियो ।

आफ्नो अस्तित्त्वको लडाइँका साथै आफ्ना वरपरका समान प्रकारका समाजसँग पनि अन्तरिक खिचातानीबाट दुवै सामाजिक परिवेश गुज्रिहेको थियो । नेपाल र हवाईको तत्कालीन राजनीतिक परिस्थिति पनि समान प्रकारका थिए जसमा सानातिना राज्य एक आपसमा लडाइँ गर्दै रहेको देखिन्छ ।

तत्कालीन भारतीय उपमहाद्वीपका राज्य पनि उस्तै प्रकारका परिस्थितिबाट गुज्रिरहेका थिए । नेपालको तत्कालीन समाजमा विभिन्न भाषा, धर्म, जाति रहे पनि गोर्खा राज्यका  पृथ्वीनारायणले  अरू राज्य जिती ठूलो राज्य बनाउने अभियान चलाएका  थिए  भने हवाई द्वीपमा एउटै सामाजिक परिवेश, भाषा, जाति, धर्म मान्ने समाज रहेको तर, एक अर्कासँग लडी रहने प्रत्येक द्वीपका राजालाई एउटै छातामुनि ल्याउने अभियान कामेहामेहाले थालेका थिए ।

तसर्थ, दुवै समाज आफ्नो अस्तित्वका साथ साथै आफ्नो वर्चस्वका लागि गोलबद्ध हुनु अस्वाभाविक थिएन ।

हवाई राज्य एकीकरण होस् या नेपाल राज्य बनाउने अभियान दुवैले समान प्रकृतिका रणनीति अख्तियार गरेको देखिन्छ । दुवैले आफ्ना सेनाका लागि विदेशबाट आधुनिक हातहतियार लिएर आए भने आफ्नो धर्म संस्कृतिलाई  बढावा र संरक्षण दिए ।

लडाइँको क्रममा दुवैले समान प्रकृतिका परिस्थितिसँग जुधे । राज्य विस्तार गर्ने क्रममा दुवैले आफ्ना विरोधीलाई सखाप पारे भने साथ दिनेलाई उच्च मूल्यांकन गरेको मानिन्छ ।

कीर्तिपुरको लडाइँ र होनोलुलु नजिक रहेको नुआनु पाली स्थानको लडाइँको परिणामले  पनि समानताको झझल्को दिन्छ । यी लडाइँमा दुवैले आफन्त गुमाए भने क्रूरता पनि प्रदर्शन गरेको मानिन्छ । राज्य विस्तारसँगै कामेहामेहा “नेपोलियन अफ द प्यासिफिक" भनेर कहलिए भने पृथ्वीनारायणले आफ्नो “असली हिन्दुस्तान पति" हुने इच्छा पूरा गरे ।

पृथ्वीनारायणले आफ्नो राज्यको राजधानी नै जितेको राज्यलाई बनाए भने कामेहामेहाले आफ्नै राज्यबाट शासन गरे । राज्य विस्तारपछि दुवैले आआफ्नो जनताको भलो गर्ने प्रयास गरे । कामेहामेहाले “ल अफ स्प्लिन्टर प्याडल” बाट र पृथ्वीनारायणले “दिव्य उपदेश" बाट जनताको कानुनी हक सुरक्षित गर्ने प्रयास गरेको देखिन्छ ।

कामेहामेहाको मृत्युपछि विभिन्न चरणको राजनीतिक खिचातानी र विदेशी हस्तक्षेपका कारण स्वतन्त्र हवाई देश इस्वी सम्वत् १८९३ मा गणतान्त्रिक देश हुन पुग्यो जसलाई इस्वी सम्वत् १८९८ मा संयुक्त राज्य अमेरिकाले आफ्नो भूभाग बनायो । त्यसको साठी वर्षपछि मात्रै इस्वी सम्वत् १९५९ मा हवाईलाई अमेरिकाले पचासौं राज्यको दर्जा दियो ।

इस्वी सम्वत् १८७१ मा कामेहामेहाका नातिले आफ्ना बाजेको नाममा जुन ११ को दिनलाई “कामेहामेहा दिवस" मनाउने चलन सुरुगरेका थिए तर देश गणतान्त्रिक भएपछि बन्द गरियो ।

जब हवाई संयुक्त राज्य अमेरिकाको पचासौं राज्य बन्यो उक्त सरकारको पहिलोमध्येको एउटा निर्णय जुन ११ को दिनलाई “कामेहामेहा दिवस" का रूपमा पुनः मनाउने निर्णय पनि थियो ।  हालसम्म पनि यो चलन चलिरहेको छ ।

अमेरिकाजस्तो संघीय गणतन्त्र देशमा पनि उक्त राजाको नाममा हवाईमा एकदिन सार्वजनिक बिदा दिनु, वासिंगटन डीसीको युएस क्यापिटलको इमान्सिपेसन हलमा उनको सालिक राखिनु र २५ पैसाको सिक्कामा उनको "तस्बिर" हुनु आफैँमा अद्भूत जानकारी थियो मेरा लागि ।  

अमेरिका जस्तो गणतान्त्रिक देशमा कुनै राजाको मूर्ति राखी इज्जत दिनु आफैँमा अचम्भित पार्ने खालको होला तर त्यसले एउटा सिंगो समाजलाई विदेशी औपनिवेशिक शक्तिबाट बचाई एउटा स्वतन्त्र राष्ट्रको स्वाभिमानी जनता बन्ने हैसियत दियो त्यस्ता व्यक्तिलाई बिर्सन हुँदैन भन्ने सन्देश दिएको देखिन्छ ।

कामेहामेहा हुन् वा पृथ्वीनारायण सबैका प्रिय नहुन पनि सक्छन् । हवाईमा रहेका सबैले “कामेहामेहा दिवस"लाई उच्च मूल्यांकन गर्दैनन् । नेपालमा पनि कतिका पुर्खाले आफ्नो स्वतन्त्रता गुमाएका थिए ।

तत्कालीन परिस्थितिमा मेरा पुर्खाले पनि त गोर्खा राज्यसँग हारेर आफ्नो राज्य गुमाएको होइन र ? के अब २५० वर्षपछि पृथ्वीनारायण गलत थिए भन्न मिल्ला ? २५० वर्षअघि भएका घटनालाई हेरेर आजको निर्णय गर्नु ठीक होला र ? जे भए पनि पृथ्वीनारायणको कारणले आज हामी एक स्वतन्त्र देशका बासिन्दा भएका छौँ ।

पृथ्वीनारायणले बनाएको हाम्रो चिनारी आफ्नो पुर्खाको पालाको नभई अहिलेको समाजको हुनुपर्छ । जसले जसरी बनाएर दिए पनि त्यसको जगेर्ना गर्ने दायित्व हाम्रो हो ।

पृथ्वीनारायण दिवस वा एकता दिवस भनेर सार्वजनिक बिदा दिनु कुनै ठूलो कुरा होइन तर मेरा सन्तानले नेपाल कसरी बन्यो र हामी कसरी एक स्वतन्त्र राज्य भयौँ भन्ने मनन गर्नुपर्ने देखिन्छ ।

अरू राजा रजौटाको कुरा होइन यो त राष्ट्र निर्माताको कुरा हो । कुनै “वाद"बाट पूर्वाग्रही नभएको सामयिक यथार्थ र आलोचनात्मक गवेषण ( क्रिटिक रिसर्च) को लेन्सबाट हेर्दा नेपाल देशको निर्माताको सम्झनामा अमेरिकाले अनुशरण गरेका कार्य हाम्रा लागि पनि अनुकरणीय हुन सक्छन् जस्तो लाग्छ ।

त्यसमा पनि हामीले हवाईको इतिहासबाट पाठ सिक्नुपर्छ । नत्र, नेपाल नै नरहे कसरी नेपाली भइन्छ ? सबैलाई चेतना भया !

(लेखकले संयुक्त राज्य अमेरिकाको हवाईस्थित हवाई विश्वविद्यालयबाट विद्यावारिधि गरेका हुन् ।)

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस २४, २०७३  १४:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC