site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank
काठमाडौँ । नेपाली फुटबल टिमका स्ट्राइकर नवयुग श्रेष्ठ र जुडोकी फुपुल्हामु खत्री बर्षको उत्कृष्ट खेलाडी घोषित भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्च(एनएसजेएफ)ले आयोजना गरेको १२ औं संस्करणको ‘बजाज पल्सर स्पोर्टस अवार्ड–२०७२’ को पुरुषमा नवयुग र महिलातर्फ फुपुल्हामु उत्कृष्ट घोषित भएका हुन्  । 
कमलादीस्थित प्रज्ञा भवनमा बिहिबार सम्पन्न स्पोर्टस अवार्डको पुरुष विधामा फुटबलकै विकेश कुथु, भारोत्तोलनका विकास थापा, उसुका राजेश चौधरी, तेक्वान्दोको वीरबहादुर महरालाई पछि पार्दै नवयुग बर्षको उत्कृष्ट खेलाडी चुनिएका हुन् । नेपालले बंगबन्धु गोल्डकप र सागमा स्वर्ण जित्दा नवयुग नेपाली टोलीका मुख्य स्ट्राइकर थिए ।
त्यस्तै उसुकी नीमा घर्तीमगर, पौडीकी गौरिका सिंह, ट्रायथलनकी रोजा केसी, तेक्वान्दोकी रेजिना कार्कीलाई पछि पार्दै जुडोकी  फुपुल्हामु खत्री उत्कृष्ट भइन । फुपुल्हामु खत्री नेपालकोतर्फबाट रियो ओलम्पिकमा सहभागिता जनाउने खेलाडी हुन् । फुपूले भारतमा सम्पन्न साग खेलकुदमा स्वर्ण जितेकी थिइन् । बि.सं. २०७२ सालमा हात पारेको उपलब्धिको आधारमा हुने बर्षका उत्कृष्ट खेलाडीहरुको छनोट गरिन्छ ।
‘बजाज पल्सर स्पोर्टस अवार्ड–२०७२’ अन्तर्गत नै पिपुल्स च्वाइस अवार्ड टेबलटेनिसकी नबिता श्रेष्ठले जितिन् । नबिताले भलिबलकी प्रतिभा माली, क्रिकेटका सन्दिप लामिछाने, फुटबलका नवगुय श्रेष्ठ, भारतोलनकी तारादेवी पुनलाई पछि पारिन् । 
एसएमएस भोट र फेसबुक भोटका आधारमा पिपुल च्वाइस अवार्डको विजेता चयन गरिएको थियो । उनले १ लाख ५० हजार बढी भोट पाइन् । भलिबलकी प्रतिभा दोस्रो स्थानमा रहिन् । उनले १ लाख १६ हजार ९ सय ५६ मत पाइन् भने नवयुग श्रेष्ठ १३ हजार ७५ मतका साथ तेस्रो स्थानमा रहे ।
त्यस्तै  फुटबलका अन्जन विष्ट यसवर्षका उत्कृष्ट युवा खेलाडी घोषित भएका छन् । उनले उसुकी नीमा घर्तीमगर, पौडीकी गौरिका सिंह, क्रिकेटका सन्दीप लामिछाने, जुडोकी मनिता श्रेष्ठ प्रधानलाई पछि पार्दै उत्कृष्ट युवा खेलाडी भए ।  हेटौंडा स्थायी घर भएका १८ वर्षे अन्जनले नेपालले बंगबुन्धु गोल्डकपको उपाधि जित्ने क्रममा बहराइनविरुद्ध एक गोल गरेका थिए भने दुई गोलका असिस्ट गरेका थिए । यसैगरी वर्षको उत्कृष्ट प्रशिक्षक फुटबलका बालगोपाल महर्जन घोषित भए । क्रिकेटका जगत टमाटा, फुटबलकै राजुकाजी शाक्य, उसुका प्रकास महर्जनलाई पछि पारे । 
नेपाली राष्ट्रिय फुटबल टोली ‘टिम अफ द इयर अवार्ड’ बाट सम्मानित भए । नेपाली राष्ट्रिय फुटबल टोलीले गत बर्ष उत्कृष्ट प्रदर्शन गरेको थियो । नेपाली टोलीले बंगलादेशको बंगबन्धु गोल्डकप र भारतमा भएको १२औं सागमा फुटबलबाट स्वर्ण जितेको थियो ।
त्यस्तै पारा एथ्लेटिकस अफ दि इयर पारा तेक्वान्दो खेलकी लक्ष्मी भन्डारीले जितिन् । लाइफटाइम अचिभमेन्ट अवार्ड पुर्व एन्फा रेफ्री श्रीराम रन्जितकारले हात पारे । खेलकुदमा लामो समय विताएका एक व्यक्तित्वलाई लाइफटाइम एचिभमेन्ट सम्मान प्रदान गरिने छ । यस्तै स्वर्गीय ललितकृष्ण श्रेष्ठलाई मरणोपरान्त ‘स्पेशल अवार्ड’ प्रदान गरिएको छ । एन्फाका कार्यबाहक अध्यक्ष श्रेष्ठको केही समय पहिले निधन भएको थियो ।
वर्षका उत्कृष्ट पुरूष, महिला र पिपुल्स च्वाइस अवार्ड बिजेताले ट्रफीसंगै पल्सर मोटरसाइकल प्राप्त गरे । अन्यविधा बर्षका उत्कृष्ट युवा खेलाडी, प्रशिक्ष्ँक, पारा एथलिट, स्पेशल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्डको विजेताले ट्रफीसंगै नगद ५०–५० हजार रुपैया प्राप्त गरे । यस्तै अवार्ड विजेताहरुले डिस होमको सेटअप बक्स र १ बर्षको निशुल्क सुविधा तथा न्यू होराइजन कार्पेट पनि प्राप्त गरे । त्यसैगरी मनोनयनमा परेका सबै खेलाडी÷प्रशिक्षकले टाइमेक्स घडी र आरजे स्पोर्ट्सको उपहार पाए ।
 
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन ६, २०७३  १९:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC