खेल
काठमाडौँ । अन्जन विष्ट यसवर्षका उत्कृष्ट युवा खेलाडी घोषित भएका छन् । खेलकुद पत्रकार मञ्चले प्रदान गरेको पल्सर स्पोर्टस अवार्ड अन्तर्गत अन्जन वर्ष उत्कृष्ट युवा खेलाडी घोषित हुँदै ५० हजार नगद पुरस्कार हात पारेका हुन् ।
हेटौंडा स्थायी घर भएका १८ वर्षे अन्जनले नेपालले बंगबुन्धु गोल्डकपको उपाधि जित्ने क्रममा बहराइनविरुद्ध एक गोल गरेका थिए भने दुई गोलका असिस्ट गरेका थिए ।
त्यस्तै लाइफटाइम अचिभमेन्ट अवार्ड, श्रीराम रन्जितकारले, टिम अफ दि इयर अन्तर्गत फुटबलले स्पेसल अवार्ड, ललितकृष्ण श्रेष्ठले, पारा एथ्लेटिकस अफ दि इयर लक्ष्मी भन्डारीले र त्यस्तै पिपुल च्वाइस अफ दि इयर नबिता श्रेष्ठ टेबलटेनिसबा हात पारेकी छन् ।
यसैगरी वर्षकोउत्कृष्ट प्रशिक्षक बालगोपाल महर्जन, वर्षको उत्कृष्ट महिला खेलाडी जुडोकी फुपुल्हामु खत्री र वर्षको सर्वोकृष्ट पुरुष खेलाडी नवयुग श्रेष्ठ घोषित भएका छन् ।
तस्बिर :द हिमालयन टाइम्स
प्रकाशित मिति: बिहीबार, साउन ६, २०७३ १६:५४
प्रतिक्रिया दिनुहोस्