site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
डा.गोविन्द केसीले उठाएका मागमा छलफल गर्न गगन थापाद्धारा संसद्मा जरूरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
काठमाडौं ।
नेपाली कांग्रेसका सांसद् गगन थापाले डा. गोविन्द केसीले उठाएका मागका बारेमा छलफल गराउन माग गर्दै व्यवस्थापिका–संसद्मा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएका छन् ।
थापा प्रस्तावक तथा धनराज गुरुङ र श्याम श्रेष्ठ समर्थक रहेको जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता भएको हो । थापाले संसद्को पूर्ण बैठकमा यसअघि दर्ता भएका जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल नभएकाले यसमा पनि आशंका भएको भन्दै सुशासन समितिमा पनि निवेदन दिएका छन् । 
उनले सुशासन समितिसमक्ष गोविन्द केसीले उठाएका मागमा छलफल चलाउन माग गरेका छन् ।  “अख्तियारमाथिको आरोप अन्य ठाउँमा छलफल हुनै सक्दैन,” थापाले बाह्रखरीसँग भने,“त्यसैले गोविन्द केसीको मागमा संसद् मौन बस्न मिल्दैन ।”
उनले पत्रपत्रिकामा समाचार आएको विषयमा छलफल हुने समिति र संसद्मा यति ठुलो विषयमा छलफल हुन नसक्नु दुखद भएको बताए ।
 
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन ६, २०७३  १५:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC