site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
१६ घण्टा लोडसेडिङ गरेको भए  कालो झण्डा हेर्दै हिँड्नुपर्थ्यो

हाम्रो अभियानमा सहयोग गरेकोमा सर्वप्रथम सर्वोच्च अदालतलाई धन्यवाद दिन्छु । हामीलाई काम गर्न बाधाअड्चन आएको थियो, त्यो आज अदालतले फुकाईदिएको छ । 
हाम्रो प्रयासप्रति यहाँहरुको सहयोग र समर्थनले हामीलाई झन जिम्मेवार बनाएको छ । हामी के बोल्छौं र कति गर्छौं भन्ने प्रश्न उठिराख्ने भएकाले अझ जिम्मेबार बनाएको महशुस गरेको छु । 
हामीले मुलुकलाई लोडसेडिङबाट मुक्त गर्नका लागि २४ सै घण्टा प्रयास जारी राखेका छौं । विद्युत प्राधिकरणका हजारौं कर्मचारी यसमा खटिइरहनुभएको छ । यो प्रयासलाई हामी जारी राख्नेछौं । यसले हामीलाई केही समस्या त पारेको छ नै । काम गरे पनि हुने नगरे पनि हुने प्रवृति रहेको अवस्थामा असजिलो बनाएको छ, यो राष्ट्र र जनताको पक्षमा छैन् ।
पहिलो व्यवस्थापन मान्छेको गर्नुपर्ने रहेछ । हामीले जनशक्तिको व्यवस्थापन गरेर परिचालन गर्न सके सफलता प्राप्त हुँदोरहेछ । प्रविधि त मान्छेले चलाए चल्ने हो । त्यसैले मान्छेको व्यवस्थापन गरेको हो ।

म व्यवस्थापनको ज्ञाता हैन तर मान्छेको मनोविज्ञान बुझ्ने भएकाले यतिसम्म भएको छ ।
यो बीचमा धेरै प्रयासहरु गरियो । यस विषयमा बाहिर केही नकारात्मक कुरा पनि भएका छन् । पहिला यो नक्कली हो भनियो अहिले भारतबाट ल्याएर लोडसेडिङ हटाएको भन्ने कुरा सुन्न आइरहेको छ । जेसुकै भए पनि कमसेकम हामीले उज्यालो नेपाल अभियान सञ्चालन गरेका छौं । यसमा आम नेपाली जनताको सहयोग र समर्थन छ । अहिले हामीले भारतबाट थपेको जम्मा ४० मेगावाट बिजुली मात्र हो बाँकी विगतकै हो । त्यो थपेको पनि ३ दिन भयो । यसका लागि पनि सरकारी स्तरमा, मन्त्रिस्तरमा र संस्थागत तहबाट धेरै मेहनत र वार्ता गरेर हामीले यो कुरा मिलाएका छौं ।
हाम्रो मुख्य समस्या पूर्वाधार हो । अहिले पूर्वाधारको अवस्था लथालिंग छन् । एकैचोटी समस्या समाधान गर्न सकिँदोरहेनछ । सुरु गरेको कुरा के हो भने पहिलो सकारात्मक सन्देश दिउँ, मान्छेलाई ध्यानकर्षण गरांै र सकारात्मक रुपमा सोच्ने गराउँ त्यसपछि मात्र सहकार्य गर्न सकिन्छ । सहकार्य गर्नलाई त वातावरण र स्पिरिट मिल्नु पर्याे नि !  लोडसेडिङ अन्त्यले अब त्यो वातावरण बनाएको छ । सहकार्य गर्न सबै तयार हुनुहुन्छ । जनतालाई सकारात्मक बनाउन र आशा गर्ने अवस्था बनेको छ, ठुलो पुँजी हो यो । यो पुँजीको परिचालन गर्ने हो अब यसबाट तपाईहरुका समस्या हल हुन्छन् । यो पहिला भयो अरु छुटेछ नभन्नुस । किनकी यो पहिला जरुरी थियो । यो नभइ हुँदै हुँदैन थियो । १६ घण्टा लोडसेडिङ भएको भए तपाईहरुले मेरा कुरा सुन्नुहुन्थ्यो ? कालो झण्डा देखाउनुहुन्थ्यो होला । अहिले कमसेकम लोडसेडिङ अन्त्य भएकाले मेरो र कार्यकारी निर्देशकको कुरा सुन्नुभएको छ । समय यता दिए हुन्थ्यो भन्ने तपाइँलाई लागिरहेको छ ।
प्रेसलाई चौथो अंग भनेको छ, निजी क्षेत्र राष्ट्रको अर्को मुख्य खम्बा पनि हो । निजी क्षेत्रसँग राज्यले सहकार्यको कुरा गरेको छ, विभिन्न परिभाषामा जस्ले जे भने पनि एउटा महत्वपुर्ण खम्बा तपाईहरु पनि हो ।
ऊर्जा क्षेत्रको विकासका लागि तपाईसँग सल्लाह लिन्छौं र सल्लाहकार मानेका छौं । विद्युत प्राधिकरणको सञ्चालकमा निजी क्षेत्रलाई पनि राख्न सकिन्थ्यो, मुद्दामामिलाको झमेलामा तपाईलाई किन हाल्ने भनेर नबनाएको हो । मुद्दा पर्ने निश्चित थियो, यो झमेलामा तपाई किन पर्नुहुन्छ भनेर नबनाएको हो । व्यवसायीलाई मुद्दा लगाएपछि कस्ले सञ्चालन गर्ला भनेर हो । तपाईहरुलाई सल्लाहकार बनाउँला त्यसका लागि उपाय पनि खोजौंला ।
मुख्य कुरा हामीलाई ऊर्जा चाहिएको छ, बढीभन्दा बढी ऊर्जा उत्पादन गर्नुछ । उत्पादन भएपछि के गर्ने त्यतिबेला सोचौँला । यसको अर्थ भस्मासुर मात्र भनेको हैन् यसको अर्थ पनि छ । तपाईलाई उद्योग खोल्ने योजना ल्याउनु भनेको छ नि त । दिनुस् योजना भनेका छौं । तपाई हजार मेगावाट माग्नुहुन्छ ? एक वर्षपछि १ हजार मेगावाट माग्नुहुन्छ भने म अहिले आपूर्तिको प्रतिवद्धता व्यक्त गर्छु । यो झुटा कुरा हैन यसको सम्भावना र उपाय दुवै छ, माग्नुस् न तपाईहरुले, अहिले बत्ति जोड्दे भन्ने कुरा यो नियमति हो यो नमाग्नुस, उद्योगलाई माग्नुस् । इन्भर्टर र व्याट्री ल्याउनेले अब उद्योग ल्याउनुस्, त्यसको क्षतिपूर्ति त्यहाँ हुनेछ । 
त्यसले अहिले देशलाई ऊर्जा चाहिएको छ । ऊर्जा मन्त्रालयमा छलफल हुँदा यति बचत भयो भन्नुभयो, यो विषयमा मलाई ज्ञान थिएन् । प्रहरीले पनि शान्ति सुरक्षामा सहयोग पुग्यो भन्यो । अस्ति पोखरामा जाँदा त्यहाँका होटल व्यवसायीले सरदर मासिक ३ लाख रुपैयाँ बचत गरेको बताउनुभयो ।
लोडसेडिङ नभएपछि कसैको त १५ लाख रुपैयाँसम्म बचेको जानकारी पायौं ।
अब १० वर्षमा १० हजार हैन्, किनकी १० हजारको लक्ष्य लिएको १० वर्ष बितिसक्यो, अब यसको क्षतिपूर्ति सहित १० वर्षमा थप २० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य हुनुपर्छ ।

यसैका लागि विद्युत् उत्पादन गर्न विद्युत उत्पादन कम्पनी, प्रसारणलाइन विकास गर्न ग्रीड कम्पनी, सम्भाव्यता अध्ययन गर्न इन्जिनियरिङ कम्पनी र व्यापार गर्न विद्युत व्यापार कम्पनी स्थापना गरिसकेका छौं । यसले नेतृत्व गर्दै अघि बढ्छ । यस्तै निजी क्षेत्रले उठाएका कुरालाई हामी लागिरहेका छौं । यहाँले माग पुरा भएन भन्नुभएको छ, अब दुई दिनपछि पुरा गर्दैछु ।

Prabhu Bank
Agni Group
NIC Asia

तयारी सबै भइसक्यो । अहिलेसम्म जलासय र अर्धजलासयको विद्युत खरिदबिक्री दर थिएन् यो तयार भइसकेको छ । डलर पीपीए गर्दा हंगामा हुन्छ, डलर पीपीए गर्यो भनेर पत्रकार साथीहरुले लेखेको लेख्यै गर्नुहुन्छ । तपाईले ऊर्जामा लगानी गर्दा कम ब्याज हुनुपर्छ भनेर पत्राचार गरेको छु । यस विषयमा बैठक बोलाउन अर्थलाई मैले भनेको छु ।  ऊर्जालाई ५ प्रतिशत व्याजमा कर्जा दिनुप¥यो त्यसपछि फाइदा हुन्छ । 
अर्को रह्यो टेक एन्ड पे, के मानसिकताले यस्तो गरियो ? यसमा मैले दुईटा मानसिकता भेटे विद्युत बढी भयो भने कहाँ बेच्ने ? त्यो कुरा हाम्रा विज्ञले जानेका छैनन् । उनीहरुले नजानेपछि ऊर्जा मन्त्रालयले यो कुरा बुझदैन, विद्युत प्राधिकरणले बुझदैन भने जनतालाई बुझाउन सकिन्छ ? पुगिसक्यो नि ३ हजार मेगावाट अब कहाँबाट पीपीए गर्नुहुन्छ ? यो मात्र हैन मैले अर्को कुरा पनि सुने, विद्युत लाइसेन्स सकिए रे विद्युत विकास विभागको कामै छैन भनेर एकजनाले भने मलाई ।

चिन्ता त्यहाँ छ, त्यसकारण २, ४ वटा लाइसेन्स लुकाएर राख्ने रे, चिन्ता त यहाँ छ । हाम्रो नीति कर्मचारीतन्त्रको सोचाईलाई बदल्नु त प¥यो । विद्युत उत्पादन गर्नुहुन्न भनेर हैन ३ हजार मेगावाटको सिलिङ राखेको ? यसलाई अब खोलेर ८ हजार पु¥याइदिने हो । यसलाई निर्णय गर्दा समय लाग्ने भयो । आएकै दिन गर्न सम्भव भएन् । 
कर्मचारीतन्त्रसँग काम गर्न कहाँ सजिलो छ र ?तपाईहरुले उद्योग चलाएको जस्तो सजिलो कहाँ छ र ? सिठी बजाएपछि मजदुर आइहाल्छ, कहिलेकाहीँ हड्ताल गरेर सताउने हो तपाईलाई । अरु बाँकी त सजिलो छ नि । कर्मचारीतन्त्र उद्योग चलाएको जस्तो हैन् यहाँ गाह्रो कुरा छ । फेरि नेपालका मन्त्री भनेका कति हुन्छन् भनेर महिना गनेर बसेका हुन्छन् कर्मचारी । अन्तिम दिनसम्म तिनीहरुलाई सही गराउन तयार छु म फेरि । कर्मचारीमा राष्टप्रति उत्तरदायी भएर गरौं भन्ने नै छैन । 
टेक एन्ड पे हटाउनलाई हाम्रो माग कति हो, त्यसलाई पुष्टि गरेर माग पनि सार्वजनिक गर्ने गरी सबै तयारी पूरा भएको छ ।
सप्लाई साइड म्यानेजमेन्टसँगै अघि बढेको छ ।

Global Ime bank

स्वीच थिच्दा झयाप्प बत्ति बलेको देखिन्छ, तर त्यो देख्न पाएको छैन् । लोकप्रियताका लागि गर्ने भए अन्य कुरा पनि गर्थेँ होला । प्रभाकरले श्रेय लिनलाई यो गरेको भन्ने कुरा आएको छ, मलाई श्रेय चाहिएको छैन् । इख गर्ने साथीले बत्ति बाल्दिए पुग्छ भनेको छु मैले ।
तामाकोसी सञ्चालनमा आएपछि बढी भएको बिजुली कहाँ फाल्ने भन्ने कुरा आएको छ, त्यो चिन्ता गर्नुपर्दैन त्यत्तिबेला भए तपाईहरु नभए कोही न कोही उद्योग खोल्न आउँछ, त्यसलाई दिन्छौं विद्युत । 
अब त हामीले पूर्वाधार बनाउनु छ, यसका लागि हामीले ग्रीड कम्पनी बनाएका छौं । यसमा प्रमुख कार्यकारी अधिकृत पनि नियुक्त भइसक्यो । ४ सय र ७६५ केभी प्रसारणलाइन बनाउँदै छौं । म सिन्धुलीबाट आउँदै गर्दा एउटा टावर बनाउने ठाउँमा राती ९ बजे पुगेको थिएँ, १ वर्ष अघि सकेर इज्जत राखिदेउन भनेर भन्दा उसले सक्छु भन्यो ।

मन्त्री राती जंगल पस्यो भनेर भारतीय ठेकेदार डरायो कि क्यो हो ? खिम्ती ढल्केबरको प्रसारणलाइन बनाउन १८ वर्ष लाग्ने भयो यस्तो छ नी हाम्रो देशको अवस्था ।
घिसिङजी रातिराति फिडरमा नघुमेको भए सिंगो प्राधिकरण पछि लाग्ने थिएन् ।  म दौडेर ढल्केबरमा सबस्टेशन बनाउन दवाव दिन नगएको भए हुने थिएन् । हामी आफैँ पनि खटिरहेका छौं । यसले सबैलाई खट्न वाध्य पारेको छ ।
प्रविधि पनि नयाँ आइसकेको छ । कन्डक्टर भन्ने चिज हिजो र आज फरक प¥यो की त्यो तपाईलाई थाहा होला । पुरानो कण्डक्टरमा बिजुली पेलेको पेल्यै छ ।

स्मार्ट ग्रीड कसरी लागु गर्ने भन्ने सोचिरहेका छौं । तपाईहरु अर्थमा धर्ना बस्न जानुपर्दैन त्यो हाम्रो ढिकुटी हो हामी खोलेर ल्याउँछौ । तपाईँहरु उद्योग नै चलाउनुहोला ।
सोलार प्रविधि पनि अघि बढाउँदैै  छौं । सोलार राख्ने धेरै ठाउँ छन् त्यहाँ पनि राख्ने हो । वायु पनि ३ हजार मेगावाटको सम्भावना रहेछ । यसलाई पनि अघि बढाउनपर्छ । यस्तै चिनी उद्योगबाट पनि ऊर्जा लिन काम अघि बढेको छ । 
नेपालमा उद्योग कसरी आउँछ भन्ने कुराको गम्भीर गृहकार्य गर्नुस्, हामी विद्युत हामी जसरी पनि दिउँला, किन्ने वस्तु भएकाले १ रुपैयाँ नाफा खाएर पनि दिउँला । तर हामी किनेर हैन आफै बनाएर बेच्ने अवस्थामा जाँदैछौं । ३ हजार मेगावाटको पीपीए भइसकेको छ त्यसलाई अघि बढाए हामी आफैँ उत्पादन गरेर दिने अवस्थामा पुग्नेछौं । वर्षामा पर्याप्त बिजुली हुन्छ । जलासय र अर्धजलासयको काम अघि बढाएका छांै, यसले वर्षैभरी सन्तुलन कायम गर्न सक्छ ।
औद्योगिकिकरण मात्र भनेर हँुदो रहेनछ । तपाईले त्यहाँ नाफा देख्नुभएन भने विद्युत दिएर मात्र हुँदैन् । नाफा देख्न सक्नुप¥यो । सस्तो श्रम यहीँ छ, वरिपरी ठुलो बजार छ । ठुला उद्योग ल्याउन सोँच्नुस र विद्युतको  माग आजै गर्नुस् । हामीले प्रसारणलाइन बनाउनुपर्नेछ । औद्योगिक करिडोर र फिडरको माग भइरहेको छ ।

यो योजना अघि बढाउँदैछौ । विराटनगर भैरहवामा यो माग भइसकेको छ । 
अब विगतमा के समस्या थिए भन्ने कुरा आएको छ, यो धेरै पटक सार्वजनिक भइसक्यो । जनताले उनीहरुले गरेको  कामप्रति औला उठाए, जनताले वदमास रहेछ भनिरहेका छन् यो भन्दा बढी उनीहरुलाई दण्ड अरु के दिने ? तोक लगाएको कागज देखाएँ भने यहीँ मर्का पर्ला अहिले त्यसो गर्न हामीलाई गाह्रो पर्छ ।

महिना महिनामा तोक लगाएको महिना महिनामा त्यो बुझाएको कुरा हामीसँग छन् । महिना महिनामा बिजुली किन बाँडिन्छ भन्ने कुरा पुष्टि गर्छ नि ! त्यतातिर धेरै जानु जरुरी छैन् । तर कुरा यति हो की लोडसेडिङको तालिकाभित्र केही थियो । त्यो तालिका दिँदा आनन्दले अरु कुरा हुन्थ्यो । त्यहाँ काम गर्नेलाई दोष दिन्न, मैले कुलमानजीलाई अहिले यही कुरा आदेश गरेँ भने उहाँलाई धेरै गाह्रो हुन्छ, उहाँले नाइँ भन्नु हुन्न किनकी हाम्रो संस्कार नै त्यस्तो छ, नाइँ भन्ने वित्तिकै म हटाउन सुरु गरिहाल्छु ।

अनि के गर्ने संकट पर्छ । समस्या थियो त्यसलाई उजागर गरियो, हामीले यति बुझे पुग्छ कतिपय कुरा धेरै बुझनु हुन्न के । ठिक्क बुझदा राम्रो हुन्छ । 
कर्णाली चिसापानी आयोजनाको विषयमा मैले अस्ती हिसाव गरेँ, एउटा नेपालीको घरबाट १ लाख उठाउँदा ६ खर्ब उठ्दो रहेछ । सक्नेले धेरै हाल्न सक्छन् । ६ खर्ब रुपैयाँ भएपछि स्वपुँजी पुग्यो । आज मन्त्रालयमा धेरै चिठी आएका छन् । ०.०५ प्रतिशत व्याजमा आयोजनामा लगानी गर्छौं भन्ने । लगानी गर्न खोजिरहेका छन् । हामी पनि सक्ने देखिएको छ । अर्कोकुरा जलासययुक्त आयोजनाबाट तल्लोतटीय लाभ लिने कुरा छ यसका लागि मैले छलफल थालेको छु । मैले बंगलादेशमा पनि भनेँ, तपाईको  पानी बढ्छ हामीलाई पैसा दिनुपर्छ भन्दा उहाँ हास्नुभयो, त्यस्तै अन्त हास्दैनन्, त्यही भन्दा रिसाउँछन् । यो हाम्रो अधिकार हो, यो पाइन्छ ।

त्यो पाइँदैन भनेर हामीले बुढीगण्डकी आयोजनाको काम रोक्नुहुन्न् । कर्णाली चिसापानी बनाउने हैसियत हामी राख्छौँ भने आउनुस् हामी मिलेर बनाऔं । निजी क्षेत्रबाट नेतृत्व नेपाल उद्योग वाणिज्य महासंघले गरोस र सरकारका तर्फबाट हामी गर्छौं । हामीले गर्न धेरै बाँकी छ । पश्चिमसेती त्यसै अड्केको छ, मैले मान्छे बोलाएको छु उ आइरहेको छैन् । अल्झाएर सबै आयोजना राखिएको छ । अब आयोजना अल्झाउन नदिने योजना छ । प्राधिकरणले अहिले अरुण, तमोर, दूधकोसी, उत्तरगंगा कम्पनीमा जाँदैछ । यसैमा विवाद हो । छुटटै कम्पनी खोल्न नदिएर हटाएपछि उनीहरुले मुद्दा दायर गरेका हुन् ।
उत्पादन कम्पनी गठन भएको छ, ठुला आयोजना त्यसले अघि बढाउँछ । 
दुःखको कुरा हामीले तपाईलाई ४ घण्टा बिजुली दिन सकेका छैनौ, त्यो ४ घण्टा पनि बिजुली दिने हाम्रो तयारी छ ।  मौका परे बिहान अलि घटाउनुस् भनेको छु, त्यो तपाईलाई दिन भनेको हो ।

२ महिना होला तपाइले सहयोग गर्नुपर्ने हामीले तपाइँबाट लिने सहयोग प्रष्टसँग भनिदिउँला । बिहानको समयमा अप्ठेरो परे तपाईलाई अनुरोध गर्नेछौं । सकेसम्म नपर्ला, परेमा सहयोग गर्नुहोला । सिस्टमले नदिँदा समस्या परेको छ ।  हामीले घोषणा नगर्दासम्म बत्ति आए पनि जनताले नमान्दा रहेछन् । बत्ति आइरहेको ठाउँमा पनि लोडसेडिङ अन्त्यको घोषणा गर्नुप¥यो भन्ने माग आएको छ ।

अस्ती गोरखामा जाँदा यस्तै माग आयो लोडसेडिङमुक्त भयो भनेँ सबैले तालि पड्काए । पोखरामा अन्त्य भयो भन्नुप¥यो भने मैले भनिदिएँ सबैले तालि पड्काए । अन्त्य त भइसक्यो । तर जनताले मान्दैनन् । 
राजनीतिक लोडसेडिङ अहिले पनि भइरहेको छ  । यत्रो त्याग र बलिदान गरेर आएका छौं । यहाँ व्यवस्थापनको समस्या छ । मुख्य कुरा सत्तामा छ, प्रधानमन्त्री को हुने हो भन्ने हो । यसले नै धेरै समस्या आइरहेको छ ।

(उर्जामन्त्री शर्माले मंगलबार काठमाडौंमा उद्योगी व्यवसायीलाई गरेको सम्बोधनको सम्पादित अंश )

तस्बिर, शर्माको फेसबुकबाट
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, पुस २०, २०७३  ०९:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC