site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
काठमाडौं । नेपालले विकासका गतिविधि सञ्चालन र पूर्वाधार विकास गर्न लिने आन्तरिक तथा बाह्य ऋण बर्सेनि बढ्दै गएको सरकारी तथ्यांकले देखाएको छ । 
गत आर्थिक वर्ष ०७२/०७३ मा ९.९ प्रतिशत बढेर सरकारको कुल ऋण दायित्व ५ खर्ब ९८ अर्ब ६९ करोड रुपैयाँ पुगेको छ । एक वर्षको अवधिमा देशको ऋण भार ५३ अर्ब ७६ करोड रुपैयाँ बढेको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ । यो कुल गार्हस्थ्य उत्पादनको करिब २५ प्रतिशत हो ।
महालेखाका अनुसार गत वर्ष बाह्य ऋण १०.९ र आन्तरिक ऋण ८.१ प्रतिशत बढेको छ । अघिल्लो वर्ष नेपालको कुल ऋण ५ खर्ब ४४ अर्ब ९१ करोड रुपैयाँ थियो । गत वर्ष वैदेशिक ऋण बढेर ३ खर्ब ८० अर्ब ७४ करोड रुपैयाँ पुगेको छ । अघिलो वर्षको तुलनामा वैदेशिक ऋण सहायता ३७ अर्ब ४८ करोड रुपैयाँ थपिएको छ ।
त्यस्तै, आन्तरिक ऋण १६ अर्ब २८ करोड रुपैयाँ थपिएर २ खर्ब १७ अर्ब ९३ करोड रुपैयाँ पुगेको छ ।
महालेखाका अनुसार कुल ऋणमध्ये ६४ प्रतिशत बाह्य र ३६ प्रतिशत आन्तरिक छ । नेपाली रुपैयाँको तुलनामा अमेरिकी डलर बलियो भएपछि वैदेशिक ऋण बढेको हो । नेपाल राष्ट्र बैंकका अनुसार एक वर्षको अवधिमा नेपाली मुद्रा डलरसँग ५ रुपैयाँ ९९ पैसा कमजोर भएको छ, जसले गर्दा बाह्य कर्जा तिर्ने दायित्व बढेको छ । ऋण र कुल गार्हस्थ्य उत्पादन (जीडीपी) अनुपात ०.९७ प्रतिशत बढेको छ, जसअनुसार बाह्य ऋण अनुपात ०.७७ र आन्तरिक ०.२ प्रतिशतले बढेको पाइएको छ । गत आवमा जीडीपीको आकार सामान्य वृद्धि भई २२ खर्ब ४९ अर्ब रुपैयाँ पुगेको अनुमान गरिएको छ ।
अघिल्लो वर्षको सोही अवधिमा जीडीपीको आकार २१ खर्ब २४ अर्ब रुपैयाँ थियो । 
गत आवको चैतसम्ममा सरकारले विभिन्न दातृ निकायहरूबाट ६८ अर्ब २० करोड रुपैयाँ ऋण लिएको छ । त्यस्तै, आन्तरिक ऋण २५ अर्ब ६२ करोड रुपैयाँ उठाएको महालेखाको प्रतिवेदनमा उल्लेख छ । गत चैतसम्ममा विश्व बैंक, एसियाली विकास बैंक (एडीबी)का अतिरिक्त अन्य बहुपक्षीय दाताबाट २४ अर्ब ४५ करोड रुपैयाँ र द्विपक्षीय दाताबाट १ अर्ब ६२ करोड रुपैयाँ ऋण छ । यो अवधिमा सरकारले ४२ अर्ब ५८ करोड रुपैयाँ आन्तरिक ऋण उठाएको छ । आन्तरिक ऋणमध्ये ट्रेजरी बिलबाट १२ अर्ब ५० करोड र अन्य ऋणपत्र जारी गरेर ३० अर्ब ८ करोड रुपैयाँ उठाएको छ । 
समीक्षा अवधिमा सरकारले बहुपक्षीयअन्तर्गत एडीबी, आईफाड, ईईसी, आईडीएफ एनडीएफ र ओएफआईडी तथा द्विपक्षीयअन्तर्गत भारत, जापान, कोरिया, कुवेत, चीन, रसिया, साउदी अरब, फ्रान्स, बेल्जियम र अष्ट्रेलियाबाट ऋण लिएको छ ।
 
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन ६, २०७३  ०९:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC