site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank
काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च(एनएसजेएफ)ले आयोजना गर्ने १२ औं संस्करणको बजाज पल्सर स्पोर्टस अवार्ड–२०७२ को सबै तयारी पुरा भएको छ । 
बुधबार एक प्रेस विज्ञप्ति निकाल्दै मञ्चले बिहिबार कमलादीस्थित प्रज्ञा भवनमा हुने स्पोर्टस अवार्डको सम्पूर्ण तयारी पुरा भएकोे जनाएको छ ।
अवार्डमा पिपुल्स च्वाइस अवार्डसहित विभिन्न आठ विधामा अवार्ड वितरण गरिन्छ । २०७२ सालमा हात पारेको उपलब्धिको आधारमा हुने बर्षका उत्कृष्ट पुरुष खेलाडी, बर्षका उत्कृष्ट महिला खेलाडी, बर्षका उत्कृष्ट युवा खेलाडी, पारा एथलिट र बर्षका उत्कृष्ट प्रशिक्ष्ँक, एसएमएस भोटिङको आधारमा हुने पिपुल्स च्वाइस खेलाडी, स्पेसल अवार्ड र लाइफटाइम एचिभमेन्ट गरी आठ विधामा अवार्ड दिइनेछ ।
उत्कृष्ट पुरुष, महिला र पिपुल्स च्वाइस बर्षका उत्कृष्ट युवा खेलाडी, प्रशिक्ष्ँक, पारा एथलिट, स्पेशल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्डको विजेतालाई ५०–५० हजार रुपैया“ दिइनेछ । अवार्ड विजेताहरुले डिस होमको सेटअप बक्स र १ बर्षको निशुल्क सुविधा तथा न्यू होराइजन कार्पेट पनि प्राप्त गर्नेछन् । मनोनयनमा परेका सबै खेलाडी÷प्रशिक्षकले टाइमेक्स घडी र आरजे स्पोर्ट्सको उपहार पाउनेछन् ।
मञ्चले बर्षका उत्कृष्ट पुरुष, महिला र युवा खेलाडी तथा प्रशिक्षक र पिपुल्स च्वाइस विधामा ५—५ जनाको मनोनयन यसअघि नै सार्वजनिक गरिसकेको छ । पारा एथलिट अवार्ड, स्पेसल अवार्ड र लाइफटाइम एचिभमेन्ट अवार्ड भने समारोहकै दिन बिहीबार प्रदान गरिने मञ्चले जनाएको छ ।
पिपुल्स च्वाइसको मनोनयनमा फुटबलका नवयुग श्रेष्ठ, क्रिकेटका सन्दिप लामिछाने, भलिबलकी प्रतिभा माली, टेवल टेनिसकी नवीता श्रेष्ठ र भारत्तोलनकी तारादेवी पुन परेकी छन् । यस्तै वर्षका उत्कृष्ट पूरुष खेलाडीमा फुटबलका नवयुग श्रेष्ठ र विकेश कुथु, भारोत्तोलनका विकास थापा, उसुका राजेश चौधरी, तेक्वान्दोको वीरबहादुर महरा मनोनयनमा परेका छन् । उत्कृष्ट महिला खेलाडीमा जुडोकी  फुपू ल्हामु खत्री, उसुकी नीमा घर्तीमगर, पौडीकी गौरिका सिंह, ट्रायथलनकी रोजा केसी, तेक्वान्दोकी रेजिना कार्की मनोनयनमा परेका छन् ।
युवा खेलाडीको मनोनयनमा उसुकी नीमा घर्तीमगर, पौडीकी गौरिका सिंह, क्रिकेटका सन्दिप लामिछाने, जुडोकी मनिता श्रेष्ठ प्रधान र फुटबलका अन्जन विष्ट छन् । यस्तै उत्कृष्ट प्रशिक्षकमा उसुका प्रकाश महर्जन, जुडोका दलबहादुर गुरुङ, क्रिकेटका जगत टमाटा र फुटबलबाट बालगोपाल महर्जन र राजुकाजी शाक्य मनोनयनमा परेका छन् । खेलकुदमा लामो समय विताएका एक व्यक्तित्वलाई लाइफटाइम एचिभमेन्ट सम्मान प्रदान गरिने छ । 
खेलाडी र खेलकर्मीका लागि पल्सर स्पोर्ट्स अवार्ड नेपाली खेल क्षेत्रकै सबभन्दा प्रतिष्ठित् सम्मानको रुपमा स्थापित छ । नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गर्ने पल्सर स्पोर्ट्स अवार्डको मुख्य प्रायोजक हंशराज हुलासचन्द एन्ड कम्पनी प्रालि रहेको छ । रुस्लान फुटबल, डिस होम, सूर्य नेपाल, आइएसएमइ, होटल रोयल सिंगी सह प्रयोजक छन् । एभिन्यूज टेलिभिजन, टिएचटी लाइभ ३३१३१, जोन प्लेयर, टाइमेक्स, इमेजिङ, नेपा म्युजिक, अल इन वान आर्ट्स सर्भिस, आरजे स्पोर्ट्स, होटल क्राउन प्लाजा, न्यू होराइजन कार्पेट, राष्ट्रिय खेलकुद परिषद, नेपाल ओलम्पिक कमिटि सहयोगीका रुपमा रहेका छन् ।
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन ६, २०७३  ०८:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC