खेल
काठमाडौं । पौडीबाज शिरिस गुरुङले २१ औं राष्ट्रिय पौडी प्रतियोगिताको दुई स्पर्धामा राष्ट्रिय कीर्तिमान कायम गरेका छन् ।
सातदोबाटोस्थित पौडी पोखरीमा बुधबार शिरिसले १ स्पर्धामा आफ्नै नाममा रहेको राष्ट्रिय कीर्तिमान सुधार गरे भने १ स्पर्धामा नयाँ कीर्तिमान कायम बनाएका हुन् । शिरिसले भएको १०० मिटर ब्याकस्ट्रोकको स्पर्धामा यसअघिको आफ्नै समयलाईसुधार गर्दै नयाँ राष्ट्रिय कीर्तिमान बनाएका हुन् । उनले निर्धारित दूरी १ मिनेट १२ सेकेण्डमा पुरा गरेका थिए । यसअघि १ मिनेट १२.९ सेकेण्डमा उनैले कीर्तिमान राखेका थिए ।
त्यस्तै बुधबारै भएको प्रतियोगिताको विधा ५० मिटर ब्याकस्ट्रोकमा पनि नयाँ राष्ट्रिय कीर्तिमान कायम गरे । उनले निर्धारित दूरी ३१.९४ सेकेण्डमा पूरा गर्दै नयाँ कीर्तिमान कायम गरेका हुन् । उनले यसअघि पुष्पराज शाहीको नाममा रहेको ३२.६२ सेकेण्डको कीर्तिमान भंग गरेका हुन् ।
इस्तै बुधबार ५० मिटर ब्याकस्ट्रोकमा नयाँ कीर्तिमान बनाएसँगै शिरिसले नेपाली पौडीमा ब्याकस्ट्रोक बिधाका सम्पूर्ण स्पर्धाको राष्ट्रिय कीर्तिमान आफ्नो नाममा लेखाएका छन् । मंगलबारबाट सुरु भएको २१औं राष्ट्रिय पौडी प्रतियोगिताको पहिलो दिन शिरिसले ४ स्वर्ण जितेका थिए । उनले २०० मिटर इन्डिभिज्युअल मिड्ले, २०० मिटर ब्याकस्ट्रोक, १०० मिटर फ्रिस्टाइल र १०० मिटर फ्लाई स्पर्धामा हिजो स्वर्ण जितेका हुन् ।
प्रकाशित मिति: बिहीबार, साउन ६, २०७३ ०८:२०
प्रतिक्रिया दिनुहोस्