site stats
बाह्रखरी :: Baahrakhari
घटना क्रम
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

जलालाबाद  । अफगानिस्तानको पूर्वी प्रान्त नान्गाहारमा गएराति रातभरी भएको अमेरिकी ड्रोन आक्रमणमा आइएसका पाँच आतङ्ककारी मारिएका छन् ।

प्रान्तीय  सरकारले बुधबार सो जानकारी दिएको जलालावादबाट प्राप्त समाचारमा जनाइएको छ । गएराति आचिन जिल्लाको बन्दाआर इलाकामा लुकेर बसेका आतङ्ककारीलाई लक्ष्यगरी अन्तर्राष्ट्रिय बलले रातभरी गरेको चालकरहित विमान आक्रमणमा कम्तीमा पाँच आइएस आतङ्ककारी मारिएका जानकारी दिइएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

प्रान्तीय सरकारद्धारा जारी विज्ञप्तिमा जनाइएअनुसार सो आक्रमणमा परी अरु पनि कैयौँ लडाकू घाइते भएका छन् । हवाई आक्रमणमा आतङ्ककारीहरुले भण्डारण गरेर राखेका कैयौँ हातहतिया समेत नष्ट भएको जनाइएको छ । यस हवाई आक्रमणबाट सर्वसाधारण नागरिकतर्फ भने कुनै हताहत नभएको बताइएको छ ।

हालका हप्ताहरुमा अफगानिस्तानमा अफगान सुरक्षाबलले आतङ्ककारीविरुद्ध गरिने कारबाहीमा बृद्धि गरेपछि  हिंसामा कमी आएको बताइएको छ । त्यसैगरी देशभर नेटोआवद्ध सेनाले पनि हवाई आक्रमण जारी राखेका छन् ।

Global Ime bank

पाकिस्तानको सीमा क्षेत्रमा भएको आचिन जिल्लामा आइएस लडाकू समूहको बलियो प्रभाव रहेको क्षेत्रको रुपमा रहेको बताइन्छ । अफगानिस्तानको राजधानी काबुलबाट १२० किलोमिटर पूर्वमा आचिन जिल्ला पर्दछ ।  आतङ्ककारी समूहले भने यस हवाई आक्रमणको कुनै टिप्पणी गरेका छैनन् । रासस/सिन्ह्वा

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन ५, २०७३  १९:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC