खेल
एजेन्सी , लण्डन । इंग्लिस फुटबल एसोसियसन (एफए) ले प्रिमियर लिग खेलाडीको व्यवहार सम्बन्धी नयाँ नियम बनाएको छ । प्रिमियर लिगमा खेलाडीद्वारा रेफ्रीमाथी हुने गरेको व्यवहारलाई आधार मान्दै एफएले बुधबार नयाँ नियम बनाएको हो । एफएले पारित गरेको नयाँ नियमअनुसार म्याच अधिकारीसँग भनाभन गर्ने वा गाली गलौजको भाषा बोल्ने खेलाडीलाई रेफ्रीले सिधै रातो कार्ड दिन सक्नेछन् ।
त्यस्तै म्याच अधिकारीलाई हातपात तथा नराम्रो व्यवहारले शारीरिक दुव्र्यबहार गरे रातो कार्ड पाउनेछ । यो नयाँ नियमले खेल क्षेत्र आसपासको व्यवहारलाई पनि कडाई गरिनेछ । प्रिमियर लिगमा पछिल्लो समय खेलाडी, प्रशिक्षकहरुद्वारा हुने “सहन नसकिने व्यवहार“ लाई निर्मुल गर्न नयाँ नियम बनाएको एफएले जनाएको छ ।
इंग्लिस प्रिमियर लिगमा गत सिजनमा खेलाडी तथा प्रशिक्षकहरुबाट अस्वीकार्य स्तरको व्यवहार भएको नयाँ आचार संहिता बनाएको एफएले जनाएको छ । यो नियम प्रिमियर लिग, इंग्लिस फुटबल लिग र फुटबल एसोसियसनले संयुक्त रुपमा यो नयाँ नियम ल्याएका हुन् ।
त्यस्तै एफएले पँहेलो कार्ड सम्बन्धी पनि केहि नियम बनाएको छ । अब खेलका दौरानमा कुनै पनि म्याच अधिकारीलाई अनादर व्यवहार गरे, म्याच अधिकारीको निर्णयमा आक्रामक प्रतिक्रिया जनाए, अनैतिक तरिकाले म्याच अधिकारीसँग ‘आई कन्ट्याक्ट’ गरे, म्याच अधिकारीलाई आपत्तिजनक भाषा प्रयोग तथा शारीरिक दुव्र्यवहार गरे पहेँलो कार्ड पाउनेछन् । त्यस्तै एकै टिमका दुई भन्दा बढी खेलाडीले रेफ्रीलाई घेर्न पुगे खेलाडीहरुले पहेंलो कार्ड पाउने छन् ।
प्रकाशित मिति: बुधबार, साउन ५, २०७३ १८:४८
प्रतिक्रिया दिनुहोस्