site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
नेपाल-चीन गैर सरकारी सहयोग मञ्चको बैठक सम्पन्न
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
काठमाडौं ।नेपाल चीन गैर सरकारी सहयोग मञ्चको तेह्रौं बैठक चीनको यू चोङको झोङ क्योङ शहरमा सम्पन्न भएको छ । 
अखिल चीन उद्योग वाणिज्य महासंघ को आयोजनामा भएको उक्त बैठकमा भाग लिन नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाको नेतृत्वमा महासंघको प्रतिनिधिमण्डल अहिले त्यहँँ थियो । 
बैठकमा नेपाल चीनबीच आर्थिक व्यावसायिक सम्बन्ध विस्तारका माध्यमबाट आपसी लाभका क्षेत्रमा अझ बढी सहकार्यको आवश्यकतामा जोड दिइयो । विभिन्न क्षेत्रमा आपसी सहकार्य गर्ने उद्देश्यले तीन वटा  सहमतिपत्रमा हस्ताक्षर समेत भयो । 
जस अन्तरगत त्रिपक्षिय रणनीतिक साझेदारी सम्बन्ध, नेपाल उद्योग वाणिज्य महासंघ, चाइना चेम्वर अफ टुरिजम र ग्लोवल टुरिजम इकोनोमी रिसर्च सेन्टरबीच सम्झौता भयो । 
सम्झौतापत्रमा महासंघका अध्यक्ष पशुपति मुरारका, चाइना चेम्वर अफ टुरिजमका अध्यक्ष वाङ पिङ र ग्लोवल टुरिजम इकोनोमी रिसर्च सेन्टरका कार्यकारि निर्देशक जाओसन वाङले हस्ताक्षर गरेका हुन । 
त्यसैगरी नेपाल–चीन सांस्कृतिक आदान प्रदान सम्बन्धमा सहकार्य गर्न सहमतिपत्रमा हस्ताक्षर भयो । सहमतीपत्रमा नेपाल साइक्लिङ एशोसिएसनका तर्फबाट प्रथम उपाध्यक्ष गोपाल सुन्दरलाल कक्षपति र चाइना चेम्वर अफ टुरिजमका उपाध्यक्ष नीमा झाचीले हस्ताक्षर गरे । 
त्यसैगरी निर्माण सम्बन्धी सामग्रीहरुका क्षेत्रमा सहकार्य गर्ने उद्देश्यले दजु लोजिष्टिक्स चेम्वर र नेपाल उद्योग वाणिज्य महासंघबीच एक रणनीतिक साझेदारी सम्बन्धी सम्झौतामा हस्ताक्षर भयो । सम्झौैतापत्रमा महासंघका उपाध्यक्ष शेखर गोल्छा र दजु लोजिष्टिक्स चेम्वरका उपाध्यक्ष ली. चीङले हस्ताक्षर गरे । 
पर्यटन व्यवसाय, नविनतम उर्जा र हार्डवेयर तथा निर्माण सामग्री सम्बन्धी दुवै देशका व्यवसायीहरु बीच छुटछुट्टै छलफल तथा आपसी व्यवसायिक भेटवार्ता समेत भयो । 
 
NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन ५, २०७३  १५:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC