site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
आयोजनाको नाममा ल्याएर बजारमा बेचिन्छ
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
काठमाडौं । सिमेन्टमा नेपाल करिब–करिब आत्मनिर्भर बनिसक्दा पनि सरकारले भन्सार छुटमा सिमेन्ट आयात गर्न अनुमति दिँदा स्वदेशी उद्योग मर्कामा परेका छन् । 
सरकारले तोकेको मापदण्डअनुसार सिमेन्ट उत्पादन गरे पनि भन्सार छुटमा आएको सिमेन्टसँग प्रतिस्पर्धा गर्न नसक्दा समस्या भएको उद्योगीहरूले गुनासो गरेका छन् । 
ठूला आयोजनालाई आवश्यक पर्ने सिमेन्ट भन्सार छुटमा ल्याउने र त्यसरी आएको सिमेन्ट बजारमा बिक्रीका लागि जाने हुँदा स्वदेशी उद्योग समस्यामा परेको नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्ष ध्रुव थापाले जानकारी दिए । 
“सरकारी मापदण्डअनुसार सिमेन्ट उत्पादन गरेका छौं । सरकारले किन भन्सार छुट दिएर सिमेन्ट आयात गर्न दिनुपर्यो ?” उनले बाह्रखरीसँग भने, “सरकारले भनेअनुसार गुणस्तरीय सिमेन्ट नेपालमै उत्पादन हुन्छ, त्यहीँ उत्पादन ठूला आयोजनाले प्रयोग गर्ने वातावरण मिलाउनुपर्यो ।”
नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७२/०७३ को ११ महिनामा भारतबाट भन्सार छुटको सिमेन्ट ९ अर्ब २० करोड ६३ लाख रुपैयाँबराबरको नेपाल भित्रिएको छ । यदि सरकारले सिमेन्ट आयातमा दिँदै आएको भन्सार छुट हटाउने हो भने यो रकम नेपालमै बस्ने उद्योगीहरूको भनाइ छ ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारका भन्सार छुटमा आउने सिमेन्टको गुणस्तरबारे कसैलाई पनि थाहा नहुने बताउँछन् । “स्वदेशी उद्योगले उत्पादन गरेको सिमेन्ट सरकारले बनाएको मापदण्डअनुसार छ, । तर, ठूला आयोजनाले स्वदेशी सिमेन्ट प्रयोग नगरी विदेशबाट आयात गर्छन्,” उनले भने । 
जगदम्बा सिमेन्टका वरिष्ठ महाप्रबन्धक विदुर ढुंगाना विदेशबाट सिमेन्ट आयात गर्दा कमिसन खान पाइने भएकाले सरकारले भन्सार छुट दिएको दाबी गर्छन् । “स्वदेशी उद्योगबाट सिमेन्ट खरिद गरे कमिसन खान पाइन्नँ,” उनले भने, “विदेशबाट आयात गर्दा ठेकेदारबाट कमिसन खान पाइने भएकाले सरकारले भन्सार छुट दिएको हो ।” नेपाली उद्योगले नेपाल स्ट्याण्डर्ड (एनएस) अनुसार सिमेन्ट उत्पादन गर्न पनि गुणस्तर नपुग्ने तर विदेशबाट आउने सिमेन्टको गुणस्तरसमेत परीक्षण नहुने ढुंगाना बताउँछन् । 
भैरहवा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल बनाउन जगदम्बा सिमेन्टले पनि सिमेन्ट आपूर्ति गर्न नमुना परीक्षण गर्न लगाएको थियो । तर, ठेकेदारसँग मिलेमतो गरी गुणस्तर परीक्षण गर्ने कम्पनीले स्ट्याण्डर्ड नपुगेको भन्दै जगदम्बाको उत्पादन नलिएको हो ।
ढुंगानाका अनुसार सामान्यतयाः सिमेन्टको गुणस्तर कस्तो छ भनेर परीक्षण गर्न २८ दिन लाग्छ । तर, भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने जिम्मा पाएको कम्पनीले दुई दिनभित्रै सिमेन्टको स्ट्याण्डर्ड नपुगेको भन्दै फिर्ता पठाइदिएको थियो । 
सिमेन्ट उत्पादक संघका अनुसार भन्सार छुटमा नेपाल भित्रिएको सिमेन्ट आयोजनामा मात्रै प्रयोग हुँदैन । “मानौं, तामाकोसी जलविद्युत् आयोजनालाई महिनामा एक हजार बोरा सिमेन्ट आवश्यक पर्छ । ठेकेदारले भने दुई हजार बोरा आवश्यक पर्छ भन्दै भन्सार छुटमा सिमेन्ट ल्याउँछ । एक हजार बोरा आयोजनामा पठाउँछ, बाँकी एक हजार बोरा बजारमा जान्छ,” संघका एक उच्च अधिकारीले उदाहरण दिँदै भने, “भन्सार छुटमा आएको सिमेन्ट पनि खुलेआम बजारमा बिक्री हुँदा स्वदेशी उद्योग मर्कामा परेका छन् ।”
नेपालमा ४५ वटा उद्योगले वार्षिक ५० लाख टन सिमेन्ट उत्पादन गर्दै आएका छन् । ती उद्योगको उत्पादन क्षमता भने योभन्दा बढी अर्थात् वार्षिक ७० लाख छ ।
सरकारले ठूला आयोजनाले अनिवार्य रूपमा स्वदेशी सिमेन्ट प्रयोग गर्नुपर्ने निर्णय गरेको खण्डमा मागअनुसार सिमेन्ट उत्पादन गर्न सक्ने उद्योगीहरू बताउँछन् । 
भन्सार छुटमा आएको सिमेन्टसँग प्रतिस्पर्धा गर्न नसकेपछि केही व्यवसायीले सिमेन्ट उत्पादन बढाउन भन्दा पनि क्लिङ्कर उत्पादन बढाउने गरी लगानी विस्तार गरेका छन् । “सरकारले पूर्वाधारका क्षेत्रमा ठूलो लगानी गरेको छ,” अर्घाखाँची सिमेन्ट उत्पादन गर्ने कम्पनीका अध्यक्षसमेत रहेका मुरारकाले भने, “ती क्षेत्रमा स्वदेशी उत्पादन प्रयोग बढाउन सरकारसँग माग गरेका छौं ।”
 
NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन ५, २०७३  १५:०९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC