अर्थ व्यवसाय
काठमाडौं । सरकारी स्वामित्को राष्ट्रिय वाणिज्य बैंकमा कनिष्ठ सहायक ३ तहदेखि प्रबन्धक ८ तहसम्म १ सय ९५ जनाका लागि जागिर खुलेको छ । बैकले बुधबार देशका विभिन्न कार्यालयमा पदपूर्तिका लागि बुधबार सूचना प्रकाशित गरेको छ । न्यूनतम प्लस टुदेखि स्नाकोत्तर उत्तीर्ण गरेकाले रोजगारीका लागि आवेदन दिन सक्ने बैंकले जनाएको छ । बैंकले काठमाडौ, पोखरा, नेपालगन्ज, वीरगन्ज र बिराटनगर शाखाका लागि भनेर स्थानीय नियुक्तिका लागि विज्ञापन गरेको छ ।
८ तह प्रबन्धकमा १, ७ तह उपप्रबन्धकमा ५, सहायक प्रबन्धक तह ६ मा ७५, ५ औं तहको वरिष्ठ सहायकमा ३१, १० जना कम्प्युटर अपरेटर पाँचौं तह र कनिष्ठ सहायक ३ तहमा ७३ जनाको पदपूर्तिका लागि विज्ञापन गरेको छ । निक्षेप परिचालन र ऋण लगानीको हिसावले वाणिज्य सबैभन्दा ठूलो बैंक हो ।
प्रकाशित मिति: बुधबार, साउन ५, २०७३ ११:३६
प्रतिक्रिया दिनुहोस्